Read यर्मिया Chapter 28 Online
Read यर्मिया Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.
Choose a Chapter
यर्मिया 28
अध्याय 28
1. त्यही साल नै जब सिदकियाह यहूदाका राजा भएको चौथो वर्षको पाँचौ महीनामा अज्जूरको छोरो अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा सबै पूजाहारीहरू र अन्य मानिसहरूको उपस्थितिमा मसित भने। हनन्याह गिबोनका बासिन्दा थिए। हनन्याहले भने,
2. “सेनाहरूका परमप्रभु इस्राएलका मानिसहरूका परमेश्वरले भन्नुहुन्छ ‘बाबेलका राजाले यहूदाका मानिसहरूको काँधमा राखेको जुवा म भाच्नेछु।
3. दुइ वर्ष बित्दा नबित्दै म बाबेलका राजा नबूकदनेस्सरले परमप्रभुको मन्दिरबाट जति सरसामानहरू लगेका थिए ती सबै फर्काई ल्याउनेछु।
4. म यहोयकीमका छोरो यहूदाका राजा यहोयाकीनलाई यस ठाउँमा फर्काइ ल्याउने छु। म ती सारा यहूदाका मानिसहरूलाई फर्काई ल्याउनेछु जसलाई नबूकदनेस्सरले आफ्ना घरहरू छोड्न बाध्य गराएर बाबेलतिर पठाएका थिए।’ परमप्रभु भन्नुहुन्छ, ‘यसकारण म बाबेलका राजाको जुवा भाँचिदिनेछु।”‘
5. तब अगमवक्ता यर्मियाले पूजाहारीहरू र अन्य मानिसहरू जो परमप्रभुको मन्दिरमा उभिरहेका थिए तिनीहरूको सम्मुख अगमवक्ता हनन्याहलाई जवाफ दिए।
6. अगमवक्ता यर्मियाले हनन्याहलाई भने, “आमेन। म आशा गर्दछु परमप्रभुले साँच्चि नै त्यो गर्नु हुनेछ परमप्रभुले तिमीले बोलेका वचनहरू पूरा गर्नु हुनेछ। म आशा गर्दछु परमप्रभुले उहाँको मन्दिरबाट जम्मै सामानहरू र मानिसहरू पनि बाबेलबाट यस ठाउँमा फर्काई ल्याउनु हुनेछ।
7. “हनन्याह तर मैले भनेका कुराहरू सुन। मैले भनेका कुराहरू तिमीहरू सबै मानिसहरूले सुन।
8. हनन्याह त्यहाँ तिमी र म अगमवक्ता हुन भन्दा धेरै अघि नै अगमवक्ताहरू थिए। तिनीहरूले युद्ध, अनिकाल, भयानक रूढी धेरै देशहरू र महान राज्यहरूमा आउनेछ भनेर प्रचार गरेका थिए।
9. तर यदि एकजना अगमवक्ताले शान्तिको अगमवाणी दिन्छ र उसको अगमवाणी सत्य हुन्छ तब मानिसहरूले जान्ने छन् कि परमप्रभुले उसलाई नै पठाउनु भएको हो।”
10. यर्मियाले आफ्नो काँधमा जूवा भिरि रहेका थिए। तब अगमवक्ता हनन्याहले यर्मियाको काँधबाट जूवा निकाली दिए। हनन्याहले त्यो जुवा भाँचिदिए।
11. तब हनन्याह अरू जम्मै मानिसहरूको उपस्थितिमा जोरले कराए अनि भने, “त्यो यो हो जुन परमप्रभु भन्नुहुन्छ ‘त्यसरी नै नबूकदनेस्सर बाबेलका राजाको जूवा म सबै जातिहरूको काँधबाट दुइ वर्ष भित्रमा भाँचि दिन्छु।”‘ त्यस पछि अगमवक्ता यर्मियाले परमप्रभुको मन्दिर छोडे अनि बाहिर गए।
12. जब हनन्याहले अगमवक्ता यर्मियाको काँधबाट जुवा निकालेर भाँचिदिए परमप्रभुको वचन यर्मियालाई आयो।
13. परमप्रभुले यर्मियालाई भन्नुभयो, “जाऊ अनि परमप्रभुले जे भन्नुहुनछ हनन्याहलाई भन ‘तिमीले काठको जुवाहरू भाँचिदियौ। तर म काठको सट्टामा फलामको जुवाहरू बनाउनेछु।’
14. सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘म सारा जातिहरूका काँघमा फलामको जूवा लगाइदिनेछु ताकि तिनीहरूले बाबेलका राजा नबूकदनेस्सरको सेवा गरून। तिनीहरू राजा नबूकदनेस्सरका दास-दासीहरू हुनेछन्। म उसलाई जङ्गली जानवर माथि पनि राज गर्ने क्षमता प्रदान गर्नेछु।”‘
15. तब अगमवक्ता यर्मियाले अगमवक्ता हनन्याहलाई भने, “सुन हनन्याह। परमेश्वरले तिमीलाई पठाएको होइन। तर तिमीले यहूदाका मानिसहरूलाई झूटो कुरामा विश्वास गर्नलगायौ।
16. यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘चाँडै म तिमीलाई यस पृथ्वीबाट हटाई दिनेछु, हनन्याह। तिमी यही वर्ष मर्नेछौ। किनभने तिमीले मानिसहरूलाई परमेश्वरको विरूद्ध भडकायौ।”‘
17. अगमवक्ता हनन्याह त्यही वर्षको सातौं महीनामा मरे।
About यर्मिया Chapter 28
Read यर्मिया Chapter 28 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: यर्मिया
Chapter: 28
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading यर्मिया Chapter 28 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is यर्मिया Chapter 28?
यर्मिया Chapter 28 is part of the Book of यर्मिया in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete यर्मिया Chapter 28 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from यर्मिया
- यर्मिया Chapter 41
- यर्मिया Chapter 24
- यर्मिया Chapter 7
- यर्मिया Chapter 45
- यर्मिया Chapter 47
- यर्मिया Chapter 21
- यर्मिया Chapter 43