Read यशैया Chapter 26 Online
Read यशैया Chapter 26 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.
Choose a Chapter
यशैया 26
अध्याय 26
1. त्यसबेला मानिसहरूले यहूदामा यो गीत गाउनेछनपरमप्रभुले, हामीलाई हाम्रो मुक्ति दिनु हुनेछ। हामीसँग बलियो शहर छ। हाम्रो शहरको दरिलो पर्खाल र रक्षकहरू छन्।
2. प्रवेशढोकाहरू खोल र धार्मिक मानिसहरू भित्र पस्नेछन्। ती मानिसहरूले परमेश्वरको नियमहरू पालन गर्दछन्।
3. परमप्रभु तपाईंले मानिसहरूलाई साँचो शान्ति दिनुभयो जो तपाईंमाथि आस्रित छन् जसले तपाईंलाई विश्वास गर्दछन्।
4. यसकारण, सर्धै परमप्रभुमा भरोसा राख। किन? परमप्रभु परमेश्वरमा नै, सदा-सर्वदा तिमीहरूको सुरक्षा छ!
5. तर परमप्रभुले अंहकारी शहरहरू ध्वंश गर्नुहुनेछ। अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ यो धुलोमा खस्ने छ।
6. तब गरीब र साधरण मानिसहरू त्यो भग्नावशेषमाथि हिंड्ने छन्।
7. असल मानिसहरूको लागि जिउने बाटो ईमानदारीता हो। भद्र मानिसहरूले यस्तो बाटो पहिल्याउछँन् जुन सीधा र साँचो हुन्छ अनि तपाईंले बाटो सजिलो पार्नु भयो जसले गर्दा तिनीहरू आरामसित हिडन सकुन्।
8. तर परमप्रभु, हामी तपाईंको न्यायको बाटो पर्खिरहेका छौं। हाम्रो प्राण तपाईं र तपाईंका नाउँ सम्झेर आनन्दित हुन्छ।
9. मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनेको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।
10. यदि तपाईंले तिनीहरूलाई करूणा दर्शाउनु भयो भने दुष्ट मानिसहरूले राम्रो काम गर्न सिक्ने छैनन्। उनीहरू राम्रो संसारमा बसे ता पनि दुष्ट मानिसहरूले अनिष्ट कामहरू मात्र गर्दछन्। त्यो दुष्ट मानिसले कहिले पनि परमप्रभुको महानता देख्ने छैन।
11. तर परमप्रभु, तपाईं तिनीहरूलाई दण्ड दिन तयार हुनुहुन्छ, तर तिनीहरू यसलाई देख्दैनन्। तिनीहरूले आफ्ना मानिसहरूप्रति तपाईंको गहिरो प्रेम देख्छन्। निश्चय नै दुष्ट मानिसहरू लज्जित हुनेछन्। निश्चयनै तपाईंका शत्रुहरू आफ्नै आगोमा जल्ने छन्।
12. परमप्रभु, तपाईंले हामीलाई शान्ति दिनुहुनेछ, किनभने हामी जे गर्छौं ती सबै तपाईंले पूर्ण गर्नु भएकोछ।
13. हे परमप्रभु, तपाईं हाम्रा परमेश्वर हुनुहुन्छ। तर विगतमा हामी अन्य देवताहरूको पछि लाग्यौं। हामी अन्य मालिकहरूका अधीनमा भयौ। तर अब हामी चाहन्छौं कि मानिसहरूले खाली तपाईंको नाउँ मात्र सम्मान गर्छौ।
14. ती मृत देवताहरू जीवत हुनेछैनन्। ती प्रेतहरू मृत्युबाट बौरी उठ्नेछैनन्। तपाईंले तिनीहरूलाई नाश गर्ने निर्णय गर्नु भएको छ। जसले हामीलाई सोच्न लगाउँदछन् त्यो प्रत्येक कुरा नाश गर्नु भयो।
15. तपाईंले त्यस राष्ट्रलाई सधाउनु भयो जसलाई तपाईं माया गर्नु हुन्थ्यो। तपाईंले उसको साँध बढाउनु भयो। हे परमप्रभु, तपाईंको नाउँ गरिमापूर्ण छ।
16. हे परमप्रभु, जब मानिसहरू कष्टमा पर्दछन् तिनीहरूले तपाईंलाई याद गर्दछन्। जब तपाईंले उनीहरूलाई दण्ड दिनुहुन्छ। मानिसहरूले तपाईं प्रति चुपचाप प्रार्थना गर्दछन्।
17. हे परमप्रभु, जब हामी तपाईं सँग थिएनौं, हामी प्रसुतो वेदनामा रूने स्त्री जस्तै थियौं।
18. हामीलाई प्रचण्ड वेदना थियो। तर हामीले हावा मात्र जन्मायौं। हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं। हामीले यस धर्तीमा मुक्ति ल्याएनौं।
19. तर परमप्रभु भन्नुहुन्छ “तिम्रा मानिसहरू पहिल्यै मरिसकेका छन्, तर तिनीहरू फेरि बाँच्नेछन्। मेरा मानिसहरूका मृत शरीरहरू मृत्युबाट उठ्नेछन्। मृत मानिसहरू भूईंमा उभिएर आनन्दित हुन्छन्! शीतले तपाईंलाई यस प्रकार छोप्नेछ जसरी नयाँ विहानको शीतमा प्रकाशका चमक हुन्छ। नयाँ समय आएको संकेत दिन्छ जब पृथ्वीले मृत्युलाई त्याग गर्छ।”
20. हे मेरा मानिस हो, आफ्ना कोठाभित्र जाऊ। ढोकाहरू बन्द गर। केही क्षणको लागि आफ्ना कोठाहरूभित्र लुक। परमेश्वरको क्रोध शान्त नभइञ्जेल सम्म लुक।
21. संसारका मानिसहरूले गरेका अनिष्ट कामहरूका न्याय गर्नलाई परमप्रभुले आफ्नो ठाउँ छोडेर आउनु हुनेछ। पृथ्वीमा जो जो मारिए उनीहरूको रगत प्रकट गराइनेछ। पृथ्वीले धेरै बेरसम्म मृत-मानिसहरू छिपाउने छैन।
About यशैया Chapter 26
Read यशैया Chapter 26 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यशैया
Chapter: 26
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यशैया Chapter 26 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यशैया Chapter 26?
यशैया Chapter 26 is part of the Book of यशैया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यशैया Chapter 26 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 1
Explore More from यशैया
- यशैया Chapter 10
- यशैया Chapter 27
- यशैया Chapter 43
- यशैया Chapter 36
- यशैया Chapter 42
- यशैया Chapter 58
- यशैया Chapter 65