1 राजा Chapter 14

For English

Read 1 राजा Chapter 14 Online

Read 1 राजा Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 राजा and the Holy Bible online.

Choose a Chapter

1 राजा 14

अध्याय 14

1. त्यस बेला यारोबामको छोरा अबिया साह्रै बिरामी भएको थियो।

2. यारोबामले आफ्नी पत्नीलाई भने, “शीलोमा जाऊ। अगमवक्ता अहियाहसँग भेट गर। अहियाह त्यो मानिस हो जसले भनेको थियो, म इस्राएलको राजा हुनेछु। आफ्नो लुगाहरू यसरी लगाऊ कि मानिसहरूले तिमी मेरी पत्नी हौ भनेर थाह नपाउन्।

3. अगमवक्तालाई दशवटा रोटीहरू, केही केक र एक घैलो मह देऊ। तब उनको छोरालाई के हुन्छ भनी सोध अगमवक्ता अहियाहले तिमीलाई बताउनेछन्।”

4. यसकारण राजाकी पत्नीले त्यही गरिन् उनले जे भनेका थिए। तिनी शीलो गइन्। तिनी अगमवक्ता अहियाहको घर गइन्। अहियाह धेरै बूढा थिए अनि अंन्धो भएका थिए।

5. तर परमप्रभुले उनलाई भने, “यारोबामकी पत्नी आफ्नो छोराको विषयमा सोध्न आउँदैछिन्। ऊ साह्रै बीमार छ।” परमप्रभुले अहियाहलाई बताउनुभयो उसले के भन्नु पर्छ भनेर?यारोबामकी पत्नी अहियाहको घरमा आई। तिनी भेष बदली गरेर आएकी थिइन्।

6. अहियाहले उनलाई ढोकामा आएको सुने। यसकारण अहियाहले भने, “आऊ, यारोबामकी पत्नी। किन तिमी मानिसहरूलाई अरू केही सोच्न लगाउँदै छौ? तिम्रो लागि म सित केही अशुभ समाचारहरू छन्।

7. फर्केर जाऊ अनि यारोबामलाई भन, इस्राएलका परमप्रभुले यही भन्नु भएको छ परमप्रभु भन्नुहुन्छ, ‘यारोबाम, मैले इस्राएलका मानिसहरूको माझबाट तिमीलाई माथि उठाएँ। मैंले तिमीलाई मेरा मानिसहरूको शासक बनाएँ।

8. दाऊदको परिवारले इस्राएलमा शासन गरिरहेको थियो। तर मैंले तिनीहरूबाट राज्य लिएँ अनि तिमीलाई दिएँ। तर तिमी मेरा सेवक दाऊद जस्ता छैनौ। उसले सधैं नै मेरो आदेशहरू पालन गर्यो। उसले मलाई सम्पूर्ण हृदयले अनुसरण गर्यो। उसले ती कुराहरू गरे जुन मैंले ठीक सम्झें।

9. तर तिम्रा पापहरू पहिलेका शासकहरूका भन्दा धेरै छन्। तिमीले तिम्रो आफ्नै निम्ति अन्य देवताहरूका मूर्ति बनायौ अनि यस द्वारा तिमीहरूले मलाई एकदमै क्राोधित बनायौ, तिमीहरूले मलाई तिमीहरूको पीठ पछि राखेका छौ।

10. यसकारण, यारोबाम, म तिम्रो परिवारमाथि बिपत्ति ल्याउने छु। म तिम्रो परिवारका सबै पुरूष मानिसहरू, चाहे तिनीहरू तिम्रा नाताका हुन अथवा नोकरहरू मारिदिनेछु। आगोमा गोबर बले झैं म तिम्रो परिवारलाई सम्पूर्ण रूपले सर्वनाश गर्नेछु।

11. शहरमा तिम्रो परिवारको कोही पनि मर्दा त्यसलाई कुकुरले खानेछ। तिम्रो परिवारको कोही व्यक्ति चऊरमा मरेको खण्डमा उसलाई चराहरूले खाने छन्। यी सबै कुराहरू परमप्रभुले बोल्नु भएको हो।”‘

12. तब अगमवक्ता अहियाहले यारोवामकी पत्नीलाई भने। उनले भने, “अब तिमी घर जाऊ। तिमी शहरमा प्रवेश गर्ने बित्तिकै, तिम्रो छोरो मर्नेछ।

13. सम्पूर्ण इस्राएल उसको लागि रूनेछ अनि उसलाई गाडीने छ। यारोबामको परिवारमा तिम्रो छोरो मात्र यस्तो मानिस हुनेछ जसलाई चाहिं गाडीने छ। यस्तो किन भयो भने ऊ मात्र यारोबामको परिवारमा यस्तो मानिस हो जसले इस्राएलका परमप्रभु परमेश्वरलाई प्रसन्न पारेकोछ।

14. परमेश्वरले इस्राएलमा नयाँ राजा राख्नु हुनेछ। त्यस नयाँ राजाले यारोबामको परिवारलाई नष्ट पार्नेछ। यो घटना चाँडै नै हुनेछ।

15. तब परमप्रभुले इस्राएललाई हिर्काउनु हुनेछ। इस्राएलका मानिसहरू भयभीत हुनेछन्। तिनीहरू पानीको अग्लो-अग्लो घाँस जस्तैं काम्नेछन्। परमप्रभुले इस्राएलीहरूलाई त्यो असल भूमिबाट निकाल्नु हुनेछन जो तिनीहरूका पिता-पुर्खाहरूलाई दिनु भएको थियो। उनले तिनीहरूलाई यूफ्रेटिस नदीको पारि तितर-बितर पारिदिनुहुनेछ। यो यस्तो घटना हुनेछ किनभने परमप्रभु मानिसहरूसँग रिसाउनु भएकोछ। किनकि तिनीहरूले पवित्र खामाहरू निर्माण गरे।

16. यारोबामले पाप गरे अनि यारोबामले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गराउनु हुन्छ।”

17. यारोबामकी पत्नी तिर्साको शहरमा फर्केर गइन्। तिनी तिनको घरमा पस्न साथ साथै तिनका छोराको मृत्यु भयो।

18. सबै इस्राएलीहरूले उसलाई गाडे अनि उसका लागि रोए। यो घटना त्यसरी नै भयो जसरी परमप्रभुले हुन्छ भन्नुभएको थियो। परमप्रभुले आफ्नो सेवक अगमवक्ता अहियाहलाई यी कुराहरू भन्न प्रयोग गर्नु भएको थियो।

19. राजा यारोबामले अरू धेरै कामहरू गरेका थिए। उनले युद्धहरू लेडे अनि जनगणमाथि शासन गरिरहे। उनले गरेको सबै कामहरू ‘इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा’ लेखिएका छन्।

20. यारोबामले 22वर्ष सम्म राजाको रूपमा शासन गरे। तब तिनी मरे अनि उनलाई उनका पुर्खाहरूसँगै गाडियो। उनीपछि उनका छोरा नादाब नयाँ राजा भए।

21. त्यस समयमा सुलेमानका छोरा रहबाम यहूदाका राजा भए। तिनी 41 वर्षका थिए। रहबामले यरूशलेम शहरमा 17 वर्षसम्म शासन गरे। यो त्यही शहर हो जसमा परमप्रभुले सम्मानगर्न चाहनुभएको थियो। उहाँले इस्राएलका सबै शहरहरू मध्ये यस शहरलाई चुन्नु भएको थियो। रहबामकी आमा नाउँ थिइन्। तिनी अम्मोनी स्त्री थिइन्।

22. यहूदाका मानिसहरूले परमप्रभुको विरूद्ध पाप गरे अनि परमप्रभुलाई ईष्यालु बनाए। यी मानिसहरूले तिनीहरूको पिता-पुर्खाहरूले भन्दा धेरै पाप गरे।

23. मानिसहरूले अग्ला ठाउँहरू, ढुङ्गाका स्मारकहरू अनि अपवित्र स्तम्भहरू बनाए। तिनीहरूले ती चीजहरू प्रत्येक अग्ला पहाड अनि हरियो रूखतल बनाए।

24. त्यस भूमिमा पुरूष वेश्यालय भवनहरू पनि थिए। मानिसहरूले राष्ट्रमा जम्मै घृणित कर्महरू गरिरहेका थिए जसको लागि परमप्रभुले तिनीहरू भन्दा अघिका मानिसहरूलाई खेद्नु भएको थियो। यसकारण यहूदाका मानिसहरूले धेरै भूल कामहरू गरे। तिनीहरूभन्दा अघि त्यस भूमिमा बस्ने मानिसहरूले त्यस्तैं नै नराम्रो काम गरे। अनि परमेश्वरले ती मानिसहरूबाट भूमि फिर्ता लिनुभयो अनि त्यसलाई इस्राएलका मानिसहरूलाई दिनुभयो।

25. रहबामको शासनकालको पाँचौ वर्षमा मिश्रका राजा शीशकले यरूशलेमको विरोधमा आक्रामण गरे।

26. शीशकले परमप्रभुको मन्दिर र राजाको महलबाट ढिकुटि लगे। तिनीहरूले सुनका ढालहरू पनि लगे, जो सुलेमानले बनाएका थिए।

27. यसकारण रहबामले ती ठाउँहरूमा राख्न धेरै ढालहरू बनाए। तर यी ढालहरू काँसाका थिए, सुनका थिएनन्। उनले महलको ढोकामा रक्षाकालागि राखिएका मानिसहरूलाई ढालहरू दिए।

28. हरेक समय राजा परमप्रभुको मन्दिरमा जाँदा रक्षकहरू उनीसँग जाने गर्दथे। तिनीहरू ढाल बोक्नेगर्दथे। जब तिनीहरू काम पूरा गरिसक्थे, रक्षक कक्षको भित्तामा ढालहरू राख्नेगर्दथे।

29. राजा रहबामले जे कामहरू गरे त्यो सबै ‘यहूदाका राजाहरूको इतिहासको पुस्तकमा’ लिखित छ।

30. रहबाम र यारोबाम सधैं नै एका अर्कासँग युद्ध गरिरहन्थे।

31. रहबामको मृत्यु भयो अनि उनलाई पिता-पुर्खाहरू सँगै नै गाडियो। उनलाई उनका पिता-पुर्खाहरूको चिहानमा दाऊदको शहरमा गाडियो। उनकी आमा ‘नामा’ थिइन्। तिनी एक जना अम्मोनी थिइन्। रहबामका छोरा अबियाम उनको मृत्यु पछि राजा भए।

About 1 राजा Chapter 14

Read 1 राजा Chapter 14 online from the Holy Bible. This chapter is part of the Book of 1 राजा in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: 1 राजा
Chapter: 14
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading 1 राजा. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading 1 राजा Chapter 14 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is 1 राजा Chapter 14?

1 राजा Chapter 14 is part of the Book of 1 राजा in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete 1 राजा Chapter 14 online for free with easy chapter navigation.

More Chapters from 1 राजा

  1. 1 राजा Chapter 2
  2. 1 राजा Chapter 17
  3. 1 राजा Chapter 12
  4. 1 राजा Chapter 5
  5. 1 राजा Chapter 22
  6. 1 राजा Chapter 18
  7. 1 राजा Chapter 19

Explore More from पुरानो करार

  1. 1 इतिहास Chapter 24
  2. गन्ती Chapter 30
  3. व्यवस्था Chapter 27
  4. यशैया Chapter 66
  5. भजनसंग्रह Chapter 69
  6. भजनसंग्रह Chapter 26
  7. भजनसंग्रह Chapter 49

Related Chapters & Readings

  1. व्यवस्था Chapter 32
  2. यशैया Chapter 17
  3. भजनसंग्रह Chapter 32
  4. यूहन्ना Chapter 17
  5. इजकिएल Chapter 15
  6. यर्मिया Chapter 21
  7. 1 थिस्सलोनिकी Chapter 5
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *