Read यर्मिया Chapter 41 Online
Read यर्मिया Chapter 41 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 41
अध्याय 41
1. सातौं महीनामा, एलीशाको नाति नतन्याहको छोरो इश्माएल, अहीकामको छोरो गदल्याहकहाँ उसको दशजना मानिसहरूसित आई पुग्यो। ती मानिसहरू मिस्पाको शहरमा आए। इश्माएल राज-परिवारको सदस्य थिए। उनी राजा यहूदाका हाकिमहरू मध्ये एकजना थिए। इश्माएल अनि उसका मानिसहरूले गदल्याहसँग भोजन गरे।
2. जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए।
3. इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे।
4. गदल्याहको हत्या भए पछि त्यही दिन। कसैले यस विषयमा चाल पाउन अघि नै आफै दाह्री काटेका अनि लुगाहरू च्यातेका अनि तिनीहरू आफै काटिएकाहरू अन्नबलिहरू, अनि धूपहरू लिएर परमप्रभुको मन्दिरमा पूजा गर्न 80 जना मानिसहरू मिस्पामा आए। तिनीहरू शेकेम, शीलो र सामरियाबाट आएका थिए। ती कुनै पनि मानिसहरूलाई गदल्याहको हत्या भएको तिनीहरूलाई थाहा थिएन।
6. इश्माएलले मिस्पा छाडे अनि ती 80 जना मानिसहरू भेट्न गए। तिनी ती 80 जना मानिसहरूसँग भेट्न जाँदा रोए। तिनले ती 80 जना मानिसहरूलाई भेटे अनि अहीकामका छोरो गदल्याहलाई भेट्न मसित जाऊँ भने।
7. तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए।
8. तर ती मध्ये दशजना मानिसहरूले इश्माएललाई भने, “हामीलाई नमार। हामीले कतिथोकहरू जमीनमा लुकाएका छौं। हामीसँग गहुँ, जौ तेल र मह छन्। हामी ती थोकहरू तिमीहरूलाई दिनेछौ।” यसकारण इश्माएल थामिए अनि तिनीहरूलाई मारेनन्।
9. नतन्याहको छोरो इश्माएलले ती मृत शरीरहरू इनारभित्र त्यो नभरिञ्जेलसम्म फ्याँके। त्यो ठूलो इनार राजा आसाले इस्राएलका राजा बाशाबाट आफू सुरक्षित रहन बनाएका थिए।
10. इश्माएलले मिस्पा शहरका सारा मानिसहरूलाई आफ्नो कब्जामा पारे अनि अम्मोनी मानिसहरूको देश पार गरे। ती मानिसहरूमा राजाको छोरीहरू अनि अन्य जे मानिसहरू त्यहाँ छाडिएका थिए। तिनीहरू थिए, बाबेलका राजाका विशेष रक्षकहरू कप्तानले, नबूजरदान गदल्याहलाई ती मानिसहरूको हेरचाह गर्न भनी नियुक्त गरेका थिए।
11. कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याइँको बारेमा सुने।
12. यसकारण तिनीहरूले तिनीहरूसित रहेका सारा सैन्य नतन्याहको छोरो इश्माएलसित लडन लगे। तिनीहरूले इश्माएललाई गिबोन शहरको ठूलो दहनेर नजिकै भेटे।
13. कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए।
14. यसर्थ ती मानिसहरू जसलाई इश्माएलले मिस्पाबाट कैदी बनाएर लगेका थिए कारेहको छोरो योहानानकहाँ गए।
15. तर इश्माएल र उनका आठजना मानिसहरू योहानानबाट बाँचे अनि अम्मोन मानिसहरूकहाँ भागे।
16. यसकारण कारेहको छोरो योहानान अनि उसका सेनाका हाकिमहरूले कैदीहरूलाई मुक्त पारे जसलाई इश्माएलले गदल्याहको हत्या गरे पछि ती मानिसहरूलाई मिस्पाबाट कैदी बनाई लगेका थिए। तिनीहरूमा सिपाहीहरू, पत्नी मानिसहरू, नानीहरू अनि नपुंसकहरू थिए। योहानानले तिनीहरूलाई गिबोन शहरबाट ल्याए।
17. योहानान र अन्य सेनाका हाकिमहरू कल्दीहरूसँग डराएका थिए। बाबेलका राजाले यहूदाका राज्यपालका रूपमा अहीकामको छोरो गदल्याहलाई नियुक्त गरेका थिए। यसकारण तिनीहरूले मिश्र जान यात्रा शुरू गरे अनि बेतलेहेम छेउ गेरूथ-किम्हाममा शिबिर हाले।
About यर्मिया Chapter 41
Read यर्मिया Chapter 41 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 41
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 41 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 41?
यर्मिया Chapter 41 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 41 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
Explore More from यर्मिया
- यर्मिया Chapter 25
- यर्मिया Chapter 35
- यर्मिया Chapter 26
- यर्मिया Chapter 13
- यर्मिया Chapter 28
- यर्मिया Chapter 4
- यर्मिया Chapter 31