Read 2 शमूएल Chapter 1 Online
Read 2 शमूएल Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 शमूएल and the Holy Bible online.
Choose a Chapter
2 शमूएल 1
अध्याय 1
1. दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे।
2. तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो।
3. दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?”त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।”
4. दाऊदले भने, “मलाई भन, के भयो?”त्यसले भन्यो, “हाम्रा सबै सैनिकहरू भागे। धेरै मानिसहरू मारिए। शाऊल र तिनका छोरा जोनाथन पनि मरे।”
5. दाऊदले त्यस सैनिकलाई भने, “तिमीले कसरी जान्यौ शाऊल र जोनाथन मरेको कुरा?”
6. त्यो सैनिकले उत्तर दियो, “म गिल्बो पर्वतमाथि थिएँ। मैले शाऊललाई आफ्नो भालामा झुकेको देखें। पलिश्ती सैनिकहरू घोडा र रथहरूमा चढेर शाऊलको नजिक आउँदै थिए।
7. शाऊल वरिपरि घुमे अनि मलाई देखे र उनले मलाई बोलाए।
8. तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए।
9. अनि शाऊलले भने, ‘म नराम्रो घाइते भएँ। दया गरी मलाई मारिदे। म अधमरो भइसकेको छु।’
10. उनका चोटहरू अति नै खराब थिए मैले निश्चय गरे कि उनि जीउने छैन्न। यसकारण मैले रोकिएर उनलाई मारें। तब उनको शिरबाट मैले मुकुट र पाखुराबाट बाजू निकालेर, अनि ती चीजहरू मेरो मालिक तपाईंको निम्ति ल्याएको छु।”
11. दाऊदले आफू साह्रै दुःखी छु भन्ने देखाउनलाई लगाएका लुगा च्याते। अरू मानिसहरूले पनि त्यसै गरे।
12. तिनीहरू दुःखले रोए। साँझसम्म तिनीहरूले केहि खाएनन्। शाऊल र तिनका छोरा जोनाथन परमप्रभुका इस्राएली मानिसहरूको मृत्युको कारण तिनीहरू साह्रै रोए।
13. तब दाऊदले शाऊललाई मारें भन्ने जवान सैनिकलाई सोध्छन्, “तिमी कहाँबाट आउँदै छौ?”त्यस सैनिकले भन्यो, “म विदेशीको छोरा। एकजना अमालेकी हुँ।”
14. दाऊदले सैनिकलाई भने, “परमप्रभद्वारा राजा बनाउन छान्नु भएका मानिसलाई मार्न तँ किन डराईनस्?”
15. तब दाऊदले अमालेकीलाई भने, “तेरो मृत्युको निम्ति जिम्मेवार तँ आफै हुनुपर्छ। परमप्रभुले छान्नु भएका मानिसहरूलाई तैंले मारें भन्दैछस्। तेरो आफ्नै भनाईमा त दोषी छस् भन्ने बुझिन्छ।” त्यसकारण दाऊदले जवान नोकरलाई बोलाएर त्यस अमालेकीलाई मार्न लगाए। यसकारण त्यो जवान इस्राएलीले त्यस अमालेकीलाई मार्यो।
17. शाऊल र तिनका छोरा जोनाथनको शोकमा दाऊदले एउटा शोक गीत गाए।
18. यहूदाका मानिसहरूलाई यो गीत गाउन सिकाउनु भनी दाऊदले तिनका मानिसहरूलाई अह्राए। यस गीतलाई धनु भनियो। याशारको पुस्तकमायो लेखिइएको छ।
19. “इस्राएल, कसरी तेरो महिमा तेरो आफ्नै पहाडमा नष्ट गरियो। साँच्चै, कसरी ती वीरहरू लडे!
20. गातमा यो समाचार नभन। अश्कलोनका बाटाहरूमा यो प्रचार नगर ती पलिश्ती शहरहरूले खुशी मनाउँछन् ती विदेशीहरू रमाउने छन्।
21. म आशा गर्छु कि गिल्बोका पर्वतहरूमा पानी अथवा शीत झर्ने छैन। म यो पनि आशा गर्छु ती खेतहरूले केही पनि भेटी स्वरूप उब्जाउने छैनन्। ती वीरहरूका ढालमा खिया लाग्यो शाऊलका ढालमा तेल मोलिएन।
22. जोनाथनको धनुले आफ्नो भागमा परेको शत्रुहरू मार्यो अनि शाऊलको तरवारले पनि आफ्नो अंशमा परेको कर्त्तव्य पूरा गर्यो। जबसम्म तिनीहरू मरेनन् तिनीहरूले शत्रुहरूको रगत बगाए। तिनीहरूले बलिया मानिसहरूको बोसो काटे।
23. शाऊल र जोनाथनले एक दोस्रोलाई प्रेम गरे र जीवनको आनन्द मनाए, अनि मृत्युले पनि तिनीहरूलाई छुट्याउन सकेन। तिनीहरू एउटा गरूड भन्दा छिटो थिए र एउटा सिंह भन्दा बलिया थिए।
24. इस्राएलकी छोरीहरू, शाऊलको निम्ति रोओ शाऊलले तिमीहरूलाई राता लुगाहरू दिए र सुनका गहनाले ढाकिदिए।
25. बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे।
26. हे जोनाथन, मेरो सानो भाइ, मैले तिमीलाई साँच्चै हराएँ। मैले तिम्रो मित्रताको आनन्द धेरै लिएँ तिमीले मलाई दिएको मृत्युको प्रेम साँच्चै अचम्मकै थियो, स्त्रीको प्रेमभन्दा पनि गहिरो थियो।
27. बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।”
About 2 शमूएल Chapter 1
Read 2 शमूएल Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 शमूएल
Chapter: 1
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 शमूएल Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 शमूएल Chapter 1?
2 शमूएल Chapter 1 is part of the Book of 2 शमूएल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 शमूएल Chapter 1 online for free with easy chapter navigation.
More Chapters from 2 शमूएल
- 2 शमूएल Chapter 5
- 2 शमूएल Chapter 19
- 2 शमूएल Chapter 18
- 2 शमूएल Chapter 22
- 2 शमूएल Chapter 17
- 2 शमूएल Chapter 11
- 2 शमूएल Chapter 6
Explore More from पुरानो करार
- व्यवस्था Chapter 25
- 1 शमूएल Chapter 24
- भजनसंग्रह Chapter 129
- भजनसंग्रह Chapter 61
- यर्मिया Chapter 26
- 1 राजा Chapter 10
- 2 शमूएल Chapter 2