Read यशैया Chapter 55 Online
Read यशैया Chapter 55 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.
Choose a Chapter
यशैया 55
अध्याय 55
1. “हे सबै, तिर्खाएका मानिसहरू, आऊ पानी पिऊ! पैसा छैन भनेर सुर्ता नगर। आऊ, अघाउञ्जेल सम्म खाऊ र पिऊ! तिमीहरूलाई पैसा चाहिन्दैन अघाउञ्जेल खाऊ र पिऊ। खान र पिऊनुको ज्याला लाग्दैन।
2. किन? तिमीहरू त्यस्तो चीजहरूमा पैसा बर्बाद गर्छौ जुन खास भोजन नै होइन? किन तिमीहरू त्यस्ता व्यर्थका कामहरू गर्छै जसले तिमीहरूलाई सन्तुष्टी दिँदैन? एकदमै ध्यान दिएर मेरा कुरा सुन अनि तिमीहरूले राम्रा भोजन खान पाउनेछौ। तिमीहरूले त्यस्तो राम्रा खाना खानेछौ जसले तिम्रो आत्मा तृप्त पार्नेछ।
3. मैले भनेका कुराहरूमा एकदमै ध्यान दिएर सुन्। मेरो कुरालाई ध्यान दिएर सुन तिमीहरूका प्राणहरू बाँच्नेछन्। मकहाँ आऊ र तिमीहरूसँग एक करार गर्नेछु जुन सदा-सर्वदा रहनेछ। यो करार त्यस्तो हुनेछ जुन मैले दाऊदसँग गरेको थिएँ। मैले दाऊदलाई प्रेम गर्नेछु अनि सदा ऊ प्रति उदार रहनेछु भनेर वचन दिएको थिएँ। अनि तिमीहरूले त्यो करारमाथि विश्वास गर्न सक्छौ।
4. मैले मेरो शक्ति-प्रमाण र सबै जातिहरूकालागि दाऊदलाई बनाएँ। मैले दाऊदलाई वचन दिएँ कि उ धेरै जातिहरूका शासक र सेनापति हुनेछ।”
5. ती ठाउँहरूमा धेरै जातिहरू छन् जो तिमीहरू जान्दैनौ, तर तिमीहरू ती जातिहरूलाई डाक्नेछौ। ती जातिहरूले तिमीहरूलाई जान्दैनन् तर तिनीहरू दौडेर तिमीहरूकहाँ आउनेछन्। यस्तो घटना हुने छ किनभने परमप्रभु तिमीहरूका परमेश्वरले घटना चाहनुहुन्छ। इस्राएलका परमपवित्रले तिमीहरूलाई आदर गर्नुहुन्छ।
6. यसैले तिमीहरूले परमप्रभुलाई खोज्नु पर्छ एकदमै ढिलो हुनु अघि नै। तिमीहरूले उहाँलाई अहिले नै बोलाइहाल्नु पर्छ उहाँ नजिक भएको बेला।
7. दुष्ट मानिसहरूले पापमय जीवन बाँच्न छाड्नु पर्छ। तिनीहरूले नराम्रा कुराहरू सोच्न छाडनु पर्छ। तिनीहरू परमप्रभुकहाँ फेरि एकपल्ट आउनु पर्छ। तब परमप्रभुले उनीहरूलाई सान्त्वना दिनुहुनेछ। ती मानिसहरू परमप्रभुकहाँ आउनु पर्नेछ किनभने हाम्रो परमेश्वरले क्षमा गर्नुहुन्छ।
8. परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका विचारहरू मेरा विचारहरू जस्ता छैनन्। तिमीहरूका चालहरू मेरा चालहरू जस्ता छैनन्।
9. आकाश पृथ्वी भन्दा अल्गो छ। त्यस्तै प्रकारले, मेरा चालहरू पनि तिमीहरूका भन्दा फराकिला छन् अनि मेरा विचारहरू पनि तिमीहरूका विचारहरू भन्दा अग्ला छन्।” परमप्रभु स्वयंले यी कुराहरू भन्नुभयो।
10. “पानी र हिँऊ आकाशबाट र्बषन्छ अनि तिनीहरू फर्केर आकाश तिर जाँदैन्। जब सम्म तिनीहरूले धर्तीलाई छोएर त्यसलाई भिजाउँदैन्। तब धर्तीले बिरूवामा टुसा उमार्दछ। ती टुसाहरूले किसानकोलागि अन्न उब्जाउँछन् अनि मानिसहरूले ती अन्न रोटी बनाई खान्छन्।
11. यस्तै प्रकारले मेरा वचनहरूले मेरो मुख छाड्दछ अनि ती वचनहरूले केही नगरूञ्जेल सम्म फर्की आउँदैन्। मेरा वचनहरूले घटनाहरू घटाउने गर्छ जुन म चाहन्छु। मैले पठाएका ती वचनहरू आफ्नो काम गर्न सफल हुन्छन्।
12. तिमी खुशी साथ बाहिर जानेछौ अनि शान्त रहनेछौ। पर्वत र पहाडहरू प्रसन्न भएर नाच्न चाहनेछन्। खेतका सबै रूखहरूले ताली बजाउनेछन्।
13. जहाँ पोथ्राहरू छन् त्यहा विशाल सल्लाका रूखहरू उम्रनेछन्। वनमारा घारीमा हिना वृक्षहरू उम्रनेछन्। ती कुराहरूले परमप्रभुको ख्याति बढाउने छ। ती कुराहरूले परमप्रभुको शक्तिको प्रमाण गर्दछ। यो चिन्ह कहिल्यै नाश हुने छैन्।”
About यशैया Chapter 55
Read यशैया Chapter 55 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यशैया
Chapter: 55
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यशैया Chapter 55 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यशैया Chapter 55?
यशैया Chapter 55 is part of the Book of यशैया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यशैया Chapter 55 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from यशैया
- यशैया Chapter 29
- यशैया Chapter 66
- यशैया Chapter 20
- यशैया Chapter 37
- यशैया Chapter 32
- यशैया Chapter 21
- यशैया Chapter 24