Read यर्मिया Chapter 9 Online
Read यर्मिया Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 9
अध्याय 9
1. यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
2. यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।
3. “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।
4. “आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
5. हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।
6. एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्यायो। अनि झूटोले झूटै पछ्यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
7. सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।
8. यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
9. मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?”
10. म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।
11. “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
12. के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
13. परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिड्दैनन्।
14. यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
15. यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।
16. म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”
17. यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
18. ‘तिनीहरूले हतार गरून र हाम्रा निम्ति रोइदिउन। तब हाम्रा आँखाहरू आँसूले भरिनेछन्, अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
19. “विलापको स्वरहरू सियोन्बाट सुनियो ‘हामी साँचि नै ध्वंस्त भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो।”‘
20. अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ
21. ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’
22. यी कुराहरूको घोषणा गर ‘परमप्रभु भन्नुहुन्छ, मतृ शरीरहरू भूँईमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।”‘
23. परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
24. तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
25. यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।
26. म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
About यर्मिया Chapter 9
Read यर्मिया Chapter 9 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 9
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 9 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 9?
यर्मिया Chapter 9 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 9 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from यर्मिया
- यर्मिया Chapter 50
- यर्मिया Chapter 5
- यर्मिया Chapter 32
- यर्मिया Chapter 23
- यर्मिया Chapter 6
- यर्मिया Chapter 28
- यर्मिया Chapter 29