यर्मिया Chapter 11

For English

Read यर्मिया Chapter 11 Online

Read यर्मिया Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.

Choose a Chapter

यर्मिया 11

अध्याय 11

1. यर्मियाकहाँ आएको सन्देश यही हो। यो सन्देश परमप्रभुबाट आयो

2. “यर्मिया, यस करारको वचनहरू सुन। यहूदाका मानिसहरूलाई यी कुराहरू बताऊ। यी कुराहरू यरूशलेमा बस्ने मानिसहरूलाई भन।

3. यही त परमप्रभु इस्राएलका परमेश्वर, भन्नुहुन्छ ‘जसले यो करारलाई पालन गर्दैन् त्यो मानिसमाथि नराम्रो कुरो परी आउनेछ।’

4. म त्यो करार विषयमा कुरा गरिरहेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ। त्यो करार मैले त्यसबेला गरेको थिएँ जब मैले तिनीहरूलाई मिश्रबाट ल्याएँ। मिश्र धेरै संकटहरूको ठाउँ थियो। यो फलाम गलाउने भट्टी झैं थियो। मैले तिनीहरूलाई भने मेरा आज्ञा पालन गर अनि मैले आदेश दिएको कुराहरू गर। यदि तिमीहरूले त्यसो गर्यौ भनें, तिमीहरू मेरो मानिसहरू हुनेछौ र म तिमीहरूको परमेश्वर हुनेछु।

5. “तब मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मह र दूध बगिरहने मलिलो जमीन दिन्छु भनी गरेको प्रतिज्ञा सधैं बचाई राख्नेछु अनि आज तिमीहरू त्यही जमीनमा छौ।” मैले उत्तर दिएँ, “आमेन, हे परमप्रभु।”

6. परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, यस सन्देश यहूदाका शहरहरू र यरूशलेमको गल्ली-गल्लीहरूमा प्रचार गर। सन्देश यो हो यस करारका कुरा सुन र पालन गर।

7. मैले मिश्रको भूमिबाट बाहिर ल्याएकै बेला तिमीहरूका पिता-पुर्खाहरूलाई चेताउनी दिएको थिएँ। त्यही दिन देखि नै मैले तिनीहरूलाई घरिघरि चेताउनी दिएँ। मैले तिनीहरूलाई मेरो आज्ञा पालन गर भन्दै चेताउनी दिदैं आएको हो।

8. तर तिनीहरू हठी थिएँ मेरो कुराहरूलाई कुनै महत्व नै दिएनन्। अनि तिनीहरूको दुष्ट मनले जे चितायो त्यही गरे। मैले तिनीहरूलाई करार-पत्रमा रहेका आज्ञाहरू पुरा गर्न आदेश दिएँ तर तिनीहरू मानेनन्, यसकारण त्यस करार-पत्रमा भनिएको सबै सजायहरू तिनीहरूलाई दिएँ।”

9. फेरि परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, म जान्दछु यहूदाका र यरूशलेममा बस्ने मानिसहरूले एक गुप्त योजना बनाएका छन्।

10. ती मानिसहरूले जुन तिनीहरूका पिता-पुर्खाहरूले गरेका थिए त्यही पापहरू नै दोहोर्याइरहेका छन्। तिमीहरूका पिता-पुर्खाहरूले मेरो आदेश अनुसार हिडन अस्वीकार गरे। तिनीहरूले अरू देवताहरू पूजे अनि तिनीहरूलाई सेवा गरे। इस्राएल अनि यहूदाका सन्ताहरूले करार भङ्ग गरे जुन मैले तिनीहरूका पिता-पुर्खाहरूसँग गरेको थिएँ।”

11. यसकारण, परमप्रभु भन्नुहुन्छ “म यहूदाका मानिसहरूमाथि आपद ल्याइरहेको छु। तिनीहरू उम्कन पाउने छैनन तिनीहरूले मलाई मद्दतको लागि गुहार्ने छन्, तर म तिनीहरूको पुकारमा ध्यान दिँदिन।

12. यहूदाका मानिसहरू साथै यरूशलेमका मानिसहरू गई तिनीहरूका देवताहरूलाई गुहार्नेछन् जसलाई तिनीहरू धूप चढाउँछन्। तर ती देवताहरूले आवश्यक परेको बेलामा तिनीहरूलाई मद्दत पुर्याउन सक्षम हुने छैनन्।

13. “हे यहूदाका मानिसहरू! तिमीहरूसंग जति शहरहरू छन त्यति नै मूर्तिहरू छन्। लज्जापूर्ण बाल देवताको पूजा गर्न यरूशलेम शहरमा जति गल्लीहरू छन् त्यति नै वेदीहरू छन्।

14. “यर्मिया, यहूदाका मानिसहरूका निम्ति प्रार्थना नगर। तिनीहरूका निम्ति वकालत नगर। तिनीहरूले संकटको समय जतिबेला सहायताका निम्ति प्रार्थना गर्छन म ध्यान दिँदिन।

15. “उसले धेरै डरलाग्दो कामहरू गरेको जान्दा जान्दै किन मैले मेरी प्रयसीलाई मेरा घरमा आदर गर्नु? यहूदा, के प्रतिज्ञाहरू र पशु बलिहरूले मात्र तिमीहरूलाई विनाशबाट बचाउनु सक्छ भन्ने तिमी सोच्छौ?”

16. परमप्रभुले तिमीलाई नाउँ दिनुभयो। ‘उहाँले तिमीलाई राम्रो फल लागेको सुन्दर जैतूनको वृक्ष भनी बोलाउनु भयो।’ तर शक्तिशाली आँधी गजर्नसितै परमप्रभुले त्यस वृक्षलाई आगोमा जलाउनु हुनेछ अनि त्यसका हाँगाहरू जल्नेछ।

17. सेनाहरूका परमप्रभुले तिमीलाई रोप्नु भयो अनि उहाँले भन्नुभयो कि ध्वंस आउनेछ किनभने इस्राएल र यहूदाका मानिसहरूले बाललाई सुगन्धित धूपहरू चढाएर अनिष्ट कामहरू गरे जुन कामले मलाई क्रोधित गरायो।”

18. परमप्रभुले मलाई देखाउनु भयो अनि मैले चाल पाएँ। उहाँले तिनीहरूका खराब कामहरू मलाई देखाउनु भयो।

19. मार्नलाई ल्याइएको एउटा निर्दोष थुमाझैं म थिएँ। तिनीहरू मेरो विरूद्ध छन् भनी म जान्दिनथें। तिनीहरूले मेरो बारेमा यी कुराहरू भने “यो रूख यसका फलहरूसितै नष्ट पारिदिऊँ। यसलाई मारिदिउँ ताकि मानिसहरूले यसलाई भुल्नेछन्।”

20. तर हे परमप्रभु! तपाईं एक निष्पक्ष न्यायकर्त्ता हुनुहुन्छ। तपाईं मानिसहरूका हृदय र इच्छाहरू जाँच गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई दिने सजाय मलाई जान्न दिनुहोस् कारण मैले मेरो मामला तपाईंलाई सुम्पेको छु।

21. यसकारण अनातोतका मानिसहरूको विषयमा जसले यर्मियालाई मार्ने षड्‌यन्त्र रचिरहेका थिए। ती मानिसहरूले यर्मियालाई भने, “परमप्रभुको नाउँमा अगमवाणी नगर नत्र हामी तिमीलाई मार्नेछौ।” तिनीहरूका विषयमा परमप्रभु यसो भन्नुहुन्छ।

22. सेनाहरूका परमप्रभुले भन्नुभयो, “म तिनीहरूलाई दण्ड दिनेछु। जवान मानिसहरू युद्धमा मर्नेछन्। तिनीहरूका छोरा-छोरीहरू भोकै मर्नेछन्।

23. अनातोतबाट आएका मानिसहरू कसैलाई पनि छाडिनेछैन। कोही पनि बाँच्नेछैन। किनभने जब म तिनीहरूलाई दण्ड भोगाउँछु म तिनीहरूमाथि विपद खनाइदिनेछु।”

About यर्मिया Chapter 11

Read यर्मिया Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यर्मिया
Chapter: 11
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यर्मिया Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यर्मिया Chapter 11?

यर्मिया Chapter 11 is part of the Book of यर्मिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यर्मिया Chapter 11 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. सपन्याह Chapter 2
  4. सपन्याह Chapter 1
  5. आमोस Chapter 3
  6. हाग्गै Chapter 2
  7. हाग्गै Chapter 1

Explore More from यर्मिया

  1. यर्मिया Chapter 19
  2. यर्मिया Chapter 14
  3. यर्मिया Chapter 27
  4. यर्मिया Chapter 38
  5. यर्मिया Chapter 10
  6. यर्मिया Chapter 34
  7. यर्मिया Chapter 39

Related Chapters & Readings

  1. रोमीहरू Chapter 13
  2. लूका Chapter 6
  3. गन्ती Chapter 34
  4. हिब्रू Chapter 7
  5. तीतस Chapter 2
  6. भजनसंग्रह Chapter 87
  7. मत्ती Chapter 20
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *