Read यर्मिया Chapter 15 Online
Read यर्मिया Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 15
अध्याय 15
1. परमप्रभुले मलाई भन्नुभयो “यर्मिया, यदि यहाँ मोशा र शमूएलले मलाई प्रार्थना गरेको भए पनि म ती मानिसहरूको लागि दुखी हुने थिइन। यहूदाका मानिसहरूलाई मदेखि टाढा पठाऊ। तिनीहरूलाई जाऊ भन।
2. ती मानिसहरूले तिमीलाई सोध्न सक्छन्, ‘हामी कहाँ जाने?’ तब तिनीहरूलाई भन यसकारण परमप्रभु भन्नुहुन्छ,‘ती मर्नु पर्नेहरू मरून, तरवारले मारिनु पर्नेहरू तरवारले नै मारिउन, अनिकालमा परिनु पर्नेहरू अनिकालमा नै परून अनि कैदी हुनु पर्नेहरूलाई कैद नै गरिनेछ।
3. म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।
4. यहूदाका राजा हिजकियाहका छोरो मनश्शेले यरूशलेममा जे गरेको छ। त्यसको लागि पृथ्वीका मानिसहरूका निम्ति यहूदाका मानिसहरूलाई म एक डरलाग्दो उदाहरण बनाई प्रस्तुत गर्नेछु।’
5. यरूशलेमको शहरमा कुनै मानिस पनि तिम्रो लागि दुखी हुने छैन। कुनै मानिस पनि तिम्रो निम्ति दुखी साथै रूने छैन कुनै मानिसले पनि तिमीलाई कस्तो छौ भनेर सम्म सोध्ने छैन्।
6. यरूशलेम, तिमीले मलाई त्याग्यौ।” यो सन्देश परमप्रभुबाट आएको छ। “तिमी जाऊ। यसकारण म तिमीलाई नष्ट पार्छु। तिमीलाई दया देखाउँदा देखाउँदा म थाकिसकें।
7. म तिनीहरूलाई अलकत्रा सोर्ने काँटाले यस ठाउँको शहरका फाटकहरूमा तितर-बितर पारिदिनेछु। मेरा मानिसहरू परिवर्तन भएनन यसर्थ म तिनीहरूलाई ध्वंस पार्नेछु। म तिनीहरूका नानीहरू लैजानेछु।
8. धेरै स्त्रीहरूले तिनीहरूका लोग्नेहरू हराउने छन्। त्यहाँ बेशी विधवाहरू हुनेछन् म समुद्रका बालुवाहरू भन्दा मध्यदिनको विनाश ल्याउने छु, त्यो विनाशकले यहूदाका जवान मानिसहरूका आमाहरूलाई आक्रमण गर्नेछ। म यहूदाका मानिसहरूमाथि पीडा र त्रास ल्याइदिने छु, म यस्तो घटना अतिशीघ्र नै घटाउनेछु।
9. शत्रुले तरवारहरू सहित आक्रमण गर्ने छ, अनि मानिसहरूलाई मार्ने छ। तिनीहरूले यहूदाका बाँकी रहेकाहरूलाई मार्नेछ। सातजना छोराहरूकी आमा थकित हुन्छे अनि मर्छे। उसका निम्ति मध्यदिनमा सूर्य अस्ताउँछ। उसलाई अपमानित र लज्जित पारिनेछ। बाँकी रहेका मानिसहरू शत्रुहरूको अघि युद्धमा मारिनेछन्,” परमप्रभु भन्नुहुन्छ।
10. हे मेरी आमा, मलाई तपाईंले जन्म दिनु भएको निम्ति म दुखी छु। यस देशमा म त्यो मानिस हुँ जो दोष र घृणाको पात्र बनिएको छ, मैले कतैबाट ऋण लिएको अथवा दिएको छैन। तर प्रत्येक मानिसले मलाई सराप्छन्।
11. परमप्रभुले भन्नुभयो, “मैले संकष्टको समयमा निश्चय, तिमीलाई बल दिएको छु। मैले तिम्रा निम्ति संकटको समयमा शत्रुहरूसित मध्यस्थ गरेकोछु।”
12. “यर्मिया! उत्तरबाट कसैले पनि फलाम भाँच्नु सक्तैन न त कसैले काँसा नै टुक्रा-टुक्रा पार्नु सक्छ।
13. तिम्रो देशमा तिमीले गरेको पापले गर्दा तिम्रो भण्डारको सम्पत्ति लूटको समान झैं गरी अरूलाई दिनेछु।
14. हे यहूदाका मानिसहरू! म तिमीहरूलाई तिमीहरूकै शत्रुहरूको दास बनाउनेछु। तिमीहरू त्यस्तो भूमिमा दासहरू हुनेछौ जुन तिमीहरू कहिल्यै जानेका छैनौ। मेरो क्रोध तातो आगो जस्तो छ र तिमीहरू त्यसमा जल्ने छौ।”
15. हे परमप्रभु! मलाई सम्झना गर्नुहोस् र मेरो हेरचाह गर्नुहोस्। मेरा निम्ति ती मानिसहरू विरूद्ध बद्ला लिनुहोस् ज-जसले मेरो खेदो गर्छन्। तिनीहरूसित धर्य धारण नगर्नु होस्। जब तपाईं उनीहरूसित धर्य धारण गरिरहनु भएको छ भने मलाई नलानु होस्। हे परमप्रभु याद गर्नु होस् मैले तपाईंका निम्ति कति लाज बोक्नु पर्यो?
16. तपाईंको सन्देश मकहाँ आयो। हे सेनाहरूका परमप्रभु तपाईंको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईंको नाउँमा मलाई बोलाइँदा म खुशी भएँ।
17. जब तिनीहरू हाँसीरहेका अनि ठट्टा गरिरहेका थिए म कहिल्यै भीडमा बसिन। म एक्लै बसें कारण तपाईंको दैविक हात ममाथि थियो अनि तपाईंले म भित्र क्रोध भरिदिनु भएको थियो।
18. किन मलाई कष्ट भइरहन्छ? मेरो घाउ गहिरो छ जुन निको हुनलाई गाह्रो मानिरहेको छ? मेरा निम्ति तपाईं सुकेको खोल्सा हुनुहुन्छ, एउटा खोल्सा जसमाथि भरोसा नै छैन।”
19. तब परमप्रभुले भन्नुभयो, “यर्मिया, यदि तिमी फर्कियौ भने म तिमीलाई लिनेछु र तिमीले मेरो सेवा गर्नेछौ। यदि तिमीले महत्वपूर्ण कुराहरू गर्यौ, अनि महत्वहीन शब्दहरू बोलेनौ भने तिमी मेरा प्रवक्ता हुन सक्छौ। यर्मिया! यहूदाका मानिसहरू बद्लिनु पर्छ अनि तिमीकहाँ आउँनु पर्छ तर तिमी तिनीहरूकहाँ जानु हुँदैन।
20. म तिमीलाई बलियो बनाउनेछु र ती मानिसहरूले तिमीहरूलाई काँसाको पर्खाल जस्तै बलियो सम्झनेछन्। यहूदाका मानिसहरू तिमीसित लडनेछन्। तर तिनीहरूले तिमीलाई परास्त गर्नु सक्तैनन कारण म तिमीसित रहनेछु, म तिमीलाई सहायता गर्नेछु र बचाउँनेछु” परमप्रभु भन्नुहुन्छ।
21. “म तिमीलाई दुष्ट मानिसहरूबाट जोगाउने छु। ती मानिसहरूले तिमीलाई डर देखाउँछन्। तर म तिमीलाई ती मानिसहरूबाट मुक्त पारेर ल्याउनेछु।”
About यर्मिया Chapter 15
Read यर्मिया Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 15
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 15 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 15?
यर्मिया Chapter 15 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 15 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from यर्मिया
- यर्मिया Chapter 29
- यर्मिया Chapter 19
- यर्मिया Chapter 3
- यर्मिया Chapter 30
- यर्मिया Chapter 36
- यर्मिया Chapter 40
- यर्मिया Chapter 44