Read यशैया Chapter 40 Online
Read यशैया Chapter 40 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.
Choose a Chapter
यशैया 40
अध्याय 40
1. तिमीहरूका परमेश्वरले भन्नुहुन्छ “मेरा मानिसहरूलाई सान्त्वना, सान्त्वना देऊ।
2. यरूशलेमसित नम्र भएर बोल। यरूशलेमलाई भन, “तिमीहरूको सेवाको अवधि सकिएको छ। तिमीहरूले आफ्नो पापको प्रायश्चित गरिसकेका छौ।” परमप्रभुले यरूशलेमलाई उसले गरेको एउटा पापकोलागि दुइपल्ट दण्ड दिनु भएकोछ।
3. सुन, कोही मानिस चिच्याइरहेको छ! “मरूभूमिमा परमप्रभुका लागि एउटा बाटो तयार गर। मरूभूमिमा हाम्रो परमेश्वरको लागि चिल्लो बाटो बनाऊ।
4. प्रत्येक बेंसी पूर्ण गर प्रत्येक पर्वत र पहाडलाई मैदान बनाऊ। बाङ्गो-टेढो परेका बाटोहरू सोझो बनाऊ। खस्रो मैदानलाई चिल्लो बनाऊ।
5. तब, परमप्रभुको महिमा प्रकट गरिनेछ। अनि सँग-सँगै सारा मानिसहरूले परमप्रभुको महिमा देख्नेछन्। हो, परमप्रभु, स्वयंले यी कुराहरू भन्नु भएको थियो!”
6. एउटा आवाजले भन्यो, “बोल।” यसकारण मानिसले भन्यो, “मैले के भन्नु पर्छ?” त्यो आवाजले भन्यो, “तिनीहरू सबै घाँस जस्ता हुन्। तिनीहरूको धर्म जङ्गली फूल जस्तै हो।”
7. परमप्रभुबाट एक प्रवाहपूर्ण वायु घाँसमाथि बहनेछ अनि घाँस मर्नेछ र फुल झर्नेछ।” हो, जम्मै मानिसहरू घाँस जस्तै हुन्।
8. घाँस मर्दछ र जङ्गली फूलहरू झर्दछ। तर हाम्रो परमेश्वरको वचन निरन्तर रहिरहन्छ।”
9. सियोन, भन्नलाई तिमीसँग सुसमाचारहरू छन्। तिमी अल्गो पर्वतमाथि जाऊ र चिच्याउँदै सुसमाचार भन। यरूशलेम, भन्नलाई तिमीसँग सुसमाचार छन्। नडराऊ, कराएर बोल। यी समाचार यहूदाका सारा शहरहरूमा भन “हेर, यहाँ तिमीहरूका परमेश्वर हुनुहुन्छ।”
10. परमप्रभु मेरा मालिक पराक्रमसाथ आइरहनु भएकोछ। उहाँ सबै मानिसहरूमाथि शासन गर्न बल उपयोग गर्नुहुनेछ। परमप्रभुले आफ्ना मानिसहरूको राम्रो कर्मकोलागि पुरस्कार ल्याउनु हुनेछ।
11. गोठालेले भेडा डोर्याए झैं परमप्रभुले आफ्ना मानिसहरूलाई डोर्याउनु हुनेछ। परमप्रभुले आफ्ना शक्ति चलाउनु हुनेछ अनि आफ्ना भेडाहरू एकत्रित पार्नुहुनेछ। परमप्रभुले साना पाठो उठाउनुहुनेछ अनि आफ्नो पाखुरामा च्याप्नु हुनेछ, तिनीहरूका आमाहरू उहाँको पछाडि हिंड्नेछन्।
12. कसले आफ्नो हातको हत्केलामा भरेर समुद्र नाप्यो? कसले आफ्नो हात प्रयोग गरेर आकाशलाई नाप्यो? कसले डालो चलाए पृथ्वीका सारा कणहरू नाप्नलाई? पर्वतहरू र पहाडहरू नाप्नलाई कसले नाप्ने यन्त्र चलायो? यी सबै नाप्ने परमप्रभुमाथि थिए।
13. कसैले पनि परमप्रभुको आत्मालाई उसले के गर्नु पर्ने, बताएनन्। कसैले पनि उहाँले गरेको कार्य कसरी गर्नु पर्छ बताएनन्।
14. के परमप्रभुले कसैबाट सहयोग माग्नु भयो? के कसैले परमप्रभुलाई निष्पक्ष हुनु सिकाए? के कसैले परमप्रभुलाई ज्ञान सिकायो? के कसैले परमप्रभुलाई समझको मार्ग देखायो? होइन! पहिल्यैबाट परमप्रभुलाई ती कुराहरूको ज्ञान थियो।
15. हेर, यस संसारमा सारा जातिहरू गाग्रीमा रहेको एक थोपा पानी सरह छन्। यदि परमेश्वरले टाढा टाढाका सबै जातिहरूलाई एकसाथ आफ्नो जोख्ने तराजुमा राख्नुभयो भने, पनि तिनीहरू मसिना धूलोका कणहरू जस्तै हुनेछन्।
16. लबानोनमा भएका जम्मै रूखहरूले पनि परमप्रभुको लागि दाउरा प्रशस्त हुँदैन्। अनि लबनोनका जम्मै पशुहरू होमबलिका तिम्ति प्रशस्त हुँदैन्।
17. परमेश्वरसँग तुलना गर्दा संसारका सारा देश केही पनि होइनन्। परमेश्वरसँग तुलना गर्दा सबै जातिहरू अत्यन्त तुच्छ रहन्छन्।
18. के तिमी परमेश्वरलाई अन्य केही थोकसँग तुलना गर्न सक्छौ? अँह! के तिमी परमेश्वरको प्रतिरूप बनाउन सक्छौ? अँह।
19. तर कतिपय मानिसहरूले ढुङ्गा र काठबाट मूर्तिहरू गर्नु बनाउँछन् अनि तिनीहरूलाई देवताहरू भन्छन्। एकजना कारीगरले मूर्ति बनाउँदछ त्यसपछि अर्को कारीगरले त्यसलाई सुनले ढाकिदिंदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ। अनि चाँदीको सिक्रीहरूले त्यसलाई बाँधिदिँदछ।
20. अनि त्यसको आधारको लागि उसले नकुहिने विशेष प्रकारको काठ छान्छ। त्यस पछि उसले काठको खास काम गर्ने कर्मी खोज्दछ। अनि त्यस कारीगरले “देवता” तयार पार्दछ जुन हल्लिएर लडने छैन।
21. निश्चय तिमीहरू वास्तविकतालाई जान्दछौ, होइन र? निश्चय तिमीहरूले सुनेका छौ। निश्चय कसैले तिमीहरूलाई धेरै पहिल्यै भनीसकेको छ। निश्चय तिमीहरू जान्दछौ कसले पृथ्वी बनाएको हो।
22. परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ। उहाँ पृथ्वीको परिधि भन्दा माथि विराजमान हुन हुन्छ, अनि उहाँसँग तुलना गर्दा मानिसहरू फट्याङ्ग्रा बराबर मात्र हुन्। उहाँले लुगाको टुक्रा बेरे जस्तो आकाशलाई बेर्नु भयो। बस्नलाई पाल टाँगे जस्तो उहाँले आकाशलाई फिँजाउनु भयो।
23. उहाँ शासकहरूलाई महत्वहीन पार्नु हुन्छ। उहाँले पृथ्वीका न्यायधीशहरूलाई सम्पूर्ण रूपले अयोग्य बनाउनु हुन्छ।
24. ती शासकहरू माटोमा रोपिएका बिरूवाहरू जस्ता छन् तर तिनीहरूले माटोमा जराहरू हाल्नु अधि नै परमेश्वरले “बिरूवाहरू” माथि फुक्नु भयो भने तिनीहरू सुक्खा र मृत हुन्छन अनि हावाले तिनीहरूलाई पराल झैं उडाइदिन्छ।
25. परमपवित्र परमेश्वरले भन्नुहुन्छ “के कसैसँग तिमीहरू मेरो तुलना गर्न सक्छौ? अँह। मेरो बराबर कोही पनि छैन।
26. माथि आकाशमा हेर, ती ताराहरू कसले रचे? कसले ती सारा ‘सैन्यहरू’ आकाशमा रचे? प्रत्येक ताराको नाउँ कसले जान्दछ? साँचो परमेश्वर अत्यन्त बलवान र शक्तिशाली हुनुहुन्छ यसैले कुनै पनि तारा हराउँदैनन्।”
27. हे याकूबका मानिसहरू! यो सत्य हो। इस्राएल यसलाई तिमीहरूले विश्वास गर्नै पर्छ। यसैले तिमी किन भन्छौ “मेरो जीवन शैली परमप्रभुले देख्न सक्नुहुन्न्। परमेश्वरले मलाई भेट्न सक्नुहुन्न र दण्ड दिन सक्नुहुन्न्।”
28. निसन्देह तिमी जान्दछौ र सुनेकाछौ कि परमप्रभु परमेश्वर अत्यन्तै बुद्धिमानी हुनुहुन्छ। मानिसहरूले प्रत्येक कुरो सिक्नु सक्तैनन्, उहाँले जान्नु हुन्छ। परमप्रभु थाक्नु हुन्न र आरामको खाँचो पनि पर्दैन। परमप्रभुले पृथ्वीमा सुदूर स्थानहरू बनाउनु भयो परमप्रभु सन्तानका परमेश्वर हुनुहुन्छ।
29. परमप्रभुले दुर्वल मानिसहरूलाई बलियो पार्न सहयोग गर्नु भयो। उहाँले नै दुर्वल मानिसहरूलाई शक्तिशाली बनाउनु हुन्छ।
30. जवान मानिसहरू थाक्छन र आरामको खाँचो पर्दछ, तन्देरी केटाहरू पनि ढुन्मुनिदै लड्छन्।
31. तर तिनीहरू जसले परमप्रभुमाथि भरोसा गर्दछ उ अझ बलियो हुन्छ अनि चीलहरू जस्तै आकासिन्छ। ती मानिसहरू दुर्वल नभई दगुर्छन्। ती मानिसहरू थकित नभई हिँडछन्।
About यशैया Chapter 40
Read यशैया Chapter 40 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यशैया
Chapter: 40
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यशैया Chapter 40 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यशैया Chapter 40?
यशैया Chapter 40 is part of the Book of यशैया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यशैया Chapter 40 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 1
Explore More from यशैया
- यशैया Chapter 25
- यशैया Chapter 59
- यशैया Chapter 7
- यशैया Chapter 41
- यशैया Chapter 23
- यशैया Chapter 2
- यशैया Chapter 50