Read भजनसंग्रह Chapter 49 Online
Read भजनसंग्रह Chapter 49 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.
Choose a Chapter
भजनसंग्रह 49
अध्याय 49
1. तिमीहरू सबै जाति-जातिहरू यसलाई ध्यान दिएर सुन। पृथ्वीमा भएका सबै मानिसहरू यसलाई ध्यान दिएर सुन।
2. प्रत्येक मानिस, धनी-गरीब सबैले बराबर ध्यान दिएर सुन्नु नै पर्छ।
3. म तिमीहरूलाई ज्ञान र बुद्धिका कुराहरू भन्ने छु। मेरो विचारले तिमीहरुलाई बुझ्न सहायता गर्नेछ।
4. मैले स्वयंले ती कथाहरू सुनें अनि अब मेरो वीणासँग गाउने छु अनि त्यो संदेश तपाईंलाई प्रकट गर्ने छु।
5. कष्ट आउँछ भनेर म किन डराउनु? यदि दुष्ट मानिसहरूले वरिपरि घेरेर मलाई पासोमा पार्ने कोशिश गर्छन् भने पनि म डराउने आवश्यकता छैन।
6. कतिपय मानिसहरू सोच्छन् कि तिनीहरूको बल र धनले तिनीहरूलाई रक्षा गर्नेछ। तर ती मानिसहरू मूर्खहरू हुन्।
7. कुनै तिम्रो मानव मित्रले तिमीलाई बचाउन सक्तैन, अनि तिमीले परमेश्वरलाई घूसदिन सक्तैनौ।
8. कुनै मानिससँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले आफ्नो जीवन किन्न सकोस्।
9. कुनै मानिसँग त्यस्तो प्रशस्त धन हुनेछैन जसद्वारा उसले अनन्त बाँच्ने अधिकार किन्न सकोस्, अनि आफ्नो जीवन चिहानमा सड्न देखि बचाउन सकोस्।
10. हेर, ज्ञानी पुरूषहरू पनि त्यसरी नै मर्छन् जसरी मूर्खहरू र अट्टेरीमर्छन्। तिनीहरू मर्छन् र आफ्ना धन-सम्पत्तिहरू अरूहरूलाई छोडेर जान्छन्।
11. चिहाननै तिनीहरूको निम्ति सदा-सर्वदा आफ्नो घर हुनेछ। तिनीहरू जत्तिनै जग्गा-जमीनका मालिक हुन् त्यसले कुनै फरक पर्दैन!
12. मानिसहरू सम्पन्न हुन सक्लान, तर तिनीहरू यहाँ सधैंका लागि बाँच्न सक्तैनन्। तिनीहरू पशुहरू जस्तै मरेर जानेछन्।
13. ती मूर्खहरूसँग त्यही घटना हुनेछ जो आफ्ना सम्पत्तिसँग खुशी हुन्छन्।
14. ती मानिसहरू खाली भेंडा जस्तै हुन्। चिहान नै तिनीहरूको खोर हो। मृत्यु तिनीहरूको गोठाला हुनेछन। त्यस पश्चात् त्यो बिहान धार्मिक मानिसहरू नै विजेता हुनेछन्। जति बेला ती धर्मी मानिसहरूका शरिरहरूत विस्तारै चिहानमा सड्दछ तिनीहरू आफ्ना सुन्दर-सुन्दर घरहरूदेखि टाढा हुन्छन।
15. तर परमेश्वरले मूल्य तिर्नु हुनेछ अनि मेरो जीवन बचाउनु हुनेछ, उहाँले मलाई पातालको शक्तिबाट बचाउनु हुनेछ जब उहाँले मलाई आफूसितै लैजानु हुने छ!
16. तिनीहरू धनी छन् भनेर मानिसहरूसित नडराऊ। तिनीहरूका सुन्दर घरहरू छन् भनी नडराऊ।
17. ती मानिसहरू मरेर गएपछि आफूसंग केही पनि लाँदैनन्। तिनीहरूले ती कुनै पनि सुन्दर चीजहरू लगेर जाने होइनन्।
18. एकजना धनी मानिसले आफ्नो जीवनमा कति राम्रो काम गरें भनेर आफूलाई नै बधाइ दिन सक्छ। अनि हो, अरू मानिसहरूले पनि उसले राम्रो काम गर्यो भनेर उसको प्रशंसा गर्न सक्छन्।
19. तर उसको मरणको समय आउनेछ अनि आफ्नो पिता-पुर्खाहरूकहाँ जान्छ, अनि उसले कहिल्यै पनि दिनको उज्यालो देख्ने छैन।
20. मानिसहरू सम्पन्न हुन सक्लान अनि अझै बुझ्दैनन् तिनीहरू पशुहरू जस्तै मर्ने छन्।
About भजनसंग्रह Chapter 49
Read भजनसंग्रह Chapter 49 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: भजनसंग्रह
Chapter: 49
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading भजनसंग्रह Chapter 49 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is भजनसंग्रह Chapter 49?
भजनसंग्रह Chapter 49 is part of the Book of भजनसंग्रह in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete भजनसंग्रह Chapter 49 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- सपन्याह Chapter 2
- नहूम Chapter 3
- आमोस Chapter 3
- हाग्गै Chapter 2
- हाग्गै Chapter 1
- सपन्याह Chapter 1
Explore More from भजनसंग्रह
- भजनसंग्रह Chapter 140
- भजनसंग्रह Chapter 79
- भजनसंग्रह Chapter 87
- भजनसंग्रह Chapter 37
- भजनसंग्रह Chapter 21
- भजनसंग्रह Chapter 138
- भजनसंग्रह Chapter 118