Read 2 राजा Chapter 15 Online
Read 2 राजा Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 राजा and the Holy Bible online.
Choose a Chapter
2 राजा 15
अध्याय 15
1. यहूदाका राजा अमस्याहका छोरा अजर्याह इस्राएलका राजा यारोबामको शासन कालको सत्ताईसौं वर्षमा राजा भए।
2. अजर्याह 16 वर्षका थिए जब उनले शासन गर्न शुरू गरे। उनले यरूशलेममा 52 वर्ष शासन गरे। अजर्याहकी आमाको नाउँ यकोल्याह थियो, उनी यरूशलेमकी थिइन,
3. अजर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले उचित भन्नुभएको थियो, जस्तो उनका पिता अमस्याहले गरेका थिए। अजर्याहले उनका पिता अमस्याहले गरेको कार्यहरूनै अनुसरण गरे।
4. तर उनले अग्ला ठाउँहरू ध्वंस पारेनन्। मानिसहरू अझै ती पूजास्थलहरूमा बलिदानहरू धूपबलिहरू जलाउने गर्दथे।
5. परमप्रभुले राजा अजर्याहलाई कोर लागेको रोगी बनाउनुभयो। उनी बाचुन्जेलसम्म कोरी भए। अजर्याह बेग्लै घरमा बस्ने गर्दथे। राजाका छोरा योताम राजाको महलको हेरचाह गर्दथे अनि मानिसहरू न्याय विचार गर्दथे।
6. सबै कुराहरू जो अजर्याहले गरेका थिए, ‘यहूदाका राजाहरूका इतिहासमा’ लेखिएको छ।
7. अजर्याह मरे अनि उनलाई उनका पुर्खाहरूसँगै दाऊदशहरमा गाडियो। अजर्याहका छोरा योताम उनीपछि, नयाँ राजा भए।
8. यारोबामका छोरा जकर्याहले इस्राएलको सामरियामा छ महीना शासन गरे। यो समय यहूदाका राजा अजर्याहको शासनकालको अड्तीसौं वर्ष थियो।
9. जकर्याहले ती कामहरू गरे जसलाई परमप्रभुले भूल भन्नुभएको थियो। उनले ती कामहरू गरे जो पुर्खाहरूले गरेका थिए। उनले नाबातका छोरा यारोबामले गरेको पापको काम बन्द गरेनन् जसले इस्राएललाई पाप गर्न लगायो।
10. याबेशका छोरा शल्लूमले जकर्याहको विरोधमा षड्यन्त्र गरे। शल्लूमले इबलियममा जकर्याहलाई मारे। शल्लूस उनीपछि नयाँ राजा भए।
11. सबै अरू कामहरू जति जर्याहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
12. यस प्रकार परमप्रभुको बचन साँच्चो भयो। परमप्रभुले येहूलाई भन्नुभएको थियो, उसको सन्तानका चार पुस्ताहरू इस्राएलका राजाहरू हुनेछन्।
13. याबेशका छोरा शल्लूम यहूदाका राजा उज्जियाहको शासनकालको 39 औं वर्षमा इस्राएलका राजा भए। शल्लूमले सामरियामा एक महीना राज्य गरे।
14. गादीका छोरा मनहेम तिर्साबाट सामरियामा आए। मनहेमले याबेशका छोरा शल्लूमलाई मारे। तब उनीपछि, मनहेम नयाँ राजा भए।
15. शल्लूमले गरेका सबैकामहरू, जकर्याहलाई मार्ने उसको षड्यन्त्र समेत, ‘इस्राएलका राजाहरूको इतिहास भन्ने’ पुस्तकमा लेखिएको छ।
16. शल्लूमको मृत्युपछि मनहेमले तिप्पूह र यसको वरिपरिको क्षेत्रलाई परास्त गरे। मानिसहरूले उनका लागि शहरकाद्वार खोल्न मानेनन् यसकारण मनहेमले तिनीहरूलाई परास्त गरे अनि शहरका सबै गर्भवती आइमाईहरूको गर्भ तुवाईदिए।
17. गादीका छोरा मनहेम यहूदाका राजा अजर्याहको शासन कालको 39 औं वर्षमा इस्राएलका राजा भए। सामरियामा मनहेमले दश वर्ष शासन गरे।
18. मनहेमले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। मनहेमले नबातका छोरा यारोबामले गरे जस्तो पाप कामबन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
19. अश्शूरका राजा पूल इस्राएलको विरूद्धमा युद्ध गर्न आए। मनहेमले पूललाई 1,000 तोडा चाँदी दिए, उनले यस्तो गरे जसले गर्दा उसको राज्य बलियो बनाउन पूलबाट सहायता पाउन्।
20. मनहेमले सबै धनी र शक्तिशाली मानिसहरूलाई कर दिन लगाएर धन संग्रह गरे। मनहेमले प्रत्येक मानिसबाट पचास शेकेल चाँदी कर लिए। त्यसपछि मनहेमले अश्शूरका राजालाई धन दिए। यस प्रकार अश्शूर त्यहाँबाट गए अनि इस्राएलमा बसेनन्।
21. सबै कुराहरू जो मनहेमले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
22. मनहेम मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। मनहेमका छोरा पकहिया उनीपछि नयाँ राजा भए।
23. मनहेमका छोरा पकहीयाह यहूदाका राजा अजर्याहको शासनकालको 50 औं वर्षमा सामरियामा इस्राएलका राजा भए। पकहीयाहले दुई वर्ष शासन गरे।
24. पकहीयाले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पकहीयाले नबातमा छोरा यारोबामले गरे जस्तो पाप काम बन्द गरेनन् जसले गर्दा इस्राएलमा पाप बढ्यो।
25. पेकहीया रमल्याहका छोरा, पेकहीयाको सैनिक सेनापति थिए। पेकहले पचास जना गिलादी मानिसहरू उनीसँग लगे र पकहीयालाई अर्गम र एरिहसँगै सामरियामा राजमहल भित्र मारे। तब पेकह नयाँ राजा भए।
26. सबै कामहरू जे जति पकहीयाले गरे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
27. रमल्याहका छोरा पेकहले यहूदाका अजर्याहको शासन काल 52 औं वर्षमा सामरियामा इस्राएलमाथि शासन गरे। पेकहले 20 वर्ष शासन गरे।
28. पेकहले ती कामहरू गरे जो परमप्रभुले भूल भन्नुभएको थियो। पेकहले नबातका छोरा यारोबामले गरेको पापकाम बन्द गरेनन् जसले इस्राएलमा पाप बढ्यो।
29. अश्शूरका राजा तिग्लत पिलेसेर इस्राएलको विरोधमा युद्ध गर्न आए। इस्राएलका राजा पेकह भएको समय थियो। तिग्लत पिलेसेर इय्योन, आबेल-बेत्माका, यानोह, केदेश, हासोर, गिलाद, गालील अनि नप्तालीका सबै क्षेत्रहरू वसमा लिए। तिग्लत पिलेसेरले ती ठाउँहरूबाट मानिसहरू बन्दीको रूपमा अश्शूर लगे।
30. एलाका छोरा होशेले रमल्याहका छोरा पेकहको विरोधमा योजनाहरू बनाए। होशेले पेकहलाई मारे। त्यसपछि होशे नयाँ राजा भए। यस्तो यहूदाका राजा उजियाहका छोरा योतामको शासनकालको 20 औं वर्षमा भयो।
31. सबै कुराहरू जे जति पेकहले गरे ‘इस्राएलका राजाहरूको इतिहासको’ पुस्तकमा लेखिएको छ।
32. उजियाहका छोरा योताम यहूदाका राजा भए। रमल्याहका छोरा पेकह इस्राएलका राजा हुँदा दोस्रो वर्षमा यस्तो भयो।
33. योताम 25 वर्षका थिए जब तिनी राजा भए। योतामले यरूशलेममा 16 वर्ष शासन गरे। योतामकी आमाको नाउँ यरूशा थियो, तिनी सादोककी छोरी थिइन।
34. योतामले आफ्ना पिता उज्जियाह जस्तै ती कामहरू गरे जसलाई परमप्रभुले सही भन्नुभएको थियो।
35. तर उनले अग्ला ठाउँहरूमा भएका बालका मूर्ति भत्काएनन्। मानिसहरू अझै ती अग्ला पूजास्थलहरूमा बलिदानद्वारा दिने गर्द थिए अनि धूपबलिहरू जलाउँने गर्दथे। योतामले परमप्रभुको मन्दिरको माथिल्लो ढोका बनाए।
36. सबै कुराहरू जे जति योतामले गरे ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ।
37. त्यस समयमा परमप्रभुले रमल्याहका छोरा पेकह र अरामका राजा रसीनलाई यहूदाको विरोधमा युद्ध गर्न पठाउनुभयो।
38. योताम मरे अनि उनका पुर्खाहरूसँगै गाडिए। योतामलाई आफ्ना पुर्खा दाऊदशहरमा गाडियो। योतामका छोरा आहाज उनीपछि नयाँ राजा भए।
About 2 राजा Chapter 15
Read 2 राजा Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 राजा
Chapter: 15
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 राजा Chapter 15 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 राजा Chapter 15?
2 राजा Chapter 15 is part of the Book of 2 राजा in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 राजा Chapter 15 online for free with easy chapter navigation.
More Chapters from 2 राजा
- 2 राजा Chapter 15
- 2 राजा Chapter 23
- 2 राजा Chapter 14
- 2 राजा Chapter 25
- 2 राजा Chapter 7
- 2 राजा Chapter 16
- 2 राजा Chapter 20
Explore More from पुरानो करार
- यर्मिया Chapter 16
- योएल Chapter 1
- भजनसंग्रह Chapter 140
- उत्पत्ति Chapter 7
- न्यायकर्ता Chapter 19
- अय्यूब Chapter 2
- यशैया Chapter 1