यशैया Chapter 24

For English

Read यशैया Chapter 24 Online

Read यशैया Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of यशैया and the Holy Bible online.

Choose a Chapter

यशैया 24

अध्याय 24

1. हेर! परमप्रभुले यो ठाउँलाई ध्वंस गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले सफा पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ।

2. त्यसबेला, साधरण मानिसहरू र पूजाहारीहरू एक समान हुनेछन्। दासहरू र मालिकहरू एक समान हुने छन्। दासीहरू र उनीहरूका मालिकनीहरू पनि समान हुनेछन्। किन्ने ग्राहाक र बेच्ने पसलेहरू पनि एक समान हुनेछन्। कर्जदार र साहूकारहरू एक समान हुनेछन्। बैंकवाला र बैकबाट ऋण लिनेहरू पनि समान हुनेछन्।

3. सारा मानिसहरूलाई त्यो ठाउँ छोडनलाई वाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ।

4. यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।

5. यो पृथ्वीमा बस्ने मानिसहरूले भूमि नै अशुद्ध बनाउनेछ। यो कसरी भयो? मानिसहरूले परमेश्वरको व्यवस्थाका विरूद्ध गल्ती कामहरू गरे। मानिसहरूले परमेश्वरको धार्मिक-विधानहरू पालन गरेनन्। मानिसहरूले धेरै समय अघि नै परमेश्वरसँग एक करार गरेका थिए तर त्यो तिनीहरूले भङ्ग गरे।

6. यस पृथ्वीमा बस्ने मानिसहरू आफ्ना गल्ती कामहरूले गर्दा दोषी छन्। यसैले यस पृथ्वीलाई ध्वंस गर्नलाई परमेश्वरले निर्णय गर्नुभयो। मानिसहरू दण्डित हुने छन्। केवल थोरै मानिसहरू मात्र बाँकी रहने छन्।

7. दाखका बोटहरू मर्नेछन्। नयाँ दाखरस राम्रो छैन्। बितेका दिनहरूमा मानिसहरू खुशी थिए। तर अहिले ती मानिसहरू दुखी छन्।

8. मानिसहरूले आफ्नो र्हष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैजडीहरू र विणाहरूबाट आउने सँगीतहरू समाप्त भए।

9. मानिसहरूले दाखरस पिइरहेको बेलामा खुशीका गीतहरू गाउँदैनन्। तिनीहरूले पिइरहेका दाखरसको स्वाद तितो भयो।

10. “पूर्ण अस्तव्यस्त” भन्ने नाउँ नै यो शहरलाई सुहाउँछ। शहर ध्वंश पारियो। मानिसहरू घरभित्र प्रवेश गर्न सक्दैनन् ढोकाहरू बन्द भएकाछन्।

11. मानिसहरूले बजारमा दाखरस अझ खोजी रहन्छन्। तर सम्पूर्ण रमाईलोपन समाप्त भयो। खुशी टाढा लगियो।

12. यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो।

13. फसलको बेलामा, मानिसहरूले रूखबाट जैतून झारे तर केही मात्रामा जैतूनहरू रूखमा नै छाडिए। त्यस्तै प्रकारले यस पृथ्वीमा केही जातिहरू मात्र छाडिनेछन्।

14. छाडिएका मानिसहरू चिच्याउन थाल्नेछन्। तिनीहरूका चिच्याहट समुद्रका गर्जन भन्दा पनि जोडले हुनेछ। तिनीहरू परमेश्वरको महानताले गर्दा खुशी हुनेछन्।

15. ती मानिसहरूले भन्नेछन, “पूर्वमा भएका मानिसहरू, परमप्रभुको प्रशंसा गर! टाढा देशहरूमा बस्ने मानिसहरू, परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर!”

16. संसारका सबै कुनाहरूबाट परमेश्वरको निम्ति गाइएका स्तुति गीत सुनिनेछन्। ती गीतहरू असल परमेश्वरको स्तुति गीत हुनेछ। तर म भन्छु “मलाई पीर छ! म दुखमा छु। म जे देख्छु, ती भयंकर चीजहरू हुन्। देशद्रोहीहरू मानिसहरूको विरूद्ध उठ्दैछन् अनि तिनीहरूलाई चोट पुर्याउँदैनन्।

17. यस पृथ्वीमा बाँच्ने मानिसहरूको लागि म त्रासै-त्रास देख्दछु, मैले तिनीहरूको लागि डरको खाडलहरू र पासोहरू देख्छु।

18. मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्। कतिपय मानिसहरू भाग्नेछन, तर तिनीहरू खाडलहरूमा जाकिनेछन्। पासोहरूमा अल्झिने छन्। ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन, तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्।” स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन् अनि बाढीहरू प्रारम्भ हुनेछ। पृथ्वीको जगहरू हल्लन्छन्।

19. त्यहाँ भूकम्प आउँनेछ। अनि पृथ्वी फाट्नेछ।

20. संसारमा पापहरू एकदम गह्रौं भईसक्यो। यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ। पृथ्वी पुरानो घर जस्तै र्थकिनेछ। मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ। पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।

21. त्यस समय परमप्रभुले स्वार्गीय सैन्यहरू र पृथ्वीका राजाहरूका न्याय गर्नुहुनेछ।

22. धेरै मानिसहरू एक साथ भेला गराईनेछन्। ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्। अनि केही कैद हुनेछन्। तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ।

23. परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ अनि घाम लज्जित हुनेछ।

About यशैया Chapter 24

Read यशैया Chapter 24 online from the Holy Bible. This chapter is part of the Book of यशैया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: यशैया
Chapter: 24
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading यशैया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading यशैया Chapter 24 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is यशैया Chapter 24?

यशैया Chapter 24 is part of the Book of यशैया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete यशैया Chapter 24 online for free with easy chapter navigation.

More Chapters from पुरानो करार

  1. नहूम Chapter 1
  2. सपन्याह Chapter 2
  3. नहूम Chapter 3
  4. हाग्गै Chapter 2
  5. हाग्गै Chapter 1
  6. सपन्याह Chapter 1
  7. आमोस Chapter 3

Explore More from यशैया

  1. यशैया Chapter 25
  2. यशैया Chapter 38
  3. यशैया Chapter 17
  4. यशैया Chapter 14
  5. यशैया Chapter 3
  6. यशैया Chapter 61
  7. यशैया Chapter 27

Related Chapters & Readings

  1. मत्ती Chapter 9
  2. इजकिएल Chapter 25
  3. गन्ती Chapter 1
  4. 2 तिमोथी Chapter 2
  5. लूका Chapter 20
  6. भजनसंग्रह Chapter 125
  7. जकरिया Chapter 12
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *