यशैया Chapter 21

For English

Read यशैया Chapter 21 Online

Read यशैया Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

यशैया 21

अध्याय 21

1. मरूभूमिको समुद्रको बारेमा दुखको सन्देश मरूभूमिबाट केही आइरहेछ, यो नेगेवबाट बहेको हावा जस्तै आइरहेछ, यो भयानक देशबाट आइरहेछ।

2. मैले केही भयानक कुरा देखेकोछु जुन हुने वाला छ। मैले तिम्रो विरूद्धमा उठेका देशद्रोहीहरू देखेकोछु। तिम्रा सम्पत्तिहरू लुट्ने मानिसहरू देख्छु। एलाम, जाऊ अनि तिनीहरूका विरूद्ध युद्ध गर, मादी शहरका वरिपरि तिम्रा सैनिकहरू तैनात गर म त्यस शहरमा नराम्रो कार्यहरू समाप्त गर्न चाहन्छु।

3. मैले त्यस्ता भयानक कुराहरू देखें, अनि अहिले म डराएँ। डरले गर्दा मेरो भूडी दुख्छ। त्यो पीडा स्त्री जातिलाई हुने नानी जन्माउने बेला भएकी प्रसव पीडा जस्तो छ। जुन कुरा मैले सुनें त्यसले मलाई एकदम भयभीत पार्यो। जुन कुरा मैले देखें त्यसले मलाई डरले थर-थर कमायो।

4. मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो।

5. मानिसहरू सोच्दछन् कि प्रत्येक कुरो ठीक छ। मानिसहरू रात्री भोजनको लागि टेबल ठीक पार्दैछन्।” सैनिकहरू पनि भन्दैछन्, “रक्षकहरू पठाऊ। अधिकारीहरू उठ अनि आफ्नो ढाल चम्काऊ।”

6. मेरो मालिकले मलाई भन्नुभयो, “जाऊ, यस शहरलाई सुरक्षित राख्न एकजना मानिस खोज। उसले जे देख्छ विवरण प्रस्तुत गर्नौ पर्छ।

7. यदि प्रहरीले घोडचडी सिपाहीहरूका लहर, गधाहरूको र ऊटहरूको लहर देख्यो, उसले एकदम होशीयारी साथ कान थाप्नु पर्दछ।”

8. तब एकदिन त्यस रक्षकले यसो भन्दै बोलाउने छ, “मेरा मालिक, धरहरामाथि हुनु भएकाले म प्रत्येक दिन नै नियाली रहेकोछु। म प्रत्येक रात उभिएर पहरा दिइरहेकोछु। तर…

9. हेर! तिनीहरू आइरहे छन्! मानिसहरूका लस्कर र घोडचडी सिपाहीहरूका लस्कर म देख्छु।”तब एउटा सन्देशवाहकले भन्यो, “बाबेल पराजित भयो। बाबेलको पतन भयो। उसका सारा झूटा देवताका मूर्तिहरू भूईंमा बजार्दै फ्याँकिए अनि ती सबै टुक्रा-टुक्रा भए।”

10. “मेरा मानिसहरू तिमीहरूलाई मैले भनिसकेको छु सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वरबाट मैले सुनिसकेकोछु। जाँतोले गहुँ पिंधे जस्तै तिमीहरू पनि पिधिंनेछौ।”

11. दूमा बारे एक दुखको सन्देश कसैले मलाई एदोम देखि डाक्यो। उनले भने, “हे प्रहरी, रात अझ कति बाँकी छ? कहिले सम्म बस्नु पर्ने हो!”

12. प्रहरीले जवाफ दिन्छ, “बिहान हुँदैछ तर फेरि रात आउने नै हो। यदि तिमीलाई केही सोध्नु छ भने फर्केर आऊ र सोध।”

13. अरब बारे एउटा शोक सन्देश ददानका मरूभूमिका यात्री समूहले! अरब मरूभूमिको रूखहरूमाझ रात बिताए।

14. तेमाका मानिसहरू तिमीहरूले तिर्खाको केही यात्रीहरूलाई पानी अनि भोजन दियौ।

15. ती मानिसहरू जो मारिनलाई तयार थिए तरवारबाट भागि रहेका थिए। तिनीहरू धनुबाट भागि रहेका थिए। जो छोडिनलाई तयार थिए, तिनीहरू कठिन साथ युद्ध भूमिबाट भागिरहेका थिए।

16. परमप्रभु, मेरो मालिक, ती हुने कुराहरू मलाई बताउनु भयो। परमप्रभुले भन्नुभयो, “एक वर्ष भित्रमा ज्यालामा काम गर्ने नोकरले समय गने जस्तै केदारको सम्पूर्ण गौरव जानेछ।

17. त्यस समयमा केदारका केही धनुर्धारी, महान सेनाहरू मात्र त्यहाँ रहनेछन्।” परमप्रभु, इस्राएलका परमेश्वरले ती कुराहरू मलाई बताउनु भयो।

About यशैया Chapter 21

Read यशैया Chapter 21 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 21
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 21 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 21?

यशैया Chapter 21 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 21 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from यशैया

  1. यशैया Chapter 66
  2. यशैया Chapter 22
  3. यशैया Chapter 49
  4. यशैया Chapter 42
  5. यशैया Chapter 28
  6. यशैया Chapter 37
  7. यशैया Chapter 23

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 116
  2. लूका Chapter 7
  3. यहोशू Chapter 22
  4. भजनसंग्रह Chapter 82
  5. यशैया Chapter 13
  6. प्रस्थान Chapter 22
  7. नहेम्याह Chapter 2
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *