भजनसंग्रह Chapter 9

For English

Read भजनसंग्रह Chapter 9 Online

Read भजनसंग्रह Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 9

अध्याय 9

1. म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।

2. सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।

3. मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए।

4. तपाईं साँचो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।

5. तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।

6. शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।

7. तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ।

8. परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।

9. धेरै मानिसहरू संकष्टमा फसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।

10. मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।

11. तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।

12. परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।

13. मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।

14. तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”

15. ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।

16. परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।

17. मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।

18. कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।

19. हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।

20. मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन तिनीहरू मनुष्य मात्र हुन्।

About भजनसंग्रह Chapter 9

Read भजनसंग्रह Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 9
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 9?

भजनसंग्रह Chapter 9 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 9 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 5

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 81
  2. भजनसंग्रह Chapter 127
  3. भजनसंग्रह Chapter 13
  4. भजनसंग्रह Chapter 93
  5. भजनसंग्रह Chapter 72
  6. भजनसंग्रह Chapter 1
  7. भजनसंग्रह Chapter 30

Related Chapters & Readings

  1. गन्ती Chapter 24
  2. लेवी Chapter 18
  3. भजनसंग्रह Chapter 88
  4. 2 कोरिन्थी Chapter 3
  5. प्रेरितहरूको काम Chapter 14
  6. भजनसंग्रह Chapter 38
  7. उत्पत्ति Chapter 26
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *