Read यर्मिया Chapter 37 Online
Read यर्मिया Chapter 37 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 37
अध्याय 37
1. नबूकदनेस्सर बाबेलका राजा थिए। उनले यहोयाकीमको छोरो कोन्याहको सट्टामा सिदकियाहलाई यहूदाका राजा नियुक्त गरे। सिदकियाह योशियाहको छोरो थिए।
2. तर सिदकियाहले परमप्रभुको सन्देश प्रति ध्यानै दिएन जुन सन्देश परमप्रभुका अगमवक्ता यर्मियालाई प्रचार गर्न भनी दिनुभएको थियो। अनि सिदकियाहको कर्मचारीहरू र यहूदाका मानिसहरूले परमप्रभुको सन्देशलाई ध्यानै दिएनन्।
3. राजा सिदकियाहले शेलेप्याहको छोरो यहूकल नाउँका मानिस अनि मासेयाहको छोरो पूजाहारी सपन्याहलाई अगमवक्ता यर्मियाकहाँ यसो भनी पठाए। यो सन्देश तिनीहरूले यर्मियाकहाँ ल्याए “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिनु होस्।”
4. त्यसबेला, यर्मियालाई कैदमा राखिएको थिएन, यसकारण उनी जता चाहन्थे त्यतै जान सक्दथे।
5. फिरऊनको सेना मिश्रदेखि बाहिर आएको थियो। मिश्रका सेना तिनीहरूतिर अघि बढिरहेको सन्देश सुनेर बाबेलका सेनाहरू जो यरूशलेमलाई घेरा हाल्दै थिए त्यहाँबाट गए।
6. परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ सन्देश आयो
7. “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘यहूकल अनि सपन्याह! यहूदाका राजा सिदकियाहले तिमीलाई मकहाँ प्रश्नहरू सोध्न पठाएका छन्। राजा सिदकियाहलाई यसो भन मिश्रका सेना जो तिमीलाई सघाउन आइरहेका थिए, फर्की जानेछन्।
8. त्यसपछि, बाबेलका सेना फर्केर यता आउनेछन्। तिनीहरूले यरूशलेममा आक्रमण गर्नेछन्। त्यसपछि बाबेलबाट आएका सेनाले यरूशलेमलाई आफ्नो अधीनमा पारी जलाईदिनेछ।’
9. परमप्रभु भन्नुहुन्छ “‘बाबेलका सेना निश्चय हामीबाट फर्केर जानेछन भनी सोचेर तिमीहरू आफैलाई मूर्ख नबनाऊ। तिनीहरू जाने छैनन्।”
10. यदि तिमीहरूले सम्पूर्ण बाबेली सेनालाई जितेता पनि केही घाइते सेनाहरू तम्बूमा छाडिए भने ती घाइते सेनाहरू उठनेछन् र यरूशलेमलाई जलाई दिनेछन्।”‘
11. जब बाबेलका सेना मिश्रका फिरऊनका सेनासित लडाइँ गर्नलाई यरूशलेम पुगे
12. यर्मियाले यरूशलेमबाट बिन्यामीनको देश तर्फ यात्रा गर्न इच्छा गरे। उनी त्यहाँ आफ्नो सम्पक्तिको अंश लिनलाई गईरहेका थिए।
13. तर जब तिनी यरूशलेमको बिन्यामीन प्रवेशद्वारमा पुगे प्रहरीहरूका अध्यक्षले तिनलाई पक्रे। त्यो अध्यक्षको नाउँ यिरियाह हो। यिरियाह शेलेम्याहका छोरा थियो। शेलेम्याह हनन्याहको छोरो थियो। अध्यक्ष यिरियाहले यर्मियालाई पक्रे अनि भने, “यर्मिया! तिमी हामीलाई छोडेर कल्दीहरूको पक्षमा गइरहेका छौ।”
14. यर्मियाले यिरियाहलाई भने, “त्यो सत्य होइन। म कल्दीहरूकहाँ सम्मिलित हुन गएको होइन।” तर यिरियाले तिनको कुरा सुनेन अनि तिनलाई यरूशलेमको अधिकारीहरूकहाँ लगे।
15. ती शाही अधिकारीहरू यर्मियासंग अति क्रोधित थिए। तिनीहरूले यर्मियालाई कुट्ने आदेश दिए। त्यसपछि तिनीहरूले यर्मियालाई जोनाथनको घरमा कैद गरे। जोनाथान एकजना सचिव थिए। जोनाथनको घरलाई तिनीहरूले झ्यालखाना बनाएका थिए।
16. तिनीहरूले यर्मियालाई एक तहखानाको सानो कोठामा राखे। यर्मिया त्यहाँ धेरै समय सम्म बसे।
17. त्यसपछि राजाले यर्मियालाई उनको राजाको महलमा ल्याउन पठाए। सिदकियाहले गुप्त रूपमा यर्मियालाई सोधे, “के परमप्रभुबाट केही सन्देश छ?”यर्मियाले जवाफ दिए, “ज्यू छ। तपाईंलाई बाबेलका राजाकहाँ सुम्पिनेछन्।”
18. तब यर्मियाले राजा सिदकियाहलाई सोधे, “मैले के भूल गरेकोछु? तपाईं र तपाईंका अधिकारीहरू विरूद्ध अथवा यरूशलेमका मानिसहरूमाथि के अपराध गरें ताकि तपाईंले मलाई झ्यालखानमा राख्नु भयो?
19. तिम्रा अगमवक्ताहरू अहिले कहाँ छन्? ती अगमवक्ताहरूले अगमवाणी गरेका थिए कि ‘बाबेलका राजाले तपाईं अथवा यहूदाको देशमाथि आक्रमण गर्ने छैन।’
20. तर अहिले मेरो प्रभु, यहूदाका राजा, दया गरेर मेरो कुरा मान्नुहोस् अनि मलाई सचिव जोनाथनको घरमा नपठाउनु होस्, नत्र म त्यहाँ मर्नेछु।”
21. यसकारण राजा सिदकियाहले यर्मियालाई प्रहरीहरूको चोकमा राख्ने हुकूम दिए। तिनीहरूले उनलाई शहरमा जम्मै रोटी नसकूञ्जेलसम्म दिनहुँ एउटा-एउटा रोटी दिए। यसकारण यर्मिया प्रहारीहरूको चोकमा बसे।
About यर्मिया Chapter 37
Read यर्मिया Chapter 37 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 37
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 37 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 37?
यर्मिया Chapter 37 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 37 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 1
Explore More from यर्मिया
- यर्मिया Chapter 48
- यर्मिया Chapter 27
- यर्मिया Chapter 9
- यर्मिया Chapter 3
- यर्मिया Chapter 12
- यर्मिया Chapter 22
- यर्मिया Chapter 34