Read यर्मिया Chapter 4 Online
Read यर्मिया Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 4
अध्याय 4
1. परमप्रभुले भन्नुभयो, “हे इस्राएलका मानिसहरू! यदि तिमीहरू मकहाँ फर्की आउनु चाहन्छौ भने आऊ। तिमीहरूका मूर्तिहरू मेरो सामनेबाट हटाइदेऊ। मदेखि नबरालिओ।
2. ‘यदि परमप्रभु जीवित हुनुहुन्छ,’ भनी शपथ खान्छौ र त्यसलाई सरलता, इमान्दारी अनि धार्मिकतासित पालन गर्छौ भने जाति-जातिहरू परमप्रभुको नाउँद्वारा जाति-जातिहरू आफै धन्य हुनेछन् अनि उहाँ तिनीहरूका परमेश्वर हुँ भनी गर्व गर्नु हुनेछ।”
3. परमप्रभुले यही कुराहरू यहूदा र यरूशलेमलाई भन्नुभयो“तिम्रा खेतहरू जोत! काँढाहरू माझ बीऊहरू नछर।
4. परमप्रभु अघि आफ्नै खतना गर अनि हृदयको अपवित्रता आफै हटाऊ। हे यहूदा र यरूशलेमका मानिसहरू हो! तिमीहरू परिर्वतित भएनौ भने मेरो क्रोध अग्नि झैं फैलिनेछ। कसैले पनि त्यो आगो नियन्त्रण गर्न सक्ने छैन। यो तिमीहरूको दुष्टकार्यको कारण यस्तो हुनेछ।”
5. “यहूदाका मानिसहरूलाई यो सन्देश देऊ यरूशलेम शहरका प्रत्येक मानिसलाई भन, ‘राज्यका चारैतिर तुरही फुक।’ चिच्याउँदै कराउँदै भन, ‘सँगै आऊ। ‘सुरक्षाको लागि हामी सबै बलियो शहरहरू तिर भाग्यौं।’
6. सियोन तिर संकेतको झण्डा उठाऊ। नपर्ख, आफ्नो जीवनको लागि भाग! यसै गर किनभने म उत्तरतिरबाट महा विपत्ति र ठूलो सत्यनाश ल्याउनेछु।”
7. एउटा “सिंह” आफ्नो ओडारबाट बाहिर आएको छ। जाति-जातिहरूलाई नष्ट गर्ने आएको छ। तिम्रा भूमि सर्वनाश पार्नु त्यो आफ्नो ठाँउबाट बाहिर आएको छ। तिम्रा शहरहरू नष्ट पार्नेछ अनि त्यहाँ कोही पनि बास गर्ने छैन।
8. यसकारण भाङ्रा लगाऊ, शोक गर अनि विरक्तकर स्वरमा चिच्याऊ। किनभने परमप्रभु अझैं हामीसित रीसाउनु भएको छ।”
9. परमप्रभु भन्नुहुन्छ, “जब यस्ता घट्ना घट्छ, राजा अनि उसका अधिकारीहरूको हृदय दुर्बल हुनेछ, पूजाहारीहरू भयभीत हुन्छन् अनि अगमवक्तहरू अचम्मित हुनेछन्।”
10. तब मैले भने, “हे परमप्रभु मेरो मालिक! तपाईंले साँच्चै यहूदा र यरूशलेमका मानिसहरूलाई धोका दिनुभयो। तपाईंले भन्नुभएको थियो, ‘तिमीहरूले शान्ति पाउनेछौ।’ तर तिनीहरूकै घाँटीहरूमा तरवारले हानियो!”
11. त्यस समयमा यहूदा र यरूशलेमका मानिसहरूलाई सम्झाइनेछ, “मेरो मानिसहरू विरूद्ध नाङ्गो डाँडाहरूबाट तातो हावा बहने छ तर तिनीहरूलाई निफन्न अथवा सफा पार्नु होइन।
12. यो हावा त्यो भन्दा पनि बलियो हुनेछ हो अनि यो मबाट आउँछ। अब, यहूदाका मानिसहरूका विरूद्ध म मेरो न्याय घोषणा गर्नेछु।”
13. हेर! शत्रु बादल झैं आउँदैछ। उसको रथ हुरी झैं चल्छ, घोडाहरू चीलहरू भन्दा छिटा छन्। हामीलाई छिक्कार छ, हामी नष्ट भयौं।
14. हे यरूशलेमका मानिसहरू! आफ्नो हृदयबाट पापहरू धोई पखाल ताकि तिमीहरू बाच्नेछौ कहिल्ये सम्म आफ्नो दुष्ट्रयाँइसित अड्किरहनेछौ।
15. दानका सन्देशवाहकको आवाज सुन। एप्रैमबाट उसले नराम्रो खबर घोषणा गर्छ।
16. “जाति-जातिहरूलाई खबर गर। यरूशलेमभरि मानिसहरूमा यो खबर फैलाऊ। टाढोबाट घेरा हाल्ने सैन्य आइरहेको छ। यी शत्रुहरूले यहूदा शहरहरू विरूद्ध लडाइँ घोषित गरिरहेका छन्।
17. तिमीहरूले मेरो विरूद्धमा विद्रोह गरेकाले खेतालाहरूले खेत सुरक्षित पारे झैं शत्रुहरूले यरूशलेमलाई घेरेकाछन्!” यो सन्देश परमेश्वरबाट आएको हो।
18. “तिमीहरूले जुन प्रकारले काम गर्यौ अनि जुन तरिकाले बसो-बास गर्यौ त्यसले यो विपद निम्त्यायो। यो तिम्रो लागि सजाय हो। यो तीक्त छ र तिम्रो मुटु छुन्छ।”
19. हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीले सुनेको छु अनि तुरहीले अनि सैन्यलाई युद्ध तर्फ बोलाइरहेछ।
20. ध्वंसपछि ध्वंस नै आउँछ। सम्पूर्ण भूमि ध्वंस भयो। हटात मेरा पालहरू पनि ध्वंस भए। मेरा पर्दाहरू च्यातिए अनि झारिए।
21. परमप्रभु, कहिले सम्म मैले युद्धको झण्डाहरू हेर्नु नै पर्छ? कहिले सम्म मैले युद्धको तुरहीहरू सुन्नै पर्छ?
22. परमेश्वरले भन्नुभयो, “मेरा मानिसहरू मूर्ख छन्। तिनीहरूले मलाई चिन्दैनन्। तिनीहरू अज्ञानी नानीहरू हुन्। तिनीहरू बुझ्दैनन्। तिनीहरू दुष्टाईं गर्नमा सिपालु छन्, तर तिनीहरू असल काम कसरी गर्नु जान्दैनन्।”
23. मैले पृथ्वीमा हेर। यो खाली थियो। यसमा केही पनि थिएन्। मैले आकाशमा हेरें अनि यसको प्रकाश धीमा भइसकेको थियो।
24. मैले पर्वतहरूलाई हेर अनि तिनीहरू कामिरहेका थिए। सारा पहाडहरू हल्लिरहेका थिए।
25. मैले हेर, तर त्यहाँ कोही पनि थिएन। अकाशका सारा चरा-चुरूङ्गीहरू उडिसकेका थिए।
26. मैले हेर, अनि मलिलो भूमि मरूभूमि भयो। त्यस भूमिमा भएका सबै शहरहरू नाश भए। यो परमप्रभुले नै गर्नुभयो। परमप्रभु र उहाँको क्रोधको यो प्रतिफल हो।
27. परमप्रभुले यी कुराहरू भन्नुभयो “सारा देश नै नष्ट हुनेछ। तर म पूर्ण रूपले यो भूमिलाई ध्वंस गर्ने छैन।
28. त्यसै कारण त्यो भूमि रूनेछ अनि माथि आकाश कालो हुनेछ। म बोलें अनि परिवर्तन हुने छैन्। मैले निर्णय लिएँ अनि मेरो मन बद्लिने छैन्।”
29. प्रत्येक शहरले घोडसवारी र धनुर्धारीहरूको आवाज सुन्नेछ अनि भाग्नेछ! केही मानिसहरू पोथ्राहरूमा लुक्नेछन्, कतिपय मानिसहरू चट्टानहरूमाथि चढ्नेछन्। प्रत्येक शहर शून्य हुनेछ। त्यहाँ कोही पनि बस्ने छैन।
30. यहूदा तिमी ध्वंश भएकाछौ, यसकारण अहिले तिमी के गरिरहेका छौ? तिमी किन तिम्रो सब भन्दा राम्रो रातो वस्त्र लगाईरहेका छौ? किन तिमी तिम्रो सुनका गरगहनाहरू लगाई रहेछौ? तिमी किन आफैलाई सुन्दर पारिरहेकाछौ? खाली यो समयको बर्बादी हो। तिम्रा प्रेमीहरूले तिमीलाई घृणा गर्छन। तिनीहरू तिम्रो ज्यान लिनु खोज्दैछन्।
31. एउटी स्त्रीलाई प्रसुती पीडाको समयको जस्तै आवाज मैले सुनेको छु। पहिलो पल्ट प्रसुती पीडामा परेकी स्त्रीको आवाज झैं थियो। त्यो सियोनकी छोरीले हावाको लागि कष्टश्वास फेर्दै र मुद्दतको लागि हात फैलाउँदै गरेको आवाज थियो। “हाय! म बेहोश हुनु लागेकि छु अनि हत्याराहरू मेरा वरिपरि छन्।”
About यर्मिया Chapter 4
Read यर्मिया Chapter 4 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 4
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 4 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 4?
यर्मिया Chapter 4 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 4 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
Explore More from यर्मिया
- यर्मिया Chapter 43
- यर्मिया Chapter 2
- यर्मिया Chapter 46
- यर्मिया Chapter 16
- यर्मिया Chapter 40
- यर्मिया Chapter 18
- यर्मिया Chapter 22