भजनसंग्रह Chapter 39

For English

Read भजनसंग्रह Chapter 39 Online

Read भजनसंग्रह Chapter 39 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of भजनसंग्रह and the Holy Bible online.

Choose a Chapter

भजनसंग्रह 39

अध्याय 39

1. मैले भने, “म आफैंले भनेका कुरामा सतर्क हुनेछु। म मेरो जिब्रोलाई पाप गर्न लगाउने छैन। जब म कपटी मानिसको चारैतिर हुन्छु म मेरो मुख बन्द राख्ने छु।”

2. यसैले मैले केही भनिनँ। मैले त्यस्तो कुनै राम्रो कुरा पनि भनिनँ। तर मेरो मनोव्याथा अझ बढ्‌यो।

3. म एकदमै रिसाएको थिएँ अनि म यस विषयमा घोरिएँ र झन् रिसाह भएँ, यसैले मैले केही भनें।

4. हे परमप्रभु, भन्नुहोस्, मतर्फ अब के घट्ने छ? भन्नुहोस्, कहिलेसम्म म बाँच्ने छु? मेरो आयु कति छोटो छ, म जान्न पाऊँ!

5. परमप्रभु! तपाईंले मलाई छोटो जीवन दिनुभयो। तपाईंको तुलनामा मेरो जीवन अत्यन्तै छोटो छ। प्रत्येक मानिसको जीवन बादल जस्तो छ जुन चाँडै विलिन हुँदछ, कुनै पनि मानिस सदा सर्वदा बाँच्दैन!

6. हाम्रो जीवन ऐनामा भएको एक बिम्ब मात्र हो। हामी ठेलाठेल गर्दै धन-सम्पत्तिहरू बटुल्न खोज्छौं, तर हामी जान्दैनौं मरेपछि ती धन-सम्पत्तिहरू कसले पाउनेछ।

7. यसैकारण हे स्वामी, मैले कस्तो आशा राख्नु पर्नेछ? तपाईं मात्र मेरो भरोसा हुनुहुन्छ।

8. हे परमप्रभु, मैले गरेको नराम्रा कामहरूबाट मलाई जोगाउनु होस्। मलाई क्रोधित अनि मूर्ख मानिसलाई जस्तो व्यवहार नगर्नु होस्।

9. म आफ्नो मुख खोल्ने छैन म केही पनि भन्ने छैन। परमप्रभु, के गर्नु पर्ने त्यो तपाईंले नै गर्नुहोस्।

10. तर परमेश्वर, मलाई शान्ति दिन थाम्नु होस् यदि तपाईं थामिनु भएन भने मलाई ध्वंश पार्नुहुनेछ!

11. हे परमप्रभु, मैले गल्ती काम गरेको कारण दण्ड दिनुभयो, तिनीहरूले ठीक बाँच्ने तरिका सिकुन्। जसरी माउकीराले लुगा नष्ट पार्छ मानिसहरूले मन पराउने थोकहरू उहाँले नाश पार्नुहुन्छ। हो, हाम्रो जीवन चाँडै नै हराउने जाने बादल जस्तो छ।

12. हे परमप्रभु, मेरा प्रार्थना सुन्नुहोस्! मेरा ती विलापका शब्दहरू सुन्नुहोस्, मेरा आँसुहरू हेर्नुहोस्। तपाईंसँग यस जीवनबाट पार गरेर जाने म खाली एक यात्री हुँ। मेरा सबै पिता-पुर्खाहरू जस्ता म यहाँ क्षणिकको निम्ति मात्र छु।

13. हे परमप्रभु, मलाई एक्लो छोडी दिनुहोस् अनि मरेर जानुअघि मलाई खुशी हुन दिनुहोस्।

About भजनसंग्रह Chapter 39

Read भजनसंग्रह Chapter 39 online from the Holy Bible. This chapter is part of the Book of भजनसंग्रह in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: भजनसंग्रह
Chapter: 39
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading भजनसंग्रह. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading भजनसंग्रह Chapter 39 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is भजनसंग्रह Chapter 39?

भजनसंग्रह Chapter 39 is part of the Book of भजनसंग्रह in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete भजनसंग्रह Chapter 39 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. नहूम Chapter 3
  3. सपन्याह Chapter 2
  4. आमोस Chapter 3
  5. हाग्गै Chapter 2
  6. हाग्गै Chapter 1
  7. सपन्याह Chapter 1

Explore More from भजनसंग्रह

  1. भजनसंग्रह Chapter 84
  2. भजनसंग्रह Chapter 111
  3. भजनसंग्रह Chapter 9
  4. भजनसंग्रह Chapter 114
  5. भजनसंग्रह Chapter 133
  6. भजनसंग्रह Chapter 120
  7. भजनसंग्रह Chapter 27

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 86
  2. 1 शमूएल Chapter 13
  3. हितोपदेश Chapter 31
  4. एस्तर Chapter 1
  5. प्रेरितहरूको काम Chapter 14
  6. 1 शमूएल Chapter 19
  7. प्रेरितहरूको काम Chapter 18
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *