Read यशैया Chapter 3 Online
Read यशैया Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.
Choose a Chapter
यशैया 3
अध्याय 3
1. मैले तिमीहरूलाई भन्दै गरेको कुराहरू बुझ। परमेश्वर, सेनाहरूका परमप्रभुले, यरूशलेम र यहूदाले भर गर्ने सबै थोकहरू लैजानु हुनेछ। परमेश्वरले सबै भोजन र पानी पनि लैजानु हुनेछ।
2. परमेश्वरले सबै वीरहरू र महान सिपाहीहरू लैजानु हुनेछ। परमेश्वरले सबै न्यायकर्त्ताहरू, अगमवक्ताहरू, जोखना हेर्ने मानिसहरू र बूढा-प्रधानहरू सबैलाई नै लैजानु हुनेछ।
3. परमेश्वरले सैन्य अधिकारीहरू र सरकारी अधिकारीहरू लैजानु हुनेछ। परमेश्वरले कुशल कारीगरहरू र चलाख जादूगर जसले भविष्य बताउने प्रयास गर्दछ तिनीहरूलाई पनि लैजानु हुन्छ।
4. परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु।
5. प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”
6. त्यसबेला, एकजना मानिसले आफ्नै परिवारको कुनै भाइलाई समात्नेछ। त्यस मानिसले आफ्नो भाइलाई भन्नेछ, “तिमीसंग एउटा कोट छ, यसैले तिमी हाम्रो अगुवा हुनेछौ। तिमी यी सबै विनाशको अगुवा हुनेछौ।”
7. तर त्यो भाइले भन्नेछ, “म तिमीलाई साथ दिन सक्तिनँ। घरमा मसंग प्रशस्त भोजन र लुगाहरू छैन्। तिमी मलाई तिमीहरूका अगुवा नबनाऊ।”
8. यस्तो घटना हुनेछ किनभने यरूशलेमले ठक्कर खाएको छ र साथै गल्ती काम गरेको छ। यहूदाको पतन भयो अनि परमेश्वरलाई पछ्याउन छोडे। जुन कामहरू तिनीहरूले गर्छन अनि भन्छन तिनीहरू परमप्रभुकै विरूद्धमा हुन्छन्। परमेश्वरको महिमामय आँखहरूले ती सबै कुराहरू छर्लङ्ग देख्नु हुन्छ।
9. मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।
10. धर्मी मानिसहरूलाई भन, “तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउँनेछन्।
11. तर दुष्ट मानिसहरूका लागि यो एकदम अनिष्ट हुनेछ। एकदमै ठूलो दुःख-कष्टहरू उनीहरूमा आइपर्नेछ। तिनीहरूले गरेको जति पनि गल्ती कर्महरूको लागि दण्ड पाउनेछन्।
12. युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।
13. मानिसहरूको न्याय गर्नकोलागि परमप्रभु खडा हुनुहुन्छ।
14. परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ।परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ।
15. मेरा मानिसहरूलाई यसरी दुःख कष्ट दिनु भनेर तिमीहरूलाई कसले अधिकार दियो? ती गरीब मानिसहरूमाथि थिचोमीचो गर्नु भनेर कसले अधिकार दियो?” मेरो मालिक, सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुभयो।
16. परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौ अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”
17. मेरा मालिकले ती स्त्रीहरूका टाउकोमा लूतै लूतो भरिदिनु हुनेछ। सियोनका ती स्त्रीहरूका सबै केशहरू झर्नेछन्।
18. त्यस बेला परमप्रभुले तिनीहरूको घमण्डको सबै थोक, सुन्दर कल्लीहरू, सूर्य र चन्द्रमा जस्तै देखिने कण्ठहार लैजाउनु हुनेछ।
19. कुण्डलहरू, चुराहरू, घुम्टोहरू,
20. दोपट्टाहरू, पायलहरू, पटुका, कल्ली, अत्तरका बोतलहरू अनि जन्तरहरू,
21. छाप औंठीहरू र नाकका मुन्द्री,
22. दामी पोषाकहरू, टोपीहरू शालहरू र थैलीहरू,
23. ऐनाहरू, मलमलका पोषाकहरू, फेटाहरू, र लामा शलहरू।
24. ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसंग आर्कषक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।
25. त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्।
26. त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।
About यशैया Chapter 3
Read यशैया Chapter 3 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यशैया
Chapter: 3
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यशैया Chapter 3 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यशैया Chapter 3?
यशैया Chapter 3 is part of the Book of यशैया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यशैया Chapter 3 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from यशैया
- यशैया Chapter 15
- यशैया Chapter 9
- यशैया Chapter 23
- यशैया Chapter 35
- यशैया Chapter 8
- यशैया Chapter 54
- यशैया Chapter 30