Read भजनसंग्रह Chapter 94 Online
Read भजनसंग्रह Chapter 94 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.
Choose a Chapter
भजनसंग्रह 94
अध्याय 94
1. हे परमप्रभु, तपाईं परमेश्वर हुनहुन्छ जसले मानिसहरूलाई दण्ड दिन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मानिसहरू प्रति दण्ड लिएर आउँछन्।
2. तपाईं सारा पृथ्वीका न्याय पालक हुनुहुन्छ। अहंकारी मानिसहरूलाई दण्ड दिनुहोस् जो त्यसका लायक छन्।
3. हे परमप्रभु, कहिले सम्म दुष्ट मानिसहरूले खेलाँची गर्नेछन्? कहिले सम्म परमप्रभु?
4. कहिलेसम्म ती दुष्टकर्मीहरूले तिनीहरूको भयंकर कामहरू गर्नेछन्?
5. हे परमप्रभु, तिनीहरूले तपाईंको मानिसहरूलाई कष्ट दिए। तिनीहरूले नै तपाईंका मानिसहरूलाई दुःखी, पीडित बनाए।
6. ती दुष्ट मानिसहरूले हाम्रा देशमा बसिरहेका विधुवाहरू र परदेशीहरूलाई मारे। तिनीहरूले माता-पिता नभएका नानीहरूलाई हत्या गरे।
7. अनि तिनीहरूले भने परमप्रभुले तिनीहरूले गरिरहेका नीच कामहरू देख्दैनन्। तिनीहरूले भने कि इस्राएल का परमेश्वरले के भईरहेछ त्यो केही पनि जान्दैनन्।
8. तिमी अबुझ मानिसहरू तिमीहरूले ज्ञानी हुन्छौ? हे मूर्खहरू हो तिमीहरू कहिले चेतनशील हुन्छौ? तिमी पापी मानिसहरू अति हरिलट्ठक छौ। तिमीहरूले बुझ्नु नै पर्छ।
9. परमेश्वरले यो कुरा सोच्दैनौ कि जसले कान बनायो उसले सुन्नसक्छ? निश्चय नै जसले तिम्रो आँखहरू बनायो उसले देख्न पनि सक्छ। परमेश्वरले आँखा बनाउनु भयो, यसकारण निश्चय नै के भइरहेको छ त्यो देख्ने आँखाहरू उहाँका पनि छन्।
10. परमेश्वरले ती मानिसहरूलाई अनुशासनमा राख्नु हुनेछ। ती मानिसहरूले के गर्नु पर्ने परमेश्वरले सिकाउनु हुनेछ।
11. मानिसहरूले के सोचिरहेछन् परमेश्वर जान्नुहुन्छ। परमेश्वर जान्नुहुन्छ कि मानिसहरू मात्र हावाका झोंका हुन्। भनेर।
12. मानिस जसलाई परमप्रभुले अनुशासनमा राख्नु भएको छ त्यो सुखी हुनेछ। परमेश्वरले त्यस मानिसलाई ठीक तरिकाले बाँच्ने बाटो बताउनु हुनेछ।
13. हे परमेश्वर, तपाईंले त्यस मानिसलाई सहयोग गर्नु हुनेछ जो संकट आईपर्दा बिछिन्न हुँदछ। जब सम्म ती दुष्ट मानिसहरूलाई चिहानमा पुरिदैन, त्यसलाई शान्ति बस्न तपाईंले सहायता गर्नु हुनेछ।
14. परमप्रभुले आफ्ना मानिसहरूलाई त्याग्नु हुन्न उहाँले तिनीहरूलाई सहयोग दिन छोडनुहुन्न।
15. न्याय फर्केर निर्मलतासित आउने छ। अनि त्यहाँ असल, ईमान्दारी मानिसहरू हुनेछन्।
16. कसैले पनि मलाई दुष्ट मानिसहरूको विरूद्ध लडन सघाएनन्। कोही पनि मसँग ती नीच कर्म गर्ने मानिसहरूको विरूद्ध लडाई गर्न उभिएनन्।
17. यदि परमप्रभुले मलाई सहायता नगर्नु भएको भए मृत्युद्वारा म मौन भइसकेको हुन्थें।
18. म जान्दछु कि म पतन हुन लागेको थिंए, तर परमप्रभुले आफ्नो चेलालाई सहायता गर्नुभयो।
19. म अत्यन्त चिन्तीत र हडबडिएको थिएँ तर परमप्रभु, तपाईंले मलाई सान्त्वना दिनुभयो अनि खुशी पार्नुभयो!
20. परमेश्वर, कपटी न्यायकर्त्तालाई सहयोग नगर्नुहोस्। ती दुष्ट न्यायकर्त्ताहरूले साधारण जनताको लागि कठिन जीवन यापन गर्ने नियमहरू बनाउँदछन्।
21. त्यस्ता न्यायकर्त्ताहरूले असल मानिसहरूलाई आक्रमण गर्दछन्। तिनीहरूलाई दोषी साबित गरेर मार्न लगाउँछन्।
22. तर मेरो परमप्रभु, उच्च पर्वतमाथि मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। परमेश्वर मेरो चट्टान हुनुहुन्छ मेरो सुरक्षाको ठाउँ!
23. परमेश्वरले भयंकर कार्य गर्ने ती दुष्ट न्यायकर्त्ताहरूलाई दण्ड दिनुहुनेछ। परमेश्वरले तिनीहरूलाई नष्ट गर्नुहुनेछ किनभने तिनीहरूले पाप गरे। परमप्रभु हाम्रा परमेश्वरले ती पापी न्यायकर्त्ताहरूलाई नष्ट गर्नुहुनेछ।
About भजनसंग्रह Chapter 94
Read भजनसंग्रह Chapter 94 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: भजनसंग्रह
Chapter: 94
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading भजनसंग्रह Chapter 94 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is भजनसंग्रह Chapter 94?
भजनसंग्रह Chapter 94 is part of the Book of भजनसंग्रह in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete भजनसंग्रह Chapter 94 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
Explore More from भजनसंग्रह
- भजनसंग्रह Chapter 150
- भजनसंग्रह Chapter 84
- भजनसंग्रह Chapter 29
- भजनसंग्रह Chapter 14
- भजनसंग्रह Chapter 126
- भजनसंग्रह Chapter 91
- भजनसंग्रह Chapter 88