यशैया Chapter 63

For English

Read यशैया Chapter 63 Online

Read यशैया Chapter 63 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

A+ A A-

यशैया 63

अध्याय 63

1. एदोमबाट को आइरहेछ? उ बोज्राबाट आउँदछ। अनि उसको पोशाकहरूमा चहकिलो रातो रंगका दागहरू छन्। उसको तेजस्वी उसकै पोशाकहरूमा छ। ऊ पराक्रमी स्वरूप महान शक्तिसँग आइरहेछ। उसले भन्दछ, “तिमीहरूलाई बचाउने मसँग शक्ति छ। अनि म सत्य बोल्छु।”

2. “किन तिम्रो पोशाकहरू चकिलो रातो छ? तिनीहरू त्यस्ता मानिसहरूले लगाउने पोशाक हुन जो दाखहरूमाथि हिंडदछन् र त्यसको दाखरस बनाउँदछन्।”

3. उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।

4. “मैले मानिसहरूलाई दण्ड दिने समय रोजें। मेरा निम्ति मेरो मानिसहरूलाई बचाउने र रक्षा गर्ने समय आइसकेकोछ।

5. “मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”

6. म रिसाएको बेला, मानिसहरूमाथि हिडें। म पागल भएको बेला मानिसहरूलाई दण्ड दिएँ। मैले तिनीहरूका रगत भूईंमा पोखाएँ।”

7. मैले परमप्रभुका दयापूर्ण कर्महरू सोचिरहेकोछु। म परमप्रभुको स्तुति गर्न सोचिरहेकोछु। परमप्रभुले इस्राएलका मानिसहरूलाई धेरै राम्रो चीजहरू दिनु भयो। परमप्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परमप्रभुले हामीलाई दया देखाउनु भयो।

8. परमप्रभुले भन्नुभयो, “तिनीहरू नै मेरा मानिसहरू हुन्। तिनीहरू मेरा खास मानिसहरू हुन्।” यसकारण परमप्रभुले ती मानिसहरूलाई बचाउनु भयो।

9. मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परमप्रभु उनीहरूका विरूद्ध थिएनन्। परमप्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो। अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परमप्रभुले उनीहरूलाई बचाउनु भयो, उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनु भयो। उहाँले तिनीहरूलाई उठाउनु भयो र बोक्नु भयो; अनि तिनीहरूलाई सदा-सर्वदा हेरचाह गर्नु भयो।

10. तर मानिसहरू परमप्रभुको विरूद्ध उठे। तिनीहरूले पवित्र आत्मालाई दुखित बनाए। यसकारण उनीहरू परमप्रभुको शत्रु भए परमप्रभुले ती मानिसहरू विरूद्ध लडाइँ गर्नु भयो।

11. तर धेरै वर्ष अघि के भएको थियो परमप्रभु अझै सोच्नु हुन्छ। उहाँ मोशा र मानिसहरूको बारेमा सोच्नु हुन्छ। परमप्रभु नै एकजना हुनुहुन्छ जसले मानिसहरूलाई समुद्रबाट ल्याउनु भयो। परमप्रभुले आफ्ना भेंडाहरू डोर्याउन आफ्नो गोठाला प्रयोग गर्नु भयो। तर परमप्रभु, जसले आफ्नो आत्मा तिनीहरूमा स्थापित गर्नु भयो, अहिले कहाँ हुनुहुन्छ?

12. परमप्रभुले मोशालाई दाहिने हातले डोर्याउनु भयो। मोशालाई डोर्याउनकोलागि परमप्रभुले आफ्नो अद्भुत शक्ति प्रयोग गर्नभयो। परमप्रभुले पानीलाई दुइ भागमा विभाजन गर्नु भयो ताकि मानिसहरू समुद्रबाट हिड्न सकुन्। त्यस्ता महान कुराहरू गरेर परमप्रभुले आफ्नो नाउँ प्रख्यात पार्नुभयो।

13. परमप्रभुले गहिरो समुद्रहरूबाट मानिसहरूलाई डोर्याउनु भयो। मानिसहरू नडुबीकन पानीमाथि हिंडे जसरी एउटा घोडा जङ्गलमा हिँडीरहेछ।

14. एउटा गाई खेतमा हिँडदा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्। परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो। सब समय मानिसहरू सुरक्षित थिए। परमप्रभु, त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।

15. परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?

16. हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।

17. हे परमप्रभु, तपाईंले आफूबाट हामीलाई किन टाढा घचेटिरहनु भएको छ? तपाईंको अनुसरण गर्न हामीलाई किन वञ्चित गराउनु भयो? हामीकहाँ फर्केर आउनु होस परमप्रभु। हामी तपाईंका दासहरू हौं। हामीकहाँ आएर हामीलाई साथ दिनुहोस हाम्रा सन्तानहरू तपाईंकै सम्पत्ति हुन्।

18. तपाईंका पवित्र मानिसहरू आफ्ना देशमा केही समय सम्म मात्र बसे। त्यसपछि हाम्रा शत्रुहरूले तपाईंको पवित्र मन्दिरमा कुल्चेर हिँडे।

19. केही मानिसहरू तपाईंद्वारा शासित भएनन्। ती मानिसहरू तपाईंको नाउँ लिंदैनन्। अनि हामी त्यस्ता खालका मानिसहरू थियौं।

About यशैया Chapter 63

Read यशैया Chapter 63 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 63
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 63 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 63?

यशैया Chapter 63 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 63 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. हाग्गै Chapter 2
  4. हाग्गै Chapter 1
  5. सपन्याह Chapter 2
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from यशैया

  1. यशैया Chapter 19
  2. यशैया Chapter 41
  3. यशैया Chapter 58
  4. यशैया Chapter 54
  5. यशैया Chapter 32
  6. यशैया Chapter 59
  7. यशैया Chapter 43

Related Chapters & Readings

  1. आमोस Chapter 5
  2. श्रेष्ठगीत Chapter 8
  3. 1 तिमोथी Chapter 2
  4. एस्तर Chapter 4
  5. भजनसंग्रह Chapter 45
  6. अय्यूब Chapter 9
  7. 1 इतिहास Chapter 18
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *