यशैया Chapter 59

For English

Read यशैया Chapter 59 Online

Read यशैया Chapter 59 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

यशैया 59

अध्याय 59

1. हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ।

2. तर तिमीहरूको पापले गर्दा तिमीहरू र परमेश्वर माझ एउटा तगारो छ। परमप्रभुले तिम्रा पापहरू देख्नु हुन्छ अनि अनुहार अर्को तिर फुर्काउनु हुन्छ।

3. तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्।

4. कसैले पनि अरूहरूको बारेमा साँचो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झुटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन अनि पापलाई जन्म दिन्छन्।

5. तिनीहरूले अनिष्ट कर्म जन्माउछन जसरी विषालु सर्पहरूले आफ्ना अण्डाबाट विषालु बच्चा निकाल्छन्। यदि तिमीहरूले तिनीहरू मध्ये एउटा अण्डा पनि खायौ भने मर्नेछौ। अनि यदि तिमीहरूले एउटा पनि अण्डा फुटायौ भने त्यहाँबाट विषालु साँप बाहिर निस्कनेछ।झूटा मानिसहरूले भनेका कुराहरू माकुराको जाल जस्तै हुन्छ।

6. माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन्। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाक्न सक्दैनौ।कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन् र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्।

7. तिनीहरूले आफ्ना खुट्टाहरू पापमा दर्गुन चलाउँनछ। कुनै पनि निर्दोष मानिसलाई मार्नको लागि तिनीहरू हतारिन्छन्। तिनीहरूले दुष्टकुराहरू सोच्दछन्। उपद्रव एव चोरी गर्नु नै तिनीहरूको जीवनको बाटो हो।

8. ती मानिसहरूले शान्तिको बाटो जान्दैनन्। ती मानिसहरू निष्पक्ष छैनन्। तिनीहरू कपटी जीवन जिउँछन्। अनि जो मानिसहरू त्यस्तो प्रकारले बाँच्दछन् तिनीहरूले कहिल्यै शान्ति पाउने छैनन्।

9. सबै न्याय र धार्मिकता हराएर गयो। यहाँ हाम्रा सामु अन्धकार मात्र छ। यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ। हामी चहकिलो प्रकाशको आशा गर्दछौं तर हामी सबैमा अन्धकार मात्र छ।

10. हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँडछौ। हामी ठोकिन्दै लडछौं मानौ यो रात हो हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लडछौं।

11. हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकालछौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन्। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।

12. किन? किनभने हामीले धेरै पल्ट गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं।

13. हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौ। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौ त्यस्तो योजना बनायौं।

14. न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।

15. सत्य हराएर गयो। अनि मानिसहरू जसले राम्रो काम गर्न प्रयास गरे तिनीहरू लुटिए। परमप्रभुले हेर्नु भयो अनि उहाँले धार्मिकता कतै पाउन सक्नु भएन्। परमप्रभुले ती सबै मन पराउनु भएन।

16. परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो अनि मानिसहरूलाई उद्धार गर्नु भयो।

17. परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो।

18. परमप्रभु आफ्ना शत्रुहरूमाथि क्रोधित हुनुहुन्छ। यसैले परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुनेछ जसको हकदार तिनीहरू छन्। परमप्रभु आफ्ना शत्रुहरूसँग क्रोधित हुनुहुन्छ। यसकारण टाढा-टाढामा भएका सबै मानिसहरूलाई उहाँले दण्ड दिनुहुनेछ।

19. तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन् अनि उहाँलाई सम्मान गर्छन्। पूर्वका मानिसहरू डराउनेछन् अनि उहाँको महिमाको आदर गर्नेछन्। तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं गरी परमप्रभु झट्टै आउनु हुनेछ।

20. तब सियोनमा मुक्तिदाता आउनेछ। उहाँ याकूबको सन्तानहरूकहाँ आउनु हुनेछ जसले पापगरे तर परमप्रभु कहाँ फर्केर आए।

21. परमप्रभु भन्नुहुन्छ, “म ती मानिसहरूसँग करार गर्नेछु। म वचन दिँदछु कि मेरो आत्मा र वचनहरू जुन म तिमीहरूको मुखमा राख्नेछु त्यसले तिमीहरूलाई कहिल्यै त्याग्ने छैन। तिनीहरू तिमीहरूका छोरा छोरी र नाती पनाती सम्म रहनेछन्। तिनीहरू अहिले तिमीहरूसँग हुनेछन् र सर्वदा रहनेछन्।”

About यशैया Chapter 59

Read यशैया Chapter 59 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 59
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 59 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 59?

यशैया Chapter 59 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 59 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. हाग्गै Chapter 2
  4. हाग्गै Chapter 1
  5. सपन्याह Chapter 2
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from यशैया

  1. यशैया Chapter 5
  2. यशैया Chapter 44
  3. यशैया Chapter 19
  4. यशैया Chapter 66
  5. यशैया Chapter 7
  6. यशैया Chapter 23
  7. यशैया Chapter 24

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 19
  2. इजकिएल Chapter 5
  3. भजनसंग्रह Chapter 143
  4. मत्ती Chapter 23
  5. 1 इतिहास Chapter 10
  6. मलाकी Chapter 1
  7. गन्ती Chapter 7
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *