यशैया Chapter 38

For English

Read यशैया Chapter 38 Online

Read यशैया Chapter 38 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

यशैया 38

अध्याय 38

1. त्यसबेला, हिजकियाह बिमार भए अनि मृत्युको मुख सम्म पुगे। आमोसको छोरो अगमवक्ता यशैया उनलाई हेर्न गए।यशैयाले राजालाई भने, “तिमीलाई यी कुराहरू भन्नु परमप्रभुले मलाई भन्नुभयो ‘तिमी चाँडै मर्नेछौ। यसैले तिमीले तिम्रो सन्तानहरूलाई तिमी मरे पछि के गर्नु पर्ने बताउनु पर्छ। तिमी निको हुने छैनौ।”‘

2. हिजकियाह भित्तातिर फर्किए जुन मन्दिर सम्मुख पर्दथ्यो र प्रार्थना गर्न थाले। उनले भने

3. “हे परमप्रभु! याद गर्नुहोस कि मैले तपाईंलाई आफ्नो साँचो हृदयबाट पूर्ण रूपले सेवा गरेकोछु। मैले ती कुराहरू गरे जुन तपाईंले असल हुन भन्नुभयो।” तब हिजकियाह धुरू-धुरू रोए।

4. यशैयाले यो वचन परमप्रभुबाट प्राप्त गरे

5. “हिजकियाकहाँ जाऊ अनि भन उसलाई कि परमप्रभु, तिम्रो पिता-पुर्खा दाऊदका परमेश्वरले भन्नुहुन्छ, ‘मैले तिम्रो प्रार्थना सुनें अनि मैले तिम्रो आँशुहरू देखें। म तिम्रो आयु पन्ध्रह र्बष बढाईदिनेछु।

6. म तिमी र तिम्रो यस शहरलाई अश्शूरका राजाबाट बचाउने छु। म यस शहरको रक्षा गर्नेछु।”‘22तर हिजकियाहले यशैयालाई सोधे, “त्यस्तो के संकेत छ परमप्रभुबाट ता कि म निको हुनेछु? त्यस्तो के संकेत छ जसले म परमप्रभुको मन्दिर जाने समर्थताको प्रमाण गर्दछ?”

7. यो परमप्रभुबाट संकत हो जसले देखाउँदछ कि उहाँले भन्नु भएका कुराहरू नै गर्नु हुनेछ।

8. “हेर, दश पाइला पछि हट्नुलाई म छाँया बनाउँदैछु जुन अहाजको पाइलाहरूमाथिछ। जब घाम ती सिडीहरूमा चम्कन्थ्यो त्यो छाँयाले दिनको समय बताउँथ्यो।”21तब यशैयाले हिजकियाहलाई भने, “तिमीले नेभारा पिँधेर धूलो पार अनि त्यो आफ्नो घाउमा लगाऊ, तब तिमी निको हुनेछौ।

9. यो हिजकियाहबाट पठाईएको चिट्ठी हो जुन उनी आफ्नो बिमारी अवस्थाबाट निको भए पछि लेखेका हुन

10. मैले स्वयंलाई भनें, “म बूढो भई बाँच्ने छु। तर त्यतिबेला मेरो उमेर पातालको प्रवेशद्वारहरूबाट जाने भइसकेको हुनेछ। अब मैले मेरो सबै समयहरू यहाँ बिताएँ।”

11. यसकारण मैले भने, “म परमप्रभु याहलाईयस संसारमा फेरि बाँचिरहेको देख्ने छैन, म पृथ्वीमा मानिसहरू बाँचिरहेको देख्ने छैन।

12. मेरो घर, मेरो गोठालाको तम्बु, भत्काई रहेछन् अनि मबाट टाढा सारिरहेछन्। म मानिसहरूले लुगा तानबाट तान्दै सिलाउनलाई काटे जस्तै शेष भइरहेछु। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।

13. सारा रात सिंह गर्जे जस्तै म साह्रो रोएँ, तर मेरा आशाहरू धुलो पारिदिए सिंहले हड्डीहरू चपाए जस्तै। तिमीले मेरो जीवन यति चाँडै शेष पारिदियौ।

14. म ढुकुर जस्तै रोएँ म चरा जस्तै रोएँ मेरा आँखाहरू थकित भए तर मैले लगातार स्वर्ग तिर हेरिरहे। हे मेरो मालिक! म अत्यन्त खिन्न भएँ मलाई साथ दिने वचन दिनुहोस्।”

15. के म भन्न सक्छु? के घटना हुनेछ मेरो मालिकले मलाई भन्नुभयो। अनि मेरो मालिकले नै त्यस्तो घट्ना गराउनु हुनेछ। यस्तो विपत्तिहरू मेरो आत्मामा थिदै थियो यसकारण अब मेरो जीवनभर विनम्र हुनेछु।

16. हे मेरो मालिक, मेरो आत्मा बलियो पार्नलाई यी दुखका दिनहरू देखाउनुहोस। मेरो आत्मालाई बलियो र स्वस्थ बनाउनलाई सघाउनुहोस। मलाई असल हुनलाई सघाउनु होस। मलाई फेरि बाँच्नलाई साथ दिनुहोस्।

17. हेर! मेरा कष्टहरू गए। अब मलाई शान्ति छ। तपाईंले मलाई असाध्य प्रेम गर्नुभयो। तपाईंले मलाई चिहानमा सडन दिनु भएन तपाईंले मेरो सारा पापहरू क्षमा गरिदिनु भयो। तपाईंले मेरो सबै पापहरू टाढा फालिदिनु भयो।

18. मृत मानिसहरूले तपाईंको स्तुति-गान गाउन सक्तैन्। पातालमा भएका मानिसहरूले तपाईंको गुण गाउँदैनन्। मृत मानिसहरूले उनीहरूलाई नै सघाउन तपाईंमा भर पर्दैन्। तिनीहरू धर्तीको प्वालभित्र जान्छन् अनि कहिल्यै बोल्न सक्तैनन्।

19. मानिसहरू जो जीउँदा छन् म जस्तै के आज ती मानिसहरूले तपाईंको गुण गाउनेछन्। पिताले भन्न सक्नु पर्दछ उनका छोरा छोरीहरूलाई कि तपाईं विश्वासयोग्य हुनुहुन्छ।”

20. यसैले म भन्दछु “परमप्रभुले मलाई बचाउनु भएको छ। यसैले हामी परमेश्वरको मन्दिरमा आफ्नो जीवनभरि गीत गाउनेछौ अनि संङ्गीत बनाउने छौं।”

About यशैया Chapter 38

Read यशैया Chapter 38 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 38
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 38 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 38?

यशैया Chapter 38 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 38 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from यशैया

  1. यशैया Chapter 33
  2. यशैया Chapter 34
  3. यशैया Chapter 58
  4. यशैया Chapter 41
  5. यशैया Chapter 5
  6. यशैया Chapter 16
  7. यशैया Chapter 19

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 91
  2. गलाती Chapter 1
  3. एफिसी Chapter 1
  4. हितोपदेश Chapter 3
  5. भजनसंग्रह Chapter 74
  6. दानियल Chapter 9
  7. प्रेरितहरूको काम Chapter 3
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *