यशैया Chapter 29

For English

Read यशैया Chapter 29 Online

Read यशैया Chapter 29 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

A+ A A-

यशैया 29

अध्याय 29

1. परमेश्वरले भन्नुहुन्छ, “अरीएलमा हेर! अरीएल। त्यो शहर, जहाँ दाऊदले छाउनी बनाएका थिए। उसको छुट्टीहरू, र्बष पछि लगातार भयो।

2. मैले अरीएललाई दण्डित गरें। त्यो शहर खिन्नता र विलापले परिपूर्ण भयो। तर सधैं मेरो अरीएल भई।

3. अरीएल मैले तिम्रो वरिपरि सैनिकहरू तैनाथ पारें र राखें। मैले तिम्रो विरूद्ध विशाल युद्ध आह्वान गरें तिमी पराजित भयौ।

4. अनि भूईंमा ढल्यौ। अब, म भूईंबाट प्रेतको आवाज जस्तो तिम्रो आवाज सुन्दछु तिम्रो शब्दहरू मैलाबाट आउने सुक्खा आवाज जस्तो छ।”

5. त्यहाँ धूलोका कणहरू जस्तै धेरैजना विदेशीहरू छन्। त्यहाँ हावामा उडने फूलको पराग जस्तै धेरै क्रुर मानिसहरू छन्। अचानक तिमीकहाँ नै आउनेछन्।

6. सेनाहरूका परमप्रभुले तिमीहरूलाई भूईंचालो, बज्रपात र डरलाग्दो होहल्लाद्वारा दण्ड दिनु हुन्छ। भुवँरी, आँधी-बेरी र आगो थिए, जेले जलाउँछन अनि नष्ट पार्छ।

7. धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे।

8. तर यो पनि सैन्यहरूको लागि सपना जस्तै भयो। तिनीहरूले मन पराएको केही भेटेनन्। यो एक जना भोको मानिसले भोजनको सपना देखे जस्तै थियो। जब त्यो मानिस ब्यूँझिन्छ, ऊ भोकै हुनेछ। यो एकजना तिर्खाएको मानिसले देखेको पानीको सपना जस्तै हुनेछ। जब मानिस ब्यूँझन्छ, ऊ तिर्खाएकै हुन्छ। यो सियोनको विरोधमा लड्ने प्रत्येक राष्ट्रको लागि साँचो हो, ती राष्ट्रहरू सन्तुष्ट थिएनन्।

9. आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।

10. परमप्रभुले तिमीहरूमा गहीरो निद्रा ल्याइदिनु भएको छ। परमप्रभुले तिमीहरूका आँखाहरू बन्द गरिदिनु हुनेछ। (अगमवक्ताहरू नै तिमीहरूको आँखाहरू बन्नेछ।) परमप्रभुले तिमीहरूका टाउकाहरू छोपि दिनुहुनेछ (अगमवक्ताहरू तिमीहरूका शिर हुनेछन्।

11. यी कुरारू घट्ने छन् म तिमीहरूलाई भन्छु, तर तिमीहरूले मलाई बुझ्ने छैनौ। मेरा शब्दहरू त्यस्ता शब्दहरू हुन् जो पुस्तकमा बन्द र मोहर लगाएको छ। तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिनसक्छौ जसले पढन सक्छ, अनि त्यस मानिसलाई त्यो पुस्तक पढनु भन्। तर त्यस मानिसले भन्नेछ, “म त्यो पुस्तक पढन सक्तिनँ, यो बन्द छ र म खोल्नु सक्तिनँ”

12. अथवा तिमीले त्यो पुस्तक त्यस मानिसलाई दिन सक्छौ जसले पढन सक्दैन्। अनि त्यस मानिसलाई पढ भनेर भन्। त्यस मानिसले भन्नेछ, “म यो पुस्तक पढन सक्तिन किनभने म पढन जान्दिन्।”

13. मेरो मालिकले भन्नुहुन्छ, “ती मानिसहरूले मलाई प्रेम गर्छु भन्छन्। तिनीहरूले मलाई मुखबाट शब्दहरू निकालेर सम्मान दर्शाउँछन्। तर तिनीहरूका हृदय मबाट धेरै टाढा छ। तिनीहरूले मप्रति दर्शाएका आदर अनि गौरव केही होइन तिनीहरूले केवल मानव विधिहरू स्मरण गरेका मात्र हुन्।

14. यसैले म तिनीहरूलाई लगातार प्रभाव पूर्ण र अचम्म लाग्दा कामहरू गरेर चकित पारिरहन्छु। तिनीहरूका ज्ञानी मानिसहरूले आफ्ना विवेकहरू हराउनेछन्। तिनीहरूमा बुझ्ने क्षमता हुँदैन।”

15. ती मानिसहरू धेरै कुराहरू परमप्रभुबाट लुकाउने कोशिश गर्दछन्। तिमीहरूले सोच्दछन् कि परमप्रभुले बुझ्नु हुन्न्। तिनीहरूले आफ्नो दुष्ट कार्यहरू अँध्यारोमा गर्नेछन्, तिनीहरूले आफैलाई भन्ने छन्, “कसैले पनि हामीलाई देख्न सक्तैन। हामी को हौं भनेर पनि कसैले चिन्दैन।”

16. तिमी अन्योलमा पर्नेछौ। तिमी माटो र कुमालेलाई बराबर हो भन्ने सोच्छौ। तिमी सोच्छौ एउटा चीज जुन बनाइन्छ त्यसले आफ्नो सृष्टिकर्तालाई भन्न सक्छ, “तिमीले मलाई बनाएनौ।” यो आफूलाई सृष्टि गर्नेलाई भनिरहेको भाडाँ जस्तै हो, “तिमी बुझ्दैनौं।”

17. यो सत्य हो। केही समय पछि कर्मेल पर्वत झैं लबानोनले मलिलो माटो पाउनेछ अनि कर्मेल पर्वतको खेतहरू बाक्ला बन जस्तै हुनेछन्।

18. बहिराले पुस्तकको शब्दहरू सुन्नेछ। अन्धाले अन्धकारमय कुहिरोबाट देख्नेछ।

19. परमप्रभुले दीन, दुःखीहरूलाई खुशी बनाउनु हुनेछ। ती दुखी मानिसहरूले इस्राएलको परम पवित्रतामा आनन्द मानाउनेछन्।

20. दुष्ट र निर्दयी मानिसहरूको अन्त भएपछि यस्तो घटना हुनेछ। जब ती मानिसहरूले नराम्रा कामहरू गर्दै आनन्द लुटिरहेको दिनहरू समाप्त भएपछि यस्तो घटना हुनेछ।

21. ती मानिसहरूले असल मानिसहरूका बारेमा झूटो कुरा गर्नेछन्। तिनीहरूले मानिसहरूलाई न्यायालयमा पुर्याउन खोज्दछन्। ती निर्दोष मानिसहरूलाई नाश पार्न चाहन्छ।

22. यसैले परमप्रभु याकूबका परिवारसित बात मार्नु हुन्छ। उहाँ उही परमप्रभु हुनुहुन्छ जसले अब्राहामलाई स्वतन्त्र पार्नु भयो। परमप्रभु भन्नुहुन्छ, “अब याकूब लज्जित र व्याकुल हुनेछैन् न त तिनीहरूको अनुहार पहेंलो हुनेछ।

23. उसले आफ्नो छोरा-छोरीहरू देख्नेछ अनि उसले मलाई मेरो नाउँ पवित्र छ भन्नेछ। ती केटा-केटीलाई मैले आफ्ना हातहरूले बनाएँ। अनि ती केटा-केटीहरूले याकूबका पर-मपवित्र एकदमै विशेष प्रकारको रहेछ भन्नेछन्। ती केटाकेटीहरूले इस्राएलका परमेश्वरलाई मान्ने छन्।

24. धेरै जना मानिसहरूले बुझेनन् यसैले तिनीहरूले गल्ती कामहरू गरे। ती मानिसहरूले बुझेनन्, तर तिनीहरूले आफ्नो शिक्षा पाउनेछन्।”

About यशैया Chapter 29

Read यशैया Chapter 29 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 29
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 29 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 29?

यशैया Chapter 29 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 29 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from यशैया

  1. यशैया Chapter 66
  2. यशैया Chapter 18
  3. यशैया Chapter 9
  4. यशैया Chapter 51
  5. यशैया Chapter 37
  6. यशैया Chapter 60
  7. यशैया Chapter 22

Related Chapters & Readings

  1. यर्मिया Chapter 22
  2. यर्मिया Chapter 52
  3. श्रेष्ठगीत Chapter 3
  4. यशैया Chapter 53
  5. उत्पत्ति Chapter 38
  6. यर्मिया Chapter 25
  7. प्रकाश Chapter 18
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *