Read भजनसंग्रह Chapter 73 Online
Read भजनसंग्रह Chapter 73 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.
Choose a Chapter
भजनसंग्रह 73
अध्याय 73
1. साँच्चै नै इस्राएल को निम्ति परमेश्वर राम्रो हुनुहुन्छ। परमेश्वर ती मानिसहरूका निम्ति राम्रो हुनुहुन्छ जसको हृदय शुद्ध छ।
2. म प्रायः चुकें अनि पाप गर्न थालें।
3. मैले दुष्ट मानिसहरू सफल भएको देखें। म ती अहंकारी मानिसहरू देखि इर्ष्यालु भएँ।
4. ती मानिसहरू ह्रिष्टपुष्ट छन्। तिनीहरूलाई बाँच्नको लागि संघर्ष गर्नु पर्दैन।
5. ती दुष्ट मानिसहरू हामी जस्तो पीडित हुँदैनन्। अन्य मानिसहरू जस्ता तिनीहरू संकटमा छैनन्।
6. यसैले तिनीहरू अंहकारी र घृणित मानिसहरू हुन्। तिनीहरूले लगाएका बहुमूल्य गर-गहनाहरू र आर्कषक पोषाकहरू जस्तै देखिन्छन्।
7. यदि ती मानिसहरू केही अरू थोक जस्तो देखिएको भए, तिनीहरू जान्छन् र लिन्छन् तिनीहरूले जे चाहे पनि गर्दछन्।
8. तिनीहरूले नीच र दुष्ट कुराहरू अरूको बारेमा भन्दछन् तिनीहरू घमण्डी र हठी खालका छन् अनि तिनीहरूले सधैं नै अरू माथि सहजै फाईदा उठाउने उपायहरू गर्दछन्।
9. ती अंहकारीहरू आफूलाई देवता मान्दछन्! तिनीहरूले आफूलाई पृथ्वीको शासक ठान्छन्।
10. यसर्थ परमेश्वरका मानिसहरू पनि उनीहरू तिर फर्किए र तिनीहरूले जे भने तिनीहरूको निम्ति त्यही कुराहरू गरे।
11. ती दुष्ट मानिसहरू भन्छन, “हामीहरूले के गरिरहेका छौं, भनेर परमेश्वर जान्दैनन्! सर्वोच्च परमेश्वरले जान्दैनन्।”
12. ती घमण्डी मानिसहरू दुष्ट छन्, तर तिनीहरू धनी छन् र झन् धनी भईरहेका छन्।
13. यसैले मैले मात्र हृदय किन शुद्ध पार्नु? किन मैले मेरो हातहरू धोई सफा राख्नु।
14. हे परमेश्वर, म दिनभरि नै कष्ट भोग्छु अनि प्रत्येक बिहान तपाईंले मलाई दण्ड दिनुहुन्छ।
15. हे परमेश्वर, म यस विषयमा अरूहरूसँग कुरा गर्नु चाहुन्छु। तर म बुझ्छु कि म तपाईंका मानिसहरूलाई विश्वासघात गरिरहेको हुन्छु।
16. मैले यी कुराहरू जान्नलाई यथासक्य कोशिश गरें। तर ती सबै मेरो लागि एकदम कठिन थिए।
17. जबसम्म म परमेश्वरको मन्दिरमा गईन तब सम्म मैले तिनीहरूको आखिरी विचार जानिन।
18. परमेश्वर, साँच्चि नै तपाईंले ती मानिसहरूलाई भयानक अवस्थामा राख्नु भएको रहेछ। सहजै तिनीहरू पतन हुने र नष्ट हुने रहेछन्।
19. संकट अचानक आउन सक्छ, तब ती अंहकारीहरू नष्ट-विनिष्ट हुन सक्छन्। भयानक कुराहरू तिनीहरूमा घट्न सक्छन् अनि तिनीहरू समाप्त हुन्छन्।
20. हे परमप्रभु, ती मानिसहरू सपना जस्तै हुन्, हामी जाग्ने बित्तिकै तिनीहरू अल्पिन्छन्। हाम्रो सपनाका राक्षसहरू जस्ता तपाईंले तिनीहरूलाई विलुप्त पारी दिनु हुनेछ।
21. म अज्ञानी थिएँ। मैले धनी र दुष्ट मानिसहरूको बारेमा सोचेर व्यर्थै खिन्न भएँ। हे परमेश्वर! म तपाईंसित शोकाकुल र क्रोधित थिएँ। मैले एउटा लठुवा र अज्ञात पशुले जस्तो व्यवहार गरें।
23. मैले चाहेका सबै थोकहरू मसँग छन्। म सधैं नै तपाईंसँग साथमा छु। हे परमेश्वर, तपाईंले मेरो दाहिने हात पक्रनु भएकोछ।
24. हे परमेश्वर, तपाईंले मेरो अगुवाई गर्नु हुन्छ अनि असल सल्लाह दिनुहुन्छ। त्यस पश्चात् महिमा तर्फ मलाई अगुवाई गर्नु हुन्छ।
25. हे परमेश्वर, तपाईं बाहेक म स्वर्गमा कसलाई चाहन्छु। अनि म तपाईंसित पृथ्वीमा भएको बाहेक अरू केही इच्छा गर्दिनँ।
26. मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!
27. हे परमेश्वर, मानिस जसले तपाईंलाई त्यग्दछ त्यो हराउने छ। तपाईंले तिनीहरूलाई ध्वंश गर्नु हुनेछ जो तपाईंसित विश्वासी छैनन्।
28. म परमेश्वर कहाँ आएँ अनि त्यो मेरो लागि हितकारी भयो। मैले परमप्रभु परमेश्वरलाई मेरो सुरक्षित ठाउँ बनाएँ। परमेश्वर, म तपाईंकहाँ, तपाईंले गर्नु भएका सबै थोकहरू बताउन आएँ।
About भजनसंग्रह Chapter 73
Read भजनसंग्रह Chapter 73 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: भजनसंग्रह
Chapter: 73
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading भजनसंग्रह Chapter 73 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is भजनसंग्रह Chapter 73?
भजनसंग्रह Chapter 73 is part of the Book of भजनसंग्रह in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete भजनसंग्रह Chapter 73 online for free with easy chapter navigation.
More Chapters from पुरानो करार
- नहूम Chapter 1
- नहूम Chapter 3
- हाग्गै Chapter 2
- सपन्याह Chapter 2
- सपन्याह Chapter 1
- आमोस Chapter 3
- हाग्गै Chapter 1
Explore More from भजनसंग्रह
- भजनसंग्रह Chapter 93
- भजनसंग्रह Chapter 138
- भजनसंग्रह Chapter 25
- भजनसंग्रह Chapter 2
- भजनसंग्रह Chapter 83
- भजनसंग्रह Chapter 135
- भजनसंग्रह Chapter 94