Read यर्मिया Chapter 30 Online
Read यर्मिया Chapter 30 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 30
अध्याय 30
1. परमेश्वरबाट यो वचन यर्मियाकहाँ आएको हो।
2. परमप्रभु इस्राएलका परमेश्वरले भन्नुभयो “यर्मिया, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा लेख।
3. यसो गर किनभने समय आउनेछ जब म यहूदा र इस्राएलका मेरा मानिसहरूलाई कैदबाट छुटाउनेछु अनि तिनीहरूलाई त्यस देशमा ल्याउनेछु जुन मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको थिएँ। तब मेरो मानिसहरू यो देशमा मालिक बनिनेछन्।”
4. परमेश्वरले यो सन्देश इस्राएल अनि यहूदाका मानिसहरूका बारेमा भन्नु भएको हो।
5. उहाँले भन्नुभयो “मानिसहरू डरले रोएका हामीले सुनिरहेका छौ। मानिसहरू तर्सेका छन्। त्यहाँ शान्ति छैन।
6. यो प्रश्न सोध, र यसलाई हेर के एकजना पुरूषले नानी जन्माउनु सक्छ? निश्चय सक्तैन। तब म किन प्रत्येक म बसिरहेको लोग्ने मानिसलाई भूँडीमाथि हात राखी निहुरिएर प्रसव पीडामा परेकी स्त्रीलाई झैं देख्छु। किन हरेक मानिसको अनुहार पहेलो भएको छ?
7. हाय! त्यो आउने समय कति डरलाग्दो हुनेछ! कुनै समय पनि त्यस्तो डरलाग्दो हुने छैन। याकूबको निम्ति यो अनि दुखको दिन हुनेछ, तर याकूबलाई बचाइनेछ।
8. “त्यस बेला,” सेनाहरूका परमप्रभुबाट आएको यो सन्देश हो “म तिमीहरूको काँधबाट जुवाहरू निकालिदिन्छु अनि भाँचिदिनेछु। तिमीहरूलाई बाँधेको बन्धन फुकाइदिनेछु। विदेशीहरूले अब कहिल्यै तिनीहरूलाई दास बनाउनेछैन।
9. तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई अनि तिनीहरूका राजा दाऊदलाई सेवा गर्नेछन्। म त्यो तिनीहरूको राजा पठाइदिनेछु।
10. “यसकारण हे याकूब मेरो दास! नडराऊ।” यो परमप्रभुबाट आएको सन्देश हो। “हे इस्राएल! नडराऊ! म तिमीलाई ती सुदूरका देशहरूबाट जोगाएर ल्याउँछु अनि तिमीहरूका सन्तानहरूलाई कैदी बनाउने देशहरूबाट जोगाउनेछु। याकूब फर्कनेछ अनि फेरि शान्ति पाउनेछ र मेरा मानिसहरूलाई भय देखाउनु शत्रु रहेनछैन।
11. हे इस्राएल र यहूदका मानिसहरू, म तिमीहरूसँग छु।” यो परमेश्वरबाट आएको सन्देश हो। “म तिमीहरूको रक्षा गर्नेछु। मैले तिमीहरूलाई जुन देशहरूमा तितर-बितर पारें ती सब नष्ट पार्नेछु तर तिमीहरूलाई नष्ट पार्दिन। यद्यपि तिमीहरूले तिमीहरूको अनिष्ट कर्मको लागि सजाय भोग्ने पर्नेछ तर म तिमीहरूलाई ठीकसित अनुशासित पार्ने छु।”
12. परमेश्वर भन्नुहुन्छ “तिमीहरूको घाउ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ।
13. तिमीहरूका निम्ति बोलिदिने कोही छैन। तिमीहरूको घाउ निको पार्न कुनै औषधी पाँउदैनौ।
14. तिमीहरूका प्रेमीहरूलेतिमीहरूलाई भूलेका छन् अनि अहिले तिमीहरूको चिन्ता गर्दैनन्। म तिमीहरूलाई शत्रु सरह घात पुर्याउनेछु। तिमीहरूका धेरै दुष्टकर्महरू र अनगन्ती पापहरूको कारणले म तिमीहरूलाई कडा दण्ड दिनेछु।
15. इस्राएल र यहूदा तिमीहरूका कष्टदायक घाउका निम्ति किन रोइरहेका छौ? त्यसको कुनै उपचार नै छैन। मैले तिमीहरूको धेरै दुष्ट कार्यहरू र अनगन्ती पापहरूको कारणले तिमीहरूलाई यस्तो पारेको छु।
16. यसकारण ती सबै ज-जसले तिमीहरूलाई नष्ट पार्छन तिनीहरूलाई पनि नष्ट परिनेछ। तिम्रा शत्रुहरू सबैलाई कैद गराइन्छ। ती जाति-जातिहरू ज-जसले तिमीहरूलाई नष्ट बनाएका छन। तिनीहरू आफै नष्ट हुनेछन। ती सबै ज-जसले तिमीहरूलाई लुटेका छन् अरूले तिनीहरूलाई लुटनेछन्।
17. अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु। अनि म तिमीहरूका घाउ निको पार्ने छु।” यो परमप्रभुको सन्देश हो, “किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्।”
18. परमप्रभु भन्नुहुन्छ “हेर, याकूबका मानिसहरूको भाग्य पुर्नहाल गर्न म जाँदैछु। डेराहरूप्रति दयाममा दया नगर मेरो याकूबको पालहरूमाथि दया रहने छ। ध्वंश भएको ठाउँमा शहर फेरि बनिनेछ अनि राजाको महल ठीक ठाउँमा नै बनिनेछ।
19. तिनीहरूबाट धन्यवादको स्तुतिगान र आनन्दको स्वर गुञ्जिनेछ। म तिमीहरूलाई धेरै छोरा-छोरीहरूका निम्ति आशीर्वाद दिनेछु। तिमीहरू कम्ती हुनेछैनन्। म तिनीहरूमा गौरव ल्याउनेछु र तिनीहरूलाई कैसेले तिरस्कार गर्नु पाउने छैनन्।
20. तिनीहरूका बाल-बच्चाहरूले उहिलेका जस्तो समय पाउनेछन्। तिनीहरूको समुदाय मेरो अघि स्थापित हुनेछ। जसले तिनीहरूमाथि अत्याचार गर्छ म तिमीहरूलाई दण्ड भोगाउनेछु।
21. तिनीहरू मध्येकै एक मानिस तिनीहरूका शासक हुनेछ। त्यो मानिस उसका मानिसहरूबाट हुनेछ। म उसलाई मेरो नजिक ल्याउनेछु र उ मेरो नजिक आउनेछ। यदि मैले उसलाई नबोलाए कसले मेरो अघि आउने सहास गर्छ, परमप्रभु भन्नुहुन्छ।
22. तिमीहरू मेरो प्रजा हुनेछौ। अनि म तिमीहरूका परमेश्वर हुनेछु।”
23. “हेर! परमप्रभुको आँधी! उहाँको क्रोध बाहिर जान्छ! यो र्गजिरहेको आँधी हो! त्यो दुष्ट मानिसको शिरमा बज्रिनेछ।
24. परमप्रभुको क्रोध तबसम्म शेष हुदैन जबसम्म उहाँले गर्नु भएको योजना सम्पन्न गर्नु हुन्न। पछिका दिनहरूमा तिमीहरूले यो सब बुझ्नेछौ।”
About यर्मिया Chapter 30
Read यर्मिया Chapter 30 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 30
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 30 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 30?
यर्मिया Chapter 30 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 30 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- सपन्याह Chapter 2
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
Explore More from यर्मिया
- यर्मिया Chapter 25
- यर्मिया Chapter 31
- यर्मिया Chapter 2
- यर्मिया Chapter 39
- यर्मिया Chapter 20
- यर्मिया Chapter 9
- यर्मिया Chapter 45