Read 2 इतिहास Chapter 34 Online
Read 2 इतिहास Chapter 34 online from the Holy Bible. This chapter is part of the Book of 2 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 इतिहास and the Holy Bible online.
Choose a Chapter
2 इतिहास 34
अध्याय 34
1. योशियाह आठ वर्ष पुगेका थिए जब तिनी राजा भए। तिनी एकतीस वर्षसम्म यरूशलेममा राजा थिए।
2. योशियाहले त्यही गरे जो सही थियो। परमप्रभुले चाहनु भएका कुराहरू नै तिनले गरे। तिनले तिनका पुर्खा दाऊदले जस्तै राम्रा कुराहरू गरे। योशियाहले उचित कुराहरू गर्नबाट मुख मोडेनन्।
3. जब योशियाह उसको राज्यको आठौं वर्षमा पुगेका थिए तिनले परमेश्वरको अनुसरण गर्न शुरू गरे जसलाई तिनका पुर्खा दाऊदले अनुसरण गरेका थिए। योशियाह अझ सानै थिए जब तिनले परमेश्वरलाई पछ्याउन शुरू गरे। जब योशियाह उनी राजा राज्यको बाह्रौं वर्षमा थिए तिनले उच्च स्थानहरू, अशेरा स्तम्भहरू अनि मूर्तिहरू जो कुँदिएका थिए, अनि मूर्तिहरू जो यहूदा अनि यरूशलेमका साँचाहरूबाट निर्माण गरिएका थिए सबै नष्ट गर्न शुरू गरे।
4. मानिसहरूले बाल देवताहरूका वेदीहरू भत्काइदिए। तिनीहरूले योशियाहका सामुन्ने यसो गरे। तब योशियाहले धूप वेदीहरू काटिदिए जो वेदीमाथि बाललाई अर्पण गरेका थिए। उसले मूर्तिहरू जो कुँदिएका थिए अनि मूर्तिहरू जो साँचोमा ढालेर निर्माण गरिएका थिए, भत्काइदिए। तिनले ती मूर्तिहरूलाई धूलो-पीठो पारिदिए। तब योशियाहले त्यो पीठो ती मानिसहरूका चिहानहरूमा छर्किदिए जसले बाल देवताहरूलाई बलिहरू चढाएका थिए।
5. योशियाहले ती पूजाहारीहरूका हाडहरू पनि जलाइदिए जसले आफ्नै वेदीमा बाल देवताहरूको सेवा गरेका थिए। यस्तै प्रकार योशियाले यहूदा अनि यरूशलेमलाई शुद्ध पारे।
6. योशियाहले मनश्शे, एप्रैम, शिमोन देखि नप्ताली सम्मका इलाकाका शहरहरूमा पनि यसै गरे।
7. योशियाहले वेदीहरू अनि अशेरा स्तम्भहरू भत्काइदिए। तिनले मूर्तिहरूलाई धूलो पीठो पारिदिए। तिनले इस्राएल देश भरि बाल पूजाका निम्ति प्रयोग गरिएका धूप वेदीहरू काटिदिए। त्यसपछि योशियाह यरूशलेम फर्केर गए।
8. जब योशियाह यहूदाका राजाका रूपमा अठाह्रौ वर्षमा थिए तिनले शापान, मासेयाह अनि योआहलाई तिनका परमप्रभु परमेश्वरको मन्दिरलाई फेरि निर्माण अनि स्थापना गर्नु भनी पठाए। शापानका पिताको नाउँ अजलियाह थियो। मासेयाह शहरका प्रमुख थिए, अनि योआहका पिताको नाउँ योआहाश थियो। योआहाश त्यही मानिस थिए जसले जे कुराहरू घटे ती लेखे।यसरी योशियाहले मन्दिरलाई स्थापना गर्ने आदेश दिए जसद्वारा तिनले यहूदा अनि मन्दिरलाइ शुद्ध तुल्याउन सकून्।
9. ती मानिसहरू हिल्कियाह, प्रधान पूजाहारी कहाँ आए। तिनीहरूले तिनलाई धन दिए जो मानिसहरूले परमेश्वरका मन्दिरका निम्ति दिएका थिए। लेवी द्वारपालहरूले मनश्शे, एप्रैमका मानिसहरूबाट अनि रहेका सबै इस्राएलीबाट धनसंग्रह गरेका थिए। तिनीहरूले यो धन यहूदा, बिन्यामीन अनि यरूशलेममा बस्ने समस्त मानिसहरूबाट पनि संग्रह गरेका थिए।
10. तब लेवीहरूले ती मानिसहरूलाई पैसा भुक्तानी गरे जसले परमप्रभुको मन्दिरको काम देख-रेख गरे। अनि देख-रेख गर्नेहरूले कर्मीहरूलाई भुक्तानी गरे जसले परमप्रभुको मन्दिर स्थापित गरे।
11. तिनीहरूले धन सिकर्मी अनि निर्माण कर्त्ताहरूलाई ठूला ढुङ्गाहरू किन्न जो अघिनै काटि राखेका थिए अनि काठहरू किन्न भनी दिए। काठहरू मन्दिरहरूलाई फेरि निर्माण गर्न अनि मन्दिरहरूका निम्ति आड दिने काठ बनाउनमा प्रयोग गरिए। विगत समयमा यहूदाका राजाहरूले मन्दिरहरूको वास्ता गरेका थिएनन्। ती मन्दिरहरू पुराना अनि ध्वस्त भएका थिए।
12. मानिसहरूले विश्वास पूर्वक काम गरे। तिनीहरूका निरीक्षकहरू पहत अनि ओबदियाह थिए। यहत अनि ओबदियाह लेवीहरू थिए, अनि तिनीहरू मरारीका सन्तान थिए। अन्य निरीक्षकहरू जकर्याह अनि मशुल्लाम थिए। तिनीहरू कहातका सन्तानहरू थिए। लेवीहरू जो संङ्गीतका वाध्य यन्त्रहरू बजाउनमा सिपालु थिए तिनीहरूले श्रमिकहरूको र अन्य सबै कर्मीहरूको निरिक्षण पनि गर्दथे। केही लेवीहरूले सचिव, अधिकारी अनि द्वारापालहरूको रूपमा काम गर्दथे।व्
14. लेवीहरूले त्यो धन बाहिर निकाले जो परमप्रभुको मन्दिरमा थियो। त्यस समयमा पूजाहारी हिल्कियाहले ‘परमप्रभुको व्यवस्थाको पुस्तक’ पाए जो मोशा द्वारा दिइएको थियो।
15. हिल्कियाहले सचिव शापानलाई भने, “मैले व्यवस्थाको पुस्तक’ परमप्रभुको मन्दिरमा पाएँ।” हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए।
16. शापानले त्यो पुस्तक राजा योशियाह कहाँ ल्याए। शापानले राजालाई सूचना दिए, “तपाईंका सेवकहरूले तपाईंले तिनीहरूलाई गर्नु भन्नु भएका हरेक कुराहरू गरिरहेका छन्।
17. तिनीहरूले त्यो धन निकाले जो परमप्रभुको मन्दिरमा थियो अनि तिनीहरूले धन निरीक्षकहरू अनि कर्मीहरूलाई भुक्तानी गर्दै छन्।”
18. तब शापानले राजा योशियाहलाई भने, “पूजाहारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन्।” तब शापानले पुस्तकबाट पढे। तिनी पढ्दै गर्दा राजाका सामुन्ने थिए।
19. जब राजा योशियाहले पढिएको व्यवस्थाका शब्दहरू सुने, तिनले तिनका बस्त्रहरू च्याते।
20. तब राजाले हिल्कियाह, शापानका छोरा अहीकम, मीकाका छोरा अब्दोन, सचिव शापान अनि सेवक असायालाई एक आदेश दिए।
21. राजाले भने, “जाऊ, मेरा निम्ति अनि मानिसहरूका निम्ति जो इस्राएल अनि यहूदामा रहेका छन्, परमप्रभु सित याचना गर। ती पुस्तकका शब्दहरूको बारेमा जो पाइएको थियो, सोध। परमप्रभु हामी सित अत्यन्त क्रोधित हुनुहुन्छ किनभने हाम्रा पुर्खाहरूले परमप्रभुको बचनको पालन गरेनन्। तिनीहरूले यो पुस्तकले गर्नु भनेका सबै कुराहरू गरेनन्।”
22. हिल्कियाह अनि राजाका सेवकहरू अगमवादिनी हुल्दा कहाँ गए। हुल्दा शल्लूमकी पत्नी थिइन्। शल्लूम तोखतका छोरा थिए। तोखत हसराका छोरा थिए। शल्लूम राज-बस्त्रहरूको हेरचाह गर्दथे। हुल्दा यरूशलेमको नयाँ अंशमा बस्थीन्। हिल्किया अनि सेवकहरूले हुल्दालाई सबै कुरा भने जो भइसकेको थियो।
23. हुल्दाले तिनीहरूलाई भनीन्, “इस्राएलका परमप्रभु परमेश्वर जे भन्नुहुन्छ त्यो यो होः राजा योशियाहलाई भनः
24. ‘म यो स्थानमा अनि यहाँ बस्ने मानिसहरू माथि दुःख कष्ट ल्याइदिनेछु। म ती सबै भयानक कुराहरू ल्याउनेछु जो त्यो पुस्तकमा लेखिएका छन् जसलाई यहूदाका राजाको सामुन्ने पढिएको थियो।
25. म यसो गर्नेछु किनभने मानिसहरूले मलाई त्याग गरे अनि अन्य देवताहरूलाई धूप बाले। ती मानिसहरूले मलाई क्रोधित तुल्याए किनभने तिनीहरूले सबै नराम्रा कुराहरू गरेका छन्। यसर्थ म यो स्थान माथि मेरो क्रोध पोखाउने छु। तातो बल्दो आगो जस्तै मेरो क्रोधलाई निभाउन सकिने छैन।’
26. तर यो कुरा यहूदाका राजा योशियाहलाई भन जसले तिमीहरूलाई परमप्रभु सित सोध्नु पठाउनुभयो यही परमप्रभु इस्राएलका परमेश्वर तिमीहरूले सुनेक वचनहरू बारेमा भन्नुहुन्छ।
27. योशियाह जब तैंले यो भूमि अनि बासिन्दाहरूको विषयमा कुराहरू सुनिस् तैंले आफैंलाई नम्र बनाइस् अनि तेरो लुगाहरू च्यातिस्। तँ मेरो सामुन्ने रोइस् अनि मैले यो सुने यसकारण तेरो हृदय कोमल छ।
28. म तँलाई तेरो पिता-पुर्खाहरू कहाँ लाने छु। तँ तेरो चिहानमा शान्तिसित जाने छस्। तैंले कुनै पनि दुःख कष्टहरू देख्नु पर्ने छैन जो म यो स्थान माथि अनि यहाँ बस्ने मानिसहरू माथि ल्याउने छु।”‘ हिल्कियाह अनि राजाका सेवकहरू यो संन्देश लिएर राजा योशियाह कहाँ फर्के।
29. तब राजा योशियाहले यहूदा अनि यरूशलेमका सबै अग्रज मानिसहरूलाई आउनु अनि तिनीसित भेट्नु भनी बोलाए।
30. राजा परमप्रभुको मन्दिर सम्म गए। यहूदाका सबै मानिसहरू, अनि यरूशलेममा बस्ने मानिसहरू, पूजाहारीहरू लेवीहरू अनि सबै मुख्य अनि साधरण मानिसहरू योशियाहसाथ थिए। योशियाहले तिनीहरूलाई “करारको पुस्तकमा” भएका सबै कुराहरू पढेर सुनाए। त्यो पुस्तक परमप्रभुको मन्दिरमा पाइएको थियो।
31. तब राजा आफ्ना स्थानमा उभिए। तिनले परमप्रभुसित करार गरे। तिनी परमप्रभुको अनुसरण गर्न अनि परमप्रभुको आदेश, नियम, विधिहरू पालन गर्न सहमत भए। योशियाहले आफ्नो सम्पूर्ण हृदय अनि आत्माद्वारा आज्ञा पालन गर्न सहमत भए। तिनी यो पुस्तकमा लेखिएका करारका कुराहरू पालन गर्न सहमत भए।
32. तब योशियाहले यरूशलेम अनि बिन्यामीनका सबै मानिसहरूलाई करार स्वीकार गर्न प्रतिज्ञा गराए। यरूशलेमका मानिसहरूले परमेश्वरको आज्ञापालन गरे, जसरी तिनीहरूका पिता-पुर्खाहरूले परमेश्वरलाई पछ्याएका थिए।
33. इस्राएलका मानिसहरू सित विभिन्न देशका मूर्तिहरू थिए। तर योशियाहले ती भयानक मूर्तिहरू सबै ध्वस्त गरिदिए। योशियाहले इस्राएलका सबै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्वरको सेवा गर्न लगाए। अनि जब सम्म योशियाह जीवित थिए तब सम्म मानिसहरूले तिनीहरूका पुर्खाहरूका परमप्रभु परमेश्वरको सेवा गरिरहे।
About 2 इतिहास Chapter 34
Read 2 इतिहास Chapter 34 online from the Holy Bible. This chapter is part of the Book of 2 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 इतिहास
Chapter: 34
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 इतिहास Chapter 34 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 इतिहास Chapter 34?
2 इतिहास Chapter 34 is part of the Book of 2 इतिहास in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 इतिहास Chapter 34 online for free with easy chapter navigation.
More Chapters from 2 इतिहास
- 2 इतिहास Chapter 8
- 2 इतिहास Chapter 36
- 2 इतिहास Chapter 2
- 2 इतिहास Chapter 28
- 2 इतिहास Chapter 21
- 2 इतिहास Chapter 26
- 2 इतिहास Chapter 22
Explore More from पुरानो करार
- भजनसंग्रह Chapter 51
- प्रस्थान Chapter 29
- भजनसंग्रह Chapter 108
- यर्मिया Chapter 16
- 2 राजा Chapter 6
- भजनसंग्रह Chapter 47
- यर्मिया Chapter 45