यशैया Chapter 17

For English

Read यशैया Chapter 17 Online

Read यशैया Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

यशैया 17

अध्याय 17

1. दमीशकको विषयमा यो दुःखको सन्देश हो। परमप्रभुले यी कुराहरू दमीशकमा घटनेछ भनेर भन्नु हुन्छः “दमीशक अहिले शहर हो तर त्यो नष्ट हुनेछ। दमीशकमा खाली भग्नावशेषहरू मात्र रहनेछ।

2. मानिसहरू अरोएर शहरहरूमा त्यागेर जानेछन्। भेंडाका बथानहरू ती शुन्य शहरहरूमा स्वतंत्र भएर घुम्नेछन्; त्यहाँ तिनीहरूलाई सताउने कोही पनि हुने छैन्।

3. एप्रैम शहरहरूको किल्ला ध्वंश हुने छ। दमीशकको शासन अन्त हुनेछ। जुन घट्ना इस्राएलमा भएको थियो त्यहि घटना अराममा हुनेछ। अनि प्रमुख मानिसहरू हटेर जानेछन्।”सेनाहरूका परमप्रभुले भन्नुभयो कि ती कुराहरू घट्नेछ।

4. त्यसबेला याकूबको सम्पत्ति नाश हुनेछ। याकूब बीमार मानिस जस्तो हुनेछ अनि उ कमजोर र दुब्लो हुनेछ।

5. त्यस समय रफाईमको वेंसीमा बाली भित्र्याउने समय जस्तै हुनेछ। कर्मीहरूले खेतमा सप्रेको बाली थुर्पाछन्। तब तिनीहरूको बोटहरूबाट बाला टिप्छन अनि अन्न बटुल्छन्।

6. त्यसबेला जैतून पाकेको समय जस्तै हुनेछ। मानिसहरू जैतूनको बोटबाट जैतूनहरू मात्र टिप्छन्। तर केही जैतूनहरू मात्र रूखको टुप्पामा रहन्छन्। लगभग चार वा पाँचवटा जैतून रूखको हाँगाहरूमा रहन्छन्। त्यस्तै घटनाहरू ती शहरहरूमा हुनेछ। सेनाहरूका परमप्रभु यसो भन्नु हुन्छ।

7. त्यसबेला, मानिसहरूले परमेश्वरलाई मास्तिर हेर्नेछन् जसले उनीहरूलाई सृष्टि गर्नुभयो। र तिनीहरूका आखाँ इस्राएलका परमपवित्रतिर लागिरहनेछ।

8. मानिसहरू आफैले रचना गरेका महान कुराहरूमा विश्वास गर्ने छैनन्। तिनीहरू ती विशेष बगैंचाहरू र वेदीहरूमा जाने छैनन् जुन तिनीहरूले झूटा देवी-देवताहरूकालागि बनाए।

9. त्यसबेला शक्तिशाली शहरहरू सबै रित्तो हुनेछन्। ती शहर यी पर्वतहरू जङ्गल हुनेछन् जस्तो इस्राएलका मानिसहरू त्यस भूमिमा आउनु अघि हुने गर्थ्यो बितेका दिनहरूमा त्यहाँका मानिसहरू भागेका थिए। किनभने त्यहाँ इस्राएलीहरू आउँदैथे। फेरि भविष्यमा पनि, त्यो देश रित्तो हुनेछ।

10. यस्तो घटना हुनेछ, किनभने तिमीहरूले परमेश्वरलाई जसले तिमीहरूलाई बचाँउनु हुन्छ भुल्यौ। परमेश्वर नै तिमीहरूका सुरक्षाको ठाउँ हुनुहुन्छ भनेर तिमीहरूले सम्झेनौ। तिमीले टाढा-टाढाबाट एकदम राम्रा खालका दाखका बिरूवाहरू ल्यायौ।तिमीले ती दाखका बिरूवाहरू रोप्न सक्छौ तर तिनीहरू सर्दैनन्।

11. तिमीले एक दिन दाखका बिरूहरू रोप्ने छौ र बढाउने चेष्टा गर्नेछौ। अर्को दिन ती बिरूवाहरू बढन शुरू गर्छन्। तर फसल उठाउने गर्यौ आर्को दिन ती बिरूवाहरूले फलदिन थाले। तर फसल काट्ने बेलामा, बोटहरूबाट फलहरू बटुल्न जानेछौ, अनि तिमीहरूले प्रत्येक कुरो मृत देख्नेछौ। एउटा रोगले सबै बिरूवारू मार्नेछ।

12. धेरै धेरै मानिसहरूलाई सुन! तिनीहरू समुद्रमा उठेका छाल जस्तै चिच्याउँदै रोइरहेका छन्। ती हल्लाहरूलाई सुन, ती हल्लाहरू समुद्रमा छालहरू उर्लेको आवाजहरू जस्ता छन्।

13. अनि मानिसहरू ती छालहरू जस्तै हुनेछन्। परमेश्वरले तिनीहरूलाई हकारेर बोल्नु हुनेछ अनि तिनीहरू टाढा भाग्नेछन् मानिसहरू बतासले खेद्‌दै उडाई लैजाने भुस जस्ता हुने छन्। मानिसहरू हुरीले उखेलेर उडाउने जङ्गली झारहरू जस्तै हुनेछन हुरी चल्नेछ र जङ्गली झारहरू उडाई लानेछ।

14. त्यो रात मानिसहरू भयभीत हुनेछन्। बिहान हुन अघि केही छोडिएको हुने छैन। यसकारण हाम्रा शत्रुहरूले केही पनि पाउँने छैनन् अनि त्यहाँ केही हुनेछैन।

About यशैया Chapter 17

Read यशैया Chapter 17 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 17
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 17 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 17?

यशैया Chapter 17 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 17 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. सपन्याह Chapter 2
  4. सपन्याह Chapter 1
  5. आमोस Chapter 3
  6. हाग्गै Chapter 2
  7. हाग्गै Chapter 1

Explore More from यशैया

  1. यशैया Chapter 54
  2. यशैया Chapter 36
  3. यशैया Chapter 28
  4. यशैया Chapter 51
  5. यशैया Chapter 2
  6. यशैया Chapter 18
  7. यशैया Chapter 38

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 78
  2. प्रकाश Chapter 2
  3. याकूब Chapter 1
  4. भजनसंग्रह Chapter 61
  5. व्यवस्था Chapter 26
  6. उत्पत्ति Chapter 16
  7. 2 शमूएल Chapter 6
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *