प्रकाश Chapter 18

For English

Read प्रकाश Chapter 18 Online

Read प्रकाश Chapter 18 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of प्रकाश and the Holy Bible online.

Choose a Chapter

प्रकाश 18

अध्याय 18

1. तब मैले स्वर्गबाट तल झर्दै गरेको अर्को स्वर्गदूतलाई देखें। यो स्वर्गदूतको महाशक्ति थियो। त्यस स्वर्गदूतको महिमाले पृथ्वी उज्यालो भयो।

2. त्यो स्वर्गदूत जोडले करायो“उसको संहार भयो। बेबिलोन महानगर संहार भयो! उ अशुद्ध आत्माको बासस्थान बनियो उ हरेक दुषित आत्मा बस्ने स्थान बनियो। उ सबै किसिमका अस्वच्छ पंक्षीहरु बस्ने नगर बनियो। उ हरेक अस्वच्छ औ घृणित पशुहरुको नगर बनियो।

3. पृथ्वीका समस्त राष्ट्रहरुले उसको व्यभिचारको अनि परमेश्वरको प्रकोपको दाखरस पिएका छन्। पृथ्वीका राजाहरुले उसित व्यभिचारी पाप गरेकाछन्। अनि संसारका व्यापारीहरु उसको भोग विलासको सम्पतिबाट धनी बनेका छन्।”

4. त्यसपछि मैले स्वर्गबाट अर्को आवाजमा भन्दै गरेको सुने“मेरा मानिसहरु, त्यस नगरबाट बाहिर निस्क जसद्वारा तिमी उसको पापमा सहभागी हुने छैनौ। तब उमाथि थोपरिएको कुनै पनि कष्ट तिमीले भोग्ने छैनौ।

5. त्यो नगरको पाप आकाश सम्म थाक लागेको छ। त्यसले गरेको अपराध परमेश्वरले बिर्सनु भएको छैन।

6. उसले जस्तो गरेकी थिई, ठीक त्यही गर, यसले जति गरेको छ त्यसको दोब्बर उसलाई देऊ। उसले अरुलाई जस्तो दाखरस तयार पारेकी थिई, त्यो भन्दा दोब्बर शक्ति भएको दाखरस तयार पार।

7. त्यसले स्वयंलाई अधिक गौरव अनि वैभव दिई। उसलाई त्यतिकै यातना अनि उदासीपन देऊ। उ आफैले भन्छे, ‘म सिंहासनमा बसेकी रानी हुँ। म विधुवा होइन, मैले कहिल्यै दुख अनुभव गरिन।’

8. यसर्थ यी कष्टहरु उमाथि आउनेछन् मृत्यु, शोक, अनि अनिकाल। किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ जसले न्याय गर्नु हुनेछ यसर्थ तिनलाई आगोले नष्ट गरिनेछ।

9. “पृथ्वीका राजाहरु जसले उसित यौन-पाप गरे अनि त्यसको सम्पत्तिमा सह-भोग गरे तिनीहरुले त्यो बल्दै गरेको धुवाँ देख्नेछन्। तब ती राजाहरु रुने छन् अनि उसको मृत्युमा अफसोस गर्ने छन्।

10. ती राजाहरु त्यसको यातनामा भयभीत हुनेछन अनि उदेखि टाढै रहनेछन्। ती राजाहरुले भन्नेछन्‘हे! शक्तिशाली नगर बेबिलोन! दुखै दुख होस् तिमीलाई एक घण्टा भित्रैमा तिमीले सजाय पायौ।’

11. “पृथ्वीका व्यापरीहरु रुनेछन् अनि उसको निम्ति अफसोस गर्ने छन्। तिनीहरु शोकित हुनेछन् अति रुनेछन् किनभने त्यहाँ तिनीहरुको चीजहरु किन्नु कोही आउने छैन।

12. तिनीहरु सुन, चाँदी, रत्न, मोती, मलमल वस्त्र, बेजनी बस्त्र, रेशम र रातो बस्त्र, सबै किसिमका सुगन्धित काठ, हात्तीको दाँत बहुमूल्य काठ, काँसा, फलाम अनि सङ्गमरमरले बनिएको सबै प्रकारका चीजहरु बेच्छन्।

13. ती व्यापारीहरु दालचिनी, मसाला, धूप, सुगन्धित अत्तर, अति सुगन्धित धूप, दाखरस, भद्राक्षेंको तेल, मैदा, गहुँ, गाई-बस्तु, भेंडा, घोडा, रथ, कमारा अनि कमारीहरु मानवआत्माहरु पनि बेच्छन्। तिनीहरु विलाप गर्नेछन् अनि भन्नेछन्

14. ‘हे बेबिलोन, तिम्रो इच्छाका आर्कषित बस्तुहरुले, तिमीलाई त्यागे, तिम्रो विलासी अनि बहुमूल्य बस्तुहरु अल्पिए। तिमीले ती बस्तुहरु फेरि कहिल्यै पाउने छैनौ।’

15. “ती व्यापारीहरु त्यसको यातनादेखि भयभीत हुनेछन् अनि त्योदेखि टाढै रहनेछन्। यी मानिसहरु नै हुन् जो यस्ता चीजहरु बेचेर धनवान भए। तिनीहरु रुनेछन् अनि शोक गर्नेछन्।

16. तिनीहरुले भन्नेछन्‘कष्ट! कष्ट महानगरलाई, उ मिहीन मलमल, बैजनी, अनि रातो बस्त्रको पहिरनमा थिई। उ सुन, रत्न अनि मोतीहरुद्वारा चम्किकरहेकी थिई!

17. यी सबै वैभवहरु घण्टा भरमा ध्वंस भयो।’“प्रत्येक जहाजको कप्तान, समस्त मानिसहरु जो जहाजमा यात्रा गर्छन्, नाविकहरु अनि सम्पूर्ण मानिसहरु जो समुद्रमा पैसा कमाउँछन्, बेबीलोनदेखि टाढ्ढै रहे।

18. तिनीहरुले त्यो जलेको धुवाँ देखे। तिनीहरुले ठूलो स्वरमा भने, “यो महान नगर जस्तो महानगर कुनै नगर थिएन!”

19. तिनीहरुले आफ्ना शिरमा धूलो हाले। तिनीहरुले विलाप गरे अनि अफसोस गरे। दिनीहरुले ठूलो आवजमा भने‘कष्ट! महानगरको निम्ति कति कष्ट! सबै मानिसहरु जसका समुद्रमा जहाजहरु थिए, उसको सम्पत्तिद्वारा धनवान भए। तर घण्टा भरमा त्यसको ध्वंस भयो।

20. हे स्वर्ग! उसलाई जे भयो, त्यसको निम्ति खुशी होऊ खुशी बन, परमेश्वरका पवित्र मानिसहरु प्रेरितहरु अनि अगमवक्ताहरु। किनभने परमेश्वरले त्यसको व्यवहारको निम्ति दण्ड दिएका छन्।”

21. त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने“महानगर बेबिलोन यसरी नै पयाँकिइने छ अनि फेरि कहिल्यै पाइनेछैन।

22. वीणा अनि अरु वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरुबाट कहिल्यै मानव संगीत सुनिनेछैन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन।

23. तेरोमा बतीको ज्योति फेरि कहिल्यै चम्कनै छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरु संसारका महामानवहरु थिए, समस्त राष्ट्रहरु तेरो जादू-टुना मुनाले छलिएका थिए।

24. अगमवक्ताहरु अनि परमेश्वरका पवित्र मानिसहरु अनि सबै मानिसहरु जो पृथ्वीमा मारिएकाछन्, तिनीहरुको रगतको दोषी छ बेबिलोन।”

About प्रकाश Chapter 18

Read प्रकाश Chapter 18 online from the Holy Bible. This chapter is part of the Book of प्रकाश in the New Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: प्रकाश
Chapter: 18
Testament: New Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading प्रकाश. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading प्रकाश Chapter 18 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is प्रकाश Chapter 18?

प्रकाश Chapter 18 is part of the Book of प्रकाश in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete प्रकाश Chapter 18 online for free with easy chapter navigation.

More Chapters from नयाँ करार

  1. प्रेरितहरूको काम Chapter 1
  2. प्रेरितहरूको काम Chapter 14
  3. प्रेरितहरूको काम Chapter 13
  4. प्रेरितहरूको काम Chapter 15
  5. प्रेरितहरूको काम Chapter 12
  6. प्रेरितहरूको काम Chapter 8
  7. प्रेरितहरूको काम Chapter 5

Explore More from प्रकाश

  1. प्रकाश Chapter 14
  2. प्रकाश Chapter 20
  3. प्रकाश Chapter 16
  4. प्रकाश Chapter 21
  5. प्रकाश Chapter 6
  6. प्रकाश Chapter 10
  7. प्रकाश Chapter 1

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 112
  2. 1 कोरिन्थी Chapter 1
  3. यर्मिया Chapter 31
  4. सपन्याह Chapter 3
  5. प्रस्थान Chapter 6
  6. 2 शमूएल Chapter 22
  7. जकरिया Chapter 5
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *