2 शमूएल Chapter 20

For English

Read 2 शमूएल Chapter 20 Online

Read 2 शमूएल Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 2 शमूएल and the Holy Bible online.

Choose a Chapter

2 शमूएल 20

अध्याय 20

1. त्यहाँ बिक्रीका छोरा शेबा नाउँ गरेको दुष्ट प्रवृतिका बिन्यामीन कुल समूहका एकजना मानिस थिए। शेबाले तुरही फुकेर मानिसहरू भेला गर्ने भए। तब उसले भने,“हामीसित दाऊदको भाग छैन यिशैको छोरामा हाम्रो कुनै अंश छैन इस्राएल, हामी सबै घर जाऔं आफ्नो पालमा।”

2. यसैले सबै इस्राएलीहरू दाऊदलाई छोडेर बिक्रीका छोरा शेबाकापछि लागे। तर यहूदाका सबै मानिसहरू यर्दन नदी देखि यरूशलेमसम्मै बाटोमा राजाका साथ बसे।

3. दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना “उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिञ्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्‌न। तिनीहरूले विधुवाको जस्तै जीवन बिताए।

4. राजाले आमासालाई भने, “यहूदाका मानिसहरूलाई तीन दिन भित्र मलाई भेट्नु भन्नु। अनि त्यहाँ तिमी पनि हुने छौ।”

5. आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए।

6. दाऊदले अबीशैलाई भने, “बिक्रीको छोरा शेबा हाम्रो निम्ति अब्शालोम भन्दा डरलाग्दो हो। मेरा अधिकारीहरूसित शेबालाई पछ्याऊ। शहरको पर्खालमा पस्नु भन्दा अघि उसलाई समात। यदि शेबाले सुरक्षित शहरमा प्रवेश गर्यो भने हामीले त्यसलाई भेट्न सक्दैनौ।”

7. यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे।

8. जब गिबोनका ठूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेटून आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेटून गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए।

9. योआबले अमासालाई सोधे, “भाइ, जाती नै छौ?”तब योआबले दाहिने हातले अमासाको दाह्री समातेर म्वाई खान खोजे।

10. अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो।तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्।

11. योआबका एकजना जवान सिपाही अमासाको लाशको छेउमा उभिएका थिए। त्यस जवान सिपाहीले भने, “ज-जसले योआब र दाऊदलाई समर्थन गर्दछौ, तिमीहरू योआबलाई पछ्याऊ।”

12. अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो।

13. बाटोबाट अमासाको लाश हटाएपछि मानिसहरू योआबको पछि-पछि लागे। योआबलाई भेटेपछि बिक्रीको छोरा शेबाको खोजीमा लागे।

14. बिक्रीको छोरा शेबा सबै इस्राएल कुल समूहबाट हुँदै आबेल-बेत-माका तिर लागे। सबै मानिसहरू जम्मा भए अनि शेबाको अनुशरण गरे।

15. योआब र तिनका मानिसहरू आबेल बेत-माका आए। योआबका सेनाले शहरलाई घेरे। तिनीहरूले पर्खालको छेउमा माटो थुपारे, जसद्वारा पर्खाललाई नाग्न सकियोस्। योआबका मानिसहरूले पर्खालका ढुङ्गाहरू फुटाउन थाले, जसले पर्खाललाई लडाउँन सकियोस्।

16. तर त्यस शहरमा एउटी ज्ञानी स्त्री थिई। तिनले याओबलाई शहरभित्रबाट कराइन्। तिनले भनिन्, “मेरो कुरा सुन्नुहोस्, योआबलाई यहाँ आउनु भन। म ऊसित कुरा गर्न चाहान्छु।”

17. त्यस महिलासँग कुरा गर्न योआब गए। त्यस महिलाले योआबलाई भनिन्, “तपाईं नै योआब हुनुहुन्छ?”योआबले जवाफ दिए, “ज्यू, म नै हुँ।”तब त्यस महिलाले भनिन, “मेरो कुरा सुन्नुहोस्।” योआबले भने, “म सुन्दैछु।”

18. तब त्यस महिलाले भनिन्, “पहिले पहिले मानिसहरू भन्ने गर्थे, ‘आबेल-बेतमा सहायता माग जे जस्तो समस्या पनि हल हुन्छ।’

19. म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”

20. योआबले जवाफ दिए, “होइन, मैले केही नष्ट गर्न चाहिरहेको छैन। मैले तिम्रो शहरलाई पनि नष्ट गर्दिन।

21. तर एप्रैमको एकजना मानिस तिम्रो यस शहरमा छ। उसको नाउँ शेबा हो, ऊ बिक्रीको छोरा हो। त्यसले राजा दाऊदको विरूद्धमा जाने चेष्टा गर्यो। त्यसलाई मेरो जिम्मा लगाइदेऊ, म शहर छोडिहाल्छु।”त्यस महिलाले योआबलाई भनिन्, “ठीक छ। त्यसको टाउको पर्खालबाट तपाईंलाई दिइने छ।”

22. तब त्यस महिलाले बुद्धिमानी तवरले शहरका सबै मानिसहरूलाई भनिन्। मानिसहरूले बिक्रीको छोरा शेबाको टाउको छिनाए। त्यसपछि पर्खालबाट शेबाको टाउको योआबको निम्ति हुत्याइदिए।त्यसपछि योआबले तुरही फुके अनि सेनाहरूले शहर छोडे। सिपाहीहरू घर गए, अनि योआब यरूशलेममा राजाकहाँ गए।

23. योआब इस्राएली सेनाका कप्तान थिए। यहोयादाका छोरा बनायाहाले करेती र पलेतीहरूका सेनापति थिए।

24. अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए।

25. शेबा सचिव थिए। सादोक र एबीयातार दुवै पूजाहारी थिए।

26. अनि याइरी ईराचाहि दाऊदका मुख्य सल्लाहाकार थिए।

About 2 शमूएल Chapter 20

Read 2 शमूएल Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of 2 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 2 शमूएल
Chapter: 20
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 2 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 2 शमूएल Chapter 20 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 2 शमूएल Chapter 20?

2 शमूएल Chapter 20 is part of the Book of 2 शमूएल in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 2 शमूएल Chapter 20 online for free with easy chapter navigation.

More Chapters from 2 शमूएल

  1. 2 शमूएल Chapter 5
  2. 2 शमूएल Chapter 19
  3. 2 शमूएल Chapter 17
  4. 2 शमूएल Chapter 18
  5. 2 शमूएल Chapter 22
  6. 2 शमूएल Chapter 11
  7. 2 शमूएल Chapter 6

Explore More from पुरानो करार

  1. 1 शमूएल Chapter 20
  2. यर्मिया Chapter 9
  3. यर्मिया Chapter 45
  4. भजनसंग्रह Chapter 9
  5. प्रस्थान Chapter 35
  6. भजनसंग्रह Chapter 90
  7. हितोपदेश Chapter 25

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 29
  2. यर्मिया Chapter 26
  3. 2 शमूएल Chapter 7
  4. उत्पत्ति Chapter 26
  5. यशैया Chapter 14
  6. 1 शमूएल Chapter 8
  7. हितोपदेश Chapter 18
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *