Read यर्मिया Chapter 14 Online
Read यर्मिया Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 14
अध्याय 14
1. खडेरीको बारेमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो
2. “यहूदा शोक गर्छ, उसको प्रवेशद्वारहरू कमजोर भएको छन्। मानिसहरू भूइँमा लडेर शोक मनाउँछन अनि यरूशलेमको चित्कार आकासिन्छ।
3. मानिसहरूका नायकहरूले आफ्ना नोकरहरूलाई पानी लिनुलाई पठाए। नोकरहरू इनारमा गए तर तिनीहरूले पानी पाएनन्। नोकरहरू रित्तो जगहरू लिएर फर्की आए। यसकरण तिनीहरू लज्जित अनि अपमानित भए। तिनीहरूले लाजले आफ्नो अनुहार लुकाए।
4. अनावृष्टि भएको कारण किसानहरूले खेतमा हलो जोतेनन्। यसर्थ तिनीहरूले लाजले आफ्नो मुख छोपे।
5. माऊ मृगले सम्म आफूले भखर जन्माएको पाठा-पाठीहरू छोडछे। त्यहाँ घाँस नभएकोले त्यसले त्यसो गरकी हो।
6. जंगली गधाहरूले स्यालहरूले झैं पहाडमा उभिएर हावा लिदैंछन्। चर्ने र्खकमा हरियो नभएको कारण तिनीहरूको आँखा तिर्मिराउँछन्।”
7. “हे परमप्रभु! हाम्रो अर्ध मेले हामीलाई देखे तापनि आफ्नो नाउँको गौरवका निम्ति केही गर्नु होस्। हामी भन्छौ कि हामीले धेरै पल्ट तपाईंलाई त्यागेका हौं अनि तपाईंको विरूद्ध पापहरू गरेका छौं।
8. हे परमेश्वर! तपाईं इस्राएलको आशा हुनुहुन्छ। संकटको समयमा धेरै चोटी तपाईंले इस्राएललाई बचाउनु भएको छ। तर अहिले यस ठाउँमा तपाईं विदेशी झैं देखिनु हुन्छ। तपाईंलाई रात बिताउने यात्री झैं लाग्छ।
9. किन तपाईं भ्रममा परेको मानिस झैं देखिनु हुन्छ? तपाईंले कसैलाई पनि बचाउँनु हातमा नरहेका सेना झैं हुनुहुन्छ। तर हे परमप्रभु। तपाईं हाम्रो साथमा हुनुहुन्छ। हामी तपाईंको नाउँले बोलाइन्छौं। हामीलाई असहाय नछोडनु होस्।”
10. यसर्थ परमप्रभुले मानिसहरूलाई भन्नुहुन्छ। “तिनीहरूले मलाई त्याग्नु र टाढा जान मन पराउँछन्। मलाई त्याग्नु तिनीहरू आफैलाई रोक्दैनन्। यही कारणले परमप्रभुले तिनीहरूलाई स्वीकार गर्नु भएन। होइन, परमप्रभुले तिनीहरूको दुष्टकर्म स्मरण गर्नुहुन्छ र तिनीहरूको पापले गर्दा सजाय दिनु हुनेछ।”
11. तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यी मानिसहरूको लागि मलाई प्रार्थना नगर।
12. यहूदाका मानिसहरूले उपवास गर्न सक्लान अनि मलाई प्रार्थना गर्लान, तर म तिनीहरूका प्रार्थनाहरू सुन्ने छैन्। यदि तिनीहरूले होमबली र अन्नबलि चढाए तापनि म ती मानिसहरूलाई स्वीकार गर्ने छैन। म यहूदाका मानिसहरूलाई युद्धले ध्वंस गर्ने छु। म तिनीहरूका भोजन लगिदिने छु, अनि यहूदाका मानिसहरू भोको हुनेछन। अनि म तिनीहरूलाई डरलाग्दो रोगहरूले विनाश गरी दिनेछु।”
13. तर मैले परमप्रभुलाई भनें, “हे परमप्रभु मेरो मालिक! अगमवक्ताहरूले तिनीहरूलाई भन्छन्, ‘तिमीहरूलाई शत्रुहरूको तरवारले चोट लाग्ने छैन। तिमीहरू अनिकाल ग्रस्त हुनेछैनौ। परमप्रभुले तिमीहरूलाई यस भूमिमा शान्ति प्रदान गर्नु हुनेछ।”‘
14. तब परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया! अगमवक्ताहरूले मेरो नाउँमा झूटो प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाइन। मैले तिनीहरूलाई न आदेश दिएँ न त तिनीहरूसित बात नै मारें। ती अगमवक्ताहरूले झूटो दर्शन, महत्वहीन मन्त्र-तन्त्र कुराको र तिनीहरूका आफ्नै भूल विचारहरू तिमीहरूलाई दिइरहेका छन्।
15. यसकारण यस्तै अगमवक्ताहरूको बारेमा भन्छु कि तिनीहरूले मेरो नाउँमा प्रचार गरिरहेका छन्। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। ती अगमवक्ताहरूले भने, ‘कुनै शत्रुले पनि आफ्ना तरवारहरूसित यस राज्यमा कहिले आक्रमण गर्ने छैन। यस देशमा कोही पनि कहिल्यै भोको रहने छैन्।’ ती अगमवक्ताहरू भोकले मर्नेछन् अनि शत्रुको तरवारद्वारा मारिने छन।
16. जुन मानिसहरूसित अगमवक्ताहरू बोले तिनीहरूलाई यरूशलेमको गल्लीमा फ्याकिनेछ। ती मानिसहरू भोक र तरवारद्वारा शेष हुनेछन। त्यहाँ तिनीहरूलाई दफन गर्नेहरू केही पनि हुने छैन, तिनीहरूका पत्नीहरू अथवा तिनीहरूका छोरा-छोरीहरू पनि हुनेछैनन्। म तिनीहरूलाई तिनीहरूका दुष्ट कर्महरूका निम्ति दण्ड दिनेछु।
17. “तिनीहरूमा यी वचनहरू घोषणा गर, ‘मेरा आँखाहरू आँसुले भरिएका छन्। म मेरा मानिसहरूको महाध्वंस र तिनीहरूको गहिरो चोटहरूको लागि लगातार रात-दिन रोइरहेको छु।
18. यदि म देशभित्र गएँ भने म तरवारद्वारा मारिएका मानिसहरू देख्छु। यदि म शहरभित्र पसें भने म बिरामीहरू जसको खाने कुराहरू छैन तिनीहरूलाई देख्छु। पूजाहारीहरू र अगमवक्ताहरू त्यही भूमिबाट जान्छन तर तिनीहरूले बुझ्दैनन्।”‘
19. “हे परमप्रभु, के तपाईंले यहूदा राज्यलाई सम्पूर्णरूपले त्याग्नु भयो? हे परमेश्वर, के तपाईंले सियोनलाई घृणा गर्नुहुन्छ? तपाईंले यस्तो प्रकारले हामीलाई घात गर्नुभयो कि फेरि हामी ठीक हुन सक्तैनौं। हामी शान्तिको प्रतीक्षा गरिरहेका छौं, तर कुनै लाभ भएको छैन। हामी निको हुने समय पर्खिरहेका छौ, तर त्रास मात्र पो आउँछ।
20. हे परमप्रभु, हामी जान्दछौ कि हामी दुष्ट मानिसहरू हौं। हामी जान्दछौ कि हाम्रा पिता-पुर्खाहरूले अधर्म कामहरू गरे। हो, हामीले तपाईंको विरूद्ध पाप गर्यौं।
21. हे परमप्रभु, तपाईंको नाउँको लागि हामीलाई तिरस्कार नगर्नुहोस्। महिमामय सिंहासनमाथि अपमान नल्याउनु होस्। हामीसित रहेको तपाईंको करार भंग नपार्नुहोस्।
22. विदेशी मूर्तिहरूसँग पानी पार्ने शक्ति छैन। आकाशले पानी वर्षाउने शक्ति पाँउदैन। हे परमप्रभु, हाम्रा परमेश्वर! तपाईं नै हाम्रो आशा हुनुहुन्छ। तपाईं मात्र एकजना हुनुहुन्छ जसले यी सब कर्महरू गर्नुसक्छ।”
About यर्मिया Chapter 14
Read यर्मिया Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 14
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 14 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 14?
यर्मिया Chapter 14 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 14 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
Explore More from यर्मिया
- यर्मिया Chapter 21
- यर्मिया Chapter 35
- यर्मिया Chapter 8
- यर्मिया Chapter 46
- यर्मिया Chapter 25
- यर्मिया Chapter 34
- यर्मिया Chapter 18