Read 2 राजा Chapter 9 Online
Read 2 राजा Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 राजा and the Holy Bible online.
Choose a Chapter
2 राजा 9
अध्याय 9
1. एलीशा अगमवक्ताले अगमवक्ताहरूको एउटा दललाई बोलाए। एलीशाले यस मानिसलाई भने, “तयार होऊ अनि यो सानो तेलको सीसी आफ्नो हातमा लेऊ। रामोत-गिलाद जाऊ।
2. जब तिमी त्यहाँ पुग्छौ, निम्शीका नाती, यहोशापातका छोरा येहूलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माझबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ।
3. तेलको सानो सीसी निकाल अनि येहूको टाउकोमाथि तेल खन्याऊ। र भन, ‘परमप्रभु यस्तै भन्नुहुन्छ तिमीलाई इस्राएलको नयाँ राजा हुनकोलागि अभिषेक मैले गरेको छु।’ तब ढोका खोल अनि हिंड। न फर्के।”
4. यसकारण यो युवक, अगमवक्ता, रामोत गिलाद गयो।
5. जब युवक पुग्यो उसले सेनाको सेनापतिलाई बसेको देख्यो। युवकले भन्यो, “सेनापति तिम्रो लागि एउटा सन्देश छ।”येहूले भने, “हामी सबै यहाँ छौं। हामी मध्ये कसको लागि सन्देश छ?”युवकले भन्यो, “सेनापति, संन्देश तपाईका लागि हो।”
6. येहू उभिए अनि घरभित्र पसे। तब युवक अगमवक्ताले येहूको टाउकोमाथि तेल खन्याए। युवक अगमवक्ताले येहूलाई भने, “इस्राएलका परमेश्वरले भन्नु भएको छ, ‘इस्राएल अनि परमप्रभुका मानिसहरूको नयाँ राजाको रूपमा तिमीलाई अभिषेक गर्दै छु।
7. तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु।
8. यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो।
9. म आहाबको परिवारलाई नबातको छोरा यारोबाम वा अहियाहका छोरा बाशाको परिवार जस्तो बनाउने छु।
10. यिज्रेलको इलाकामा ईजेबेललाई कुकुरले खाने छन्। ईजेबेललाई गाडिने छैन।”‘तब युवक अगमवक्ताले ढोका खोले अनि हिंडे।
11. येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?”येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो यहाँ छ बौलाह मानिस सँधै केही कुराहरूको विषयमा हतारिन्छ?”
12. अधीकारीहरूले भने, “होइन! हामीलाई साँचो कुरा भन। उसले के भन्यो?” येहूले अधिकारीहरूलाई युवक अगमवक्ताले भनेको कुरा बताए। येहूले भने, “उसले भन्यो, ‘यो कुरा परमप्रभुले भन्नुभएको हो मैले तिमीलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गरेको छु।”‘
13. तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सांडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”
14. यसर्थ यहोशापातका छोरा अनि निम्शीका नाती येहूले योरामको विरोधमा योजनाहरू बनाए।त्यस समयमा योराम र इस्राएलीहरू अरामका राजा हजाएलबाट रामोत गिलादको रक्षा गर्ने चेष्टा गरिरहेका थिए।
15. राजा योरामले अरामका राजा हजाएलको विरोधमा लडाइँ गरे। तर अरामीहरूले राजा योरामलाई घाइते बनाए अनि उनी ती घाउहरू निको पार्नका लागि यिज्रेल गए।यसकारण येहूले अधिकारीहरूलाई भने, “यदि तिमीहरू सहमत छौ, म नयाँ राजा हुँ, तब शहरको कुनै मानिसलाई यिज्रेलमा खबर भन्नकालागि त्यसै हिंडन नदिनु।”
16. योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योराम सँग भेट गर्न यिज्रेल आएका थिए।
17. एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।”योरामले भने, “तिमीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।”
18. यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?”‘येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।”रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”
19. तब योरामले अर्को दूतलाई घोडामाथि पठाए। यो मानिस येहूको समूहकहाँ आयो र भन्यो, “राजा योराम भन्नुहुन्छ। ‘शान्ति।”‘येहूले जवाफ दिए, “तिमीले शान्तिसँग केही गर्नु पर्ने छैन। आऊ र मेरो पछि लाग।”
20. रक्षकले योरामलाई भन्यो, “दोस्रो दूत समूहतिर गयो, तर अहिलेसम्म फर्केर आएको छैन। एक जना मानिस आफ्नो रथ बौलाहा जस्तै चलाई रहेको छ। ऊ निम्शीको नाती येहू जस्तै नै चलाइ रहेको छ।”
21. योरामले भने, “मेरो रथ तयार गर!”यसकारण सेवकले योरामको रथ ल्यायो। इस्राएलका राजा योराम अनि यहूदाका राजा अहज्याह दुवै जनाले आ-आफ्नो रथ लिए अनि येहूसँग भेट गर्न हिंडे। तिनीहरूले येहूसँग यिज्रेली नाबोतको जग्गाको छेऊमा भेट गरे।
22. योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?”येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”
23. योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।”
24. तर येहूले आफ्नो सम्पूर्ण शक्ति लगाएर धनु ताने र योरामको पीठमा छोडे। तीर योरामको मुटु छेडिंदै गयो। योराम आफ्नो रथमा लडे।
25. येहूले आफ्नो रथ चालक बितकरलाई भने, “योरामको लाश माथि लिएर जाऊ अनि यिज्रेलबाट नाबोतको खेतमा फ्याँकिदेऊ। थाह छ होला जब तिमी र म योरामका पिता आहाबसँग घोडामा चढेर जाँदा परमप्रभुले भन्नु भएको थियो उनीसित यस्तो घट्ना हुनेछ।
26. परमप्रभुले भन्नुभएको, ‘हिजो मैले नाबोत र उनका छोराहरूको रगत देखें। यसकारण म आहाबलाई यस खेतमा सजाय दिनेछु।’ परमप्रभुले यस्तो भन्नुभयो। यसकारण योरामका लाश उठाऊ अनि परमप्रभुले भने जस्तै खेतमा फ्याँकिदेऊ।”
27. यहूदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैंचाको घर भएर भाग्ने चेष्टा गरे, तर येहू उनको पछि लागे। यहूले भने, “अहज्याहलाई पनि मार।”अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गूर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिद्दो सम्म पुगे, र तिनी त्यहाँ मरे।
28. अहज्याहका सेवकहरूले उनको लाश रथमा लादेर यरूशलेम लगे। तिनीहरूले अहज्याहलाई दाऊदशहरमा उनका पुर्खाहरूसँगै उनको चिहानमा गाडे।
29. अहज्याह योराम इस्राएलको राजा भएको एघारौं वर्षमा यहूदाका राजा भएका थिए।
30. येहू यिज्रेल गए अनि ईजेबेलले खबर सुनीन्। उनले आफ्नो श्रृंगार गरिन, अनि कपाल बाटिन्। त्यसपछि तिनी झ्यालमा उभिन् र बाहिर हेरिन्।
31. येहूले शहरमा प्रवेश गरे। ईजेबेलले भनी, “नमस्कार जिम्री! ऊ जस्तै नै तिमीले आफ्नो मालिकको हत्या गर्यौ।”
32. येहूले माथि झ्यालमा हेरे। उनले भने, “मतिर को छ? को?”दुई अथवा तीन जना नपुंसकहरूले झ्यालबाट बाहिर येहूलाई हेरे।
33. येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।”तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे।
34. येहू घरभित्र पसे खान पीन र मद्यापान गरे। तब उनले भने, “अब यस श्रापित आइमाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”
35. मानिसहरू ईजेबेललाई गाड्न गए। तर तिनीहरूले उनको लाश पाउँन सकेनन्। तिनीहरूले मात्र उनको खप्परका, खुट्टा र हातका हत्केलाहरू पाए।
36. यसकारण मानिसहरू फर्किए अनि येहूलाई बताए। तब येहूले भने, “परमप्रभुले आफ्नो सेवक तिश्बी एलियाहद्वारा दिएको सन्देश यो थियो। एलियाहले भनेः ‘कुकुरहरूले ईजेबेलको लाश यिज्रेलको इलाकामा खाने छन्।
37. ईजेबेलको लाश यिज्रेलको इलाकाको खेतमा मल हुनेछ। मानिसहरू ईजेबेलको लाश चिन्न असमर्थ हुनेछन्।”‘
About 2 राजा Chapter 9
Read 2 राजा Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of 2 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 2 राजा
Chapter: 9
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 2 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 2 राजा Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 2 राजा Chapter 9?
2 राजा Chapter 9 is part of the Book of 2 राजा in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 2 राजा Chapter 9 online for free with easy chapter navigation.
More Chapters from 2 राजा
- 2 राजा Chapter 15
- 2 राजा Chapter 23
- 2 राजा Chapter 25
- 2 राजा Chapter 14
- 2 राजा Chapter 7
- 2 राजा Chapter 1
- 2 राजा Chapter 16
Explore More from पुरानो करार
- न्यायकर्ता Chapter 5
- यहोशू Chapter 6
- यहोशू Chapter 3
- प्रस्थान Chapter 8
- व्यवस्था Chapter 28
- भजनसंग्रह Chapter 48
- 1 शमूएल Chapter 22