भजनसंग्रह Chapter 44

For English

Read भजनसंग्रह Chapter 44 Online

Read भजनसंग्रह Chapter 44 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 44

अध्याय 44

1. हे परमेश्वर, हामीले तपाईंको विषयमा सुनेका छौं। हाम्रा पिता-पुर्खाहरूको जीवनकालमा तपाईंले के के गर्नुभयो उहाँ बताउनु भयो। तपाईंले धेरै वर्ष अघि गरेका कार्यहरू। तिनीहरूले बताउनु भयो।

2. परमेश्वर, तपाईंले आफ्नो महान् शक्ति सहित अरूका जग्गाहरू लिनुभयो अनि हामीलाई दिनु भयो। तपाईंले ती विदेशी मानिसहरूलाई टुहुरो पार्नु भयो। तपाईंले तिनीहरूलाई यो ठाउँ छोड्न वाध्य गर्नुभयो।

3. हाम्रा पिताहरूका तरवारहरू थिएनन् जसले जमीन खोस्यो। उनीहरूका पाखुराहरू बलिया थिएनन्। जसले तिनीहरूलाई विजयी गराए। यो हाम्रो पिता-पुर्खाहरूसँग तपाईं भएको कारणले गर्दा भएको हो। परमेश्वर, तपाईंको महान् शक्तिले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। किन? किनभने तपाईंले उहाँहरूलाई प्रेम गर्नुभयो!

4. हे मेरो परमेश्वर, तपाईं मेरो राजा हुनुहुन्छ। आदेश दिनुहोस् अनि याकूबका मानिसहरूलाई विजयतर्फ अगुवाइ गर्नुहोस्।

5. मेरो परमेश्वर, तपाईंको सहायताले गर्दा हामी आफ्ना शत्रुहरूलाई पछि धकेल्ने छौं। तपाईंको नाउँमा हामी तिनीहरूलाई कुल्चदै हिंड्ने छौं।

6. म मेरो धनु र तरवारमाथि भरोसा राख्दिन। मेरो तरवारले मलाई बचाउन सक्दैन।

7. हे परमेश्वर, तपाईंले हामीलाई मिश्रबाट बचाउनु भयो। तपाईंले हाम्रा शत्रुहरूलाई लज्जित बनाएर राख्नु भयो।

8. हामीले दिनभरि नै परमेश्वरको स्तुति-गान गाएका छौं। अनि तपाईंको नाउँको प्रशंसा सदा सर्वदा गर्नेछौं!

9. तर, हे परमेश्वर, तपाईंले हामीलाई छोड्नु भयो, तपाईंले हामीलाई लज्जित पार्नु भयो। तपाईं युद्धभूमिमा हामीसँग आउनु भएन।

10. तपाईंले हाम्रा शत्रुहरूलाई पछि धकेल्न लगाउनु भयो। हाम्रा शत्रुहरूले हाम्रो सम्पत्ति लगेर गए।

11. तपाईंले हामीलाई खाद्य रूपमा खाओस् भनेर भेंडा जस्तो टाढा अलग्ग राखि दिनु भयो। तपाईंले विदेशीहरूका माझ हामीलाई छरपस्ट पारेर छाडी दिनुभयो।

12. हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू सित्तैमा बेचिदिनु भयो, तपाईंले तिनीहरूको दर दाम पनि गर्नु भएन।

13. तपाईंले छिमेकीहरू समक्ष हामीलाई हाँसोको पात्र बनाउनु भयो। तिनीहरूले हामीमाथि हाँसे र खिल्ली उडाए।

14. हामी हँसाउने कथाहरू मध्ये एक हौं जो मानिसहरू भन्छन्। आफ्नो देश नभएका मानिसहरू सम्म हामीमाथि हाँस्छन् र आफ्ना टाउकाहरू हल्लाउँछन्।

15. म लाजले छोपिएको छु। सारा दिन आफ्नो लज्जित रूप हेर्छु।

16. मेरा शत्रुहरू जसले मसित साटो फेर्न चाहन्थे, तिनीहरूको खिसी र अपमानबाट उप्जेको लाजले गर्दा म आफैं लुक्छु।

17. परमेश्वर, तपाईंलाई हामीले बिर्सेका छैनौं। अझै यी सबै कुराहरू तपाईंले हाम्रा लागि गर्नु हुन्छ। हामीले तपाईंको करार पत्रमा हस्ताक्षर गर्दा छल-कपट गरेका छैनौ!

18. परमेश्वर, हामी तपाईंबाट टाढिएका छैनौं। हामी तपाईंलाई पछ्याउनका लागि रोकिएका छैनौं।

19. तर, परमेश्वर, तपाईंले हामीलाई यस ठाउँमा मिच्नु भयो जहाँ स्यालहरू बस्दछन्। तपाईंले हामीलाई त्यस ठाउँमा छाडिदिनु भयो जुन मृत्यु भन्दा पनि भयानक अंध्यारो छ।

20. के हामीले हाम्रो परमेश्वरको नाउँ बिर्सियौं? के हामीले विदेशी देवताहरूलाई प्रार्थना गर्यौ? होइन!

21. निश्चय नै परमेश्वर यी सबै कुराहरू जान्नुहुन्छ। उहाँले हाम्रो गहन गुप्त कुराहरू पनि जान्नुहुन्छ।

22. हे परमेश्वर, दिनभरि हामी तपाईंका लागि मरिमेट्‌यौं!हामी मार्न लगिएका भेडा जस्तै छौं।

23. उठ्नु होस्, मेरो स्वामी! किन तपाईं सुतिरहनु भएको छ? उठ्नु होस्! हामीलाई सदाको निम्ति नछोडनु होस्!

24. परमेश्वर, तपाईं किन हामीदेखि लुकिरहनु हुन्छ? तपाईंले हाम्रो पीर र संकटहरूलाई बिर्सिनु भयो?

25. हामीलाई फोहारेभित्र हुत्याइएको छ। हाम्रो शरिर धूलोमा पल्टिरहेको छ।

26. हे परमेश्वर, उठूनु होस र हामीलाई सहयोग गर्नुहोस्। तपाईंको स्नेहपूर्ण करूणाले हामीलाई बचाउनुहोस्।

About भजनसंग्रह Chapter 44

Read भजनसंग्रह Chapter 44 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 44
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 44 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 44?

भजनसंग्रह Chapter 44 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 44 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 5

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 86
  2. भजनसंग्रह Chapter 49
  3. भजनसंग्रह Chapter 132
  4. भजनसंग्रह Chapter 116
  5. भजनसंग्रह Chapter 104
  6. भजनसंग्रह Chapter 98
  7. भजनसंग्रह Chapter 72

Related Chapters & Readings

  1. 1 शमूएल Chapter 20
  2. भजनसंग्रह Chapter 64
  3. भजनसंग्रह Chapter 140
  4. यर्मिया Chapter 35
  5. भजनसंग्रह Chapter 97
  6. प्रस्थान Chapter 12
  7. लेवी Chapter 7
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *