यर्मिया Chapter 20

For English

Read यर्मिया Chapter 20 Online

Read यर्मिया Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यर्मिया and the Holy Bible online.

Choose a Chapter

A+ A A-

यर्मिया 20

अध्याय 20

1. पशहूर नाउँ भएको एकजना पूजाहारी थिए। उनी परमेश्वरको मन्दिरको मुख्य अधिकारी थिए। पशहूर इम्मेरको छोरो थिए। पशहूरले यर्मियाले ती कुराहरू प्रचार गरेका सुने।

2. यसकारण उसले यर्मिया अगमवक्तलाई कुटे अनि ठिँगुरामा हाले। यो बिन्यामीनको ढोकाको माथिल्लो प्रवेशद्वारमा भएको थियो।

3. अर्को दिन पशहूरले यर्मियालाई ठिँगुरोबाट मुक्त गरिदिए। तब यर्मियाले पशहूरलाई भने, “परमेश्वरले तिमीलाई दिएको नाउँ पशहूर होइन। अहिले तिमीलाई परमप्रभुले दिनुभएको नाउँ हो, डरले घेरिएको।

4. यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।

5. शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।

6. तिमी र तिम्रो घरमा बस्ने मानिसहरू सबैलाई टाढा लगिने छ। तिमीहरूलाई बाबेल राज्यमा जान वाध्य गराइनेछ। अनि तिमीहरू विदेशी राज्यमा मर्नेछौ अनि त्यहाँ तिमीहरू दफ्नाइनेछौ। तिमीले तिम्रा साथीहरूलाई मिथ्या कुराहरू प्रचार गरेकाछौ। तर तिम्रा सारा मित्रहरू पनि मर्नेछन् र बाबेलमा दफन गरिनेछन्।”‘

7. हे परमप्रभु! तपाईंले मलाई धोका दिनुभयो, अनि म धोकामा परे। तपाईं बलियो हुनुहुन्छ, यसर्थ तपाईंले मलाई जित्नु भयो। मानिसहरू मसित हाँदछन् अनि दिनभरि मलाई हाँसोको पात्र बनाँउछन्।

8. जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उढाउछन्।

9. कहिले काँही म स्वयंलाई भन्छु, “म परमप्रभु विषयमा सबै भुल्नेछु अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।” तर जब म त्यसो भन्छु, परमप्रभुको वचनहरू मेरो हड्डीभित्र आगो जलिरहे झैं म भित्र बल्छ। यसले मलाई थकाउछ अनि म सहन सक्तिन।

10. म मेरो विषयमा मानिसहरू जही-तही कानेखुशी गरेको सुन्छु, तिनीहरू भन्छन्, “चारैतिर आतंक छ! यो घोषणा गरौं।” मेरा साथीहरू पनि मलाई भ्रममा पार्न पर्खिरहेका छन्। यी मानिसहरू भन्छन् सायद उसलाई छक्काउनु अनि हामी जित्न सक्छौ। तब ऊ माथि हामी बद्ला लिनेछौं।”

11. तर परमप्रभु मसँग बलियो सिपाही जस्तो हुनुहुन्छ। यसकारण मानिसहरू जो मेरो पछि लागेकाछन् तिनीहरू लट्पटिनेछन् अनि मलाई जित्नु सक्ने छैनन्। तिनीहरू हारको सम्मुख हुनु पर्नेछ, लज्जित हुनेछन् र यो कहिल्यै भुलिनेछैन।

12. हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।

13. परमप्रभुको स्तुति गाऊ। परमप्रभुको प्रशंसा गर। किनभने परमप्रभुले गरीब मानिसहरूलाई दुष्ट मानिसहरूबाट बचाउँनु हुन्छ।

14. म जन्मेको दिन श्रापित होस्। त्यो दिनलाई धन्य नमान जुन दिन म आमासँग थिएँ।

15. त्यो मानिस श्रापित होस् जसले मेरा बाबुलाई म जन्मेको खबर सुनायो उसले भन्यो, “तिमीले एउटा छोरो पायौ।” उसले मेरो बाबुलाई अत्यन्त खुशी बनायो जब उसले मेरो बाबुलाई त्यो खबर सुनायो।

16. त्यो मानिस परमेश्वरले ध्वंस गर्नु भएको शहरहरू जस्तै होस्। ती शहरहरूमाथि परमप्रभुको दया छैन। त्यस मानिसले बिहान कष्टको आवाज सुनोस्, अनि मध्य दिनमा युद्धको चिच्चाहट सुनोस्।

17. किनभने जब म आमाको गर्भमा थिएँ त्यस मानिसले मलाई मारेन। यदि त्यसले मलाई त्यस बेला मारेको भए मेरी आमा मेरो चिहान हुने थिइन। तिनी सधैंको लागि गर्भवती रहने थिइन।

18. यी सब शोकहरू र संकटहरू भोग्न अनि लज्जित भएर दिन बिताउन मेरी आमाको गर्भबाट म किन जन्मे?

About यर्मिया Chapter 20

Read यर्मिया Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of यर्मिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यर्मिया
Chapter: 20
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यर्मिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यर्मिया Chapter 20 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यर्मिया Chapter 20?

यर्मिया Chapter 20 is part of the Book of यर्मिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यर्मिया Chapter 20 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from यर्मिया

  1. यर्मिया Chapter 10
  2. यर्मिया Chapter 26
  3. यर्मिया Chapter 39
  4. यर्मिया Chapter 36
  5. यर्मिया Chapter 2
  6. यर्मिया Chapter 24
  7. यर्मिया Chapter 13

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 38
  2. 1 कोरिन्थी Chapter 9
  3. भजनसंग्रह Chapter 55
  4. भजनसंग्रह Chapter 136
  5. 2 इतिहास Chapter 11
  6. भजनसंग्रह Chapter 62
  7. रूथ Chapter 4
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *