Read 1 शमूएल Chapter 6 Online
Read 1 शमूएल Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of 1 शमूएल in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 शमूएल and the Holy Bible online.
Choose a Chapter
1 शमूएल 6
अध्याय 6
1. पलिश्तीहरूले पवित्र सन्दूकलाई आफ्नो देशमा सात महीनासम्म राखे।
2. पलिश्तीहरूले आफ्ना पुरोहितहरू र ज्योतिषीहरूलाई बोलाएर भने, “हामीले परमप्रभुको पवित्र सन्दूकलाई के गर्नु पर्ने हो? सुझावदिनुहोस्, कसरी सन्दूकलाई फेरि यसको आफ्नै घरमा पठाउन सकिन्छ?”
3. पुरोहितहरू र ज्योतिषीहरूले सुझाव दिए, “यदि तिमीहरूले इस्राएलका परमेश्वरको पवित्र सन्दूकलाई पठाउनु भयो भने सौगात नराखी नपठाऊ। तिमीहरूले केही उपहार चढाउनै पर्छ, जसले तिमीहरूको पाप मोचन हुनेछ। त्यसपछि तिमीहरू स्वस्थ्य र पवित्र हुनेछौ। तिमीहरूले यसो गर्नैपर्छ अनि मात्र परमेश्वरले तिमीहरूलाई दण्डित हुनबाट बचाउँनु हुनेछ।”
4. पलिश्तीहरूले सोधे, “इस्राएलका परमेश्वरलाई कस्तो प्रकारका भेटीहरू दिएमा हामीलाई क्षमा मिल्ने छ?”पुरोहितहरू र ज्योतिषीहरूले भने, “यहाँ पलिश्तीहरूका शहरका एक-एकजना प्रमुख गरेर जम्मा पाँचजना प्रमुख छन्। तिमी जस्तै तिम्रो सबै प्रमुखहरूले एउटै विमार भोग्नु परिरहेछ। यसर्थ तिमीहरूले पाँचवटा सुनका गिर्खाको नमूना तयार गर। त्यसरी नै पाँचवटा सुनका मूसाको नमूना पनि तयार गर।
5. गिर्खाहरू र मूसाका नमूनाहरू बनाऊ त्यसले देशलाई नष्ट गरिरहेको छ। इस्राएलका परमेश्वरलाई ती सुनका नमूनाहरू भुक्तानीको रूपमा प्रदान गर। त्यसपछि यो हुन सक्ला इस्राएलका परमेश्वरले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशमा दण्ड दिन बन्द गर्नु हुनेछ।
6. फिरऊन र मिश्रीहरू जस्तै हठी स्वभावका नबन। परमेश्वरले मिश्रीहरूलाई दण्ड दिनुभयो। यसो गर्दा मात्र मिश्रीहरूले इस्राएलीहरूलाई मिश्र छोड्नदिए।
7. “तिमीहरूले एउटा गाडा बनाउनु पर्छ र कहिले खेत नजोतेका दुइवटा दुहुना गाई बन्दोबस्त गर्नुपर्छ। ती दुइवटा गाईलाई गाडा तान्ने गरी नारेर त्यसका बाछाहरूलाई भने गोठभित्र थुनिदिनुपर्छ। त्यसो गर्दा बाछाले माऊलाई पछ्याउँन पाउँदैनन्।
8. परमप्रभुको पवित्र सन्दूकलाई त्यस गाढा भित्र राखिदिनु। त्यसैको छेउमा नमूनाको थैलो पनि राखि दिनु। त्यो नमूना चाँहि तिम्रो पाप मोचनका निम्ति परमेश्वरलाई भेटी हो। बन्द गाडालाई सोझो बाटो लगाई देऊ।
9. त्यसपछि गाडा कता जान्छ ख्याल राख। यदि गाडा बेत-शेमेशपट्टि अघि बढेर इस्राएलको भूमितिर गयो भने त्यसले यो संकेत दिन्छ, परमप्रभुले नै हामीलाई त्यस्तो ठूलो रोग दिनुभएको हो। तर गाई बेत-शेमेश तिर गएन भने हामीले बुझ्नेछौं कि त्यो दण्ड स्वरूप भनिएको देशान इस्राएलका परमेश्वरबाट भएको होइन। हामीले त्यो बिमार आफै फैलिएको हो भनेर जान्नुपर्यो।”
10. पलिश्तीहरूले पूरोहित र ज्योतिषीहरूले भने झैं गरे। पलिश्तीहरूले भरखरै ब्याएका दुइवटा गाई खोजेर ल्याए। गाडामा ती गाईहरू नारे र बाछाहरूलाई गोठमा थुनिदिए।
11. त्यसपछि पलिश्तीहरूले गाडामा परमप्रभुको पवित्र सन्दूक राखे। सुनका मूसाहरू र गिर्खाको नमूनाहरू हालेको थैलो गाडामा (सन्दुको छेउमा) राखे।
12. गाई गाडा तान्दै सोझै बेत-शेमेशतिर लगे। गाईहरू कराउँदै सडकदेखि दाहिने देब्रे कतै नताकी अघि बढिरहे। पलिश्ती शासकहरू पनि बेत-शेमेशको सीमासम्म पछि-पछि गए।
13. बेत-शेमेशका मानिसहरू बेंसीमा धमाधम गहूँको फसल काटिरहेका थिए। तिनीहरूले शिर उठाएर हेर्दा पवित्र सन्दूक देखे। तिनीहरूले त्यस सन्दूकलाई फेरि देख्दा साह्रै रमाए र दौडेर लिन गए।
14. गाडा सोझै बेत-शेमेशका यहोशूको खेतमा एउटा ठूलो चट्टान अगाडि रोकियो।बेत-शेमेशका मानिसहरूले त्यो गाडा टुक्रा-टुक्रा पारे। गाईहरूलाई मारेर परमप्रभुलाई बलिको रूपमा चढाए। लेवी कुल समूहका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक उठाए। तिनीहरूले सन्दूक र सुनका नमूनाहरू राखिएका थौला उठाएर त्यो चट्टानमाथि राखे। त्यस दिन बेत-शेमेशका मानिसहरूले परमप्रभुलाई होमबलि चढाए।
16. पलिश्ती शासकहरूले बेत-शेमेशमा घटेका सम्पूर्ण घटना हेरेर त्यही दिन एक्रोनतिर लागे।
17. यस प्रकार पलिश्तीहरूले आफूले गरेका पापबाट क्षमा पाउनलाई परमप्रभुमा गिर्खाको सुनको नमूना उपहार स्वरूप पठाए। तिनीहरूले पाँचवटा सुनका गिर्खाको नमूना प्रत्येक पलिश्ती शहरमा एक एकवटा पठाए। ती शहरहरू हुन् अश्दोद, गाजा, अश्कलोन, गात र एक्रोन।
18. पलिश्तीहरूले सुनका मूसाहरूको नमूना पनि पठाए। सुनका मूसाहरूको नमूना पनि त्यति नै संख्यामा थियो जति ती पाँचै पलिश्ती शासकहरूको शहरको संख्या थियो। ती शहरहरूका वरिपरि पर्खालहरू थिए अनि प्रत्येक शहरका वरिपरि बस्तीहरू थिए।बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूकलाई जुन चट्टानमा राखे, त्यो चट्टान अहिले पनि बेत-शेमेशका यहोशूको खेतमा छ।
19. जब बेत-शेमेशका मानिसहरूले परमप्रभुको पवित्र सन्दूक देखे त्यो हेरचाह गर्न तिनीहरूलाई सिकाउने त्यहाँ कुनै पूजाहारी थिएन। यसकारणले बेत-शेमेशेका सत्तरीजना मानिसहरूलाई परमेश्वरले मार्नुभयो। परमप्रभुले कठोर दण्ड दिनुभयो भनेर बेत-शेमेशका मानिसहरूले अलाप विलाप गर्न थाले।
20. यसैले बेत-शेमेशका मानिसहरूले भने, “यस पवित्र सन्दूकलाई हेरचाह गर्ने पूजाहारी कहाँ छन्? अब यहाँबाट सन्दूक कता लैजाने हो?”
21. किर्यात्-यारीममा एकजना पूजाहारी छन्। बेत-शेमेशका मानिसहरूले किर्यात्-यारीमका मानिसहरू भएतिर दूत पठाए। दूतले गएर भने, “पलिश्तीहरूले परमप्रभुको पवित्र सन्दूक फिर्ता गरिदिए। तल आएर तपाईंहरूले त्यो आफ्नो शहरमा लानु होस्।”
About 1 शमूएल Chapter 6
Read 1 शमूएल Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of 1 शमूएल in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 1 शमूएल
Chapter: 6
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 1 शमूएल. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 1 शमूएल Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 1 शमूएल Chapter 6?
1 शमूएल Chapter 6 is part of the Book of 1 शमूएल in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 1 शमूएल Chapter 6 online for free with easy chapter navigation.
More Chapters from 1 शमूएल
- 1 शमूएल Chapter 30
- 1 शमूएल Chapter 23
- 1 शमूएल Chapter 27
- 1 शमूएल Chapter 25
- 1 शमूएल Chapter 31
- 1 शमूएल Chapter 29
- 1 शमूएल Chapter 22
Explore More from पुरानो करार
- विलाप Chapter 5
- न्यायकर्ता Chapter 13
- एज्रा Chapter 3
- भजनसंग्रह Chapter 76
- भजनसंग्रह Chapter 91
- यशैया Chapter 6
- 2 इतिहास Chapter 16