भजनसंग्रह Chapter 106

For English

Read भजनसंग्रह Chapter 106 Online

Read भजनसंग्रह Chapter 106 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 106

अध्याय 106

1. परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!

2. कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।

3. मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्। ती मानिसहरूले सँधैभरि असल कामहरू गर्दछन्।

4. हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ मलाई पनि बचाउनु पर्छ भन्ने संम्झनु होस्।

5. हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस् जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो। मलाई तपाईंका मानिसहरूसित प्रफुलित हुन दिनुहोस्। मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।

6. हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए। हामी अन्ययोलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!

7. हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।

8. तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।

9. परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।

10. परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।

11. परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।

12. तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे।

13. तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।

14. हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।

15. तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।

16. मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।

17. यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।

18. तब त्यस भीडको माझमा आगो लाग्यो र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।

19. ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!

20. तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे।

21. परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।

22. परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!

23. परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।

24. तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।

25. हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!

26. तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरूभूमिमा मर्नेछन्।

27. परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।

28. त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूकानाउँमा चढाएका बलिहरू खाए।

29. परमेश्वर आफ्ना मानिसहरूमाथि भयंकर रूपमा क्रोधित भए अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।

30. तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।

31. पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो। परमेश्वरले उसलाई सदा-सर्वदा संम्झनु हुने छ।

32. मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।

33. ती मानिसहरूले मोशालाई दुःखीत गराए। नसोचिकन मोशा बोले।

34. परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।

35. तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।

36. ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए। उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।

37. उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे, अनि त्यो भूतहरूलाई बलि चढाए।

38. उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।

39. यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।

40. परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!

41. परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो। शत्रुहरूले नै उनीहरूमा राज गरोस-भनेर उहाँले छोडी दिनुभयो।

42. उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे अनि तिनीहरूको जीवन कठिन पारिदिए।

43. परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।

44. तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।

45. परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।

46. अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।

47. हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।

48. इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”

About भजनसंग्रह Chapter 106

Read भजनसंग्रह Chapter 106 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 106
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 106 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 106?

भजनसंग्रह Chapter 106 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 106 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 64
  2. भजनसंग्रह Chapter 124
  3. भजनसंग्रह Chapter 16
  4. भजनसंग्रह Chapter 25
  5. भजनसंग्रह Chapter 89
  6. भजनसंग्रह Chapter 140
  7. भजनसंग्रह Chapter 76

Related Chapters & Readings

  1. 2 राजा Chapter 9
  2. इजकिएल Chapter 47
  3. भजनसंग्रह Chapter 80
  4. यर्मिया Chapter 51
  5. फिलिप्पी Chapter 2
  6. लेवी Chapter 25
  7. व्यवस्था Chapter 14
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *