Read न्यायकर्ता Chapter 15 Online
Read न्यायकर्ता Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.
Choose a Chapter
न्यायकर्ता 15
अध्याय 15
1. गहुँको फसल कटनीको समयमा शिमशोन आफ्नी पत्नीलाई भेट्न गए। तिनले आफूसित भेटी स्वरूप एउटा बाख्राको पाठो लगे। तिनले भने, “म मेरो पत्नीको कोठामा जाँदैछु।” तर उनका बाबुले शिमशोनलाई भित्र जान दिएनन्।
2. उनका बाबुले शिमशोनलाई भने, “मैले सोचें तिमीले उसलाई घृणा गर्छौ। यसर्थ मैले उसलाई विवाहको लोकन्तेसंग विवाह गरि दिएँ। उसकी कान्छी बहिनी अझ सुन्दरी छे। कान्छी बहिनीलाई लैजाऊ।”
3. तर शिमशोनले उनलाई भने, “अब, म साँच्चै नै पलिश्ती मानिसहरूमाथि बद्ला लिनेछु अनि यो तिम्रो दोष हुनेछ।”
4. यसर्थ शिमशोन बाहिर गए अनि तीन सय स्यालहरू पक्वे। तिनले एक पल्टमा दुइ स्यालहरू लिए अनि जोड बनाउनका निम्ति तिनीहरूका पुच्छरहरू एकसाथ बाँधिदिए। त्यसपछि तिनले प्रत्येक जोड स्यालको पुच्छरको माझमा एउटा-एउटा राँको बाँधिदिए।
5. शिमशोनले स्यालहरूका पुच्छर माझमा भएका राँकोहरू जलाए। त्यसपछि तिनले ती स्यालहरूलाई पलिश्ती मानिसहरूका अन्नबाली तिर धपाई दिए। यस प्रकार तिनले तिनीहरूको खेतमा उम्रिरहेका बोटहरू अनि तिनीहरूले काटेका अन्नका थाकहरू डडाइ दिए। तिनले तिनीहरूका दाखका खेतहरू अनि भद्राक्षका बगैंचाहरू पनि जलाई दिए।
6. पलिश्ती मानिसहरूले सोधे, “यो कसले गर्यो?”शिमशोनले तिनीहरूलाई भने, “शिमशोनले यसो गरे। किनभने उनको ससुराले शिमशोनकी पत्नीलाई तिनको विवाहको लोकन्तेलाई दिए।” यसर्थ पलिश्ती मानिसहरूले शिमशोनकी पत्नी र उसका बाबुलाई जलाएर मारिदिए।
7. त्यसपछि शिमशोनले पलिश्ती मानिसहरूलाई भने, “तिमीहरूले मलाई यस्तो नराम्रो व्यवहार गर्यौ। यसर्थ अब म तिमीहरू प्रति नराम्रो व्यवहार गर्नेछु। अब म तिमीहरू माथि विपत्ति ल्याइ दिन्छु। म विपत्ति ल्याउन सक्नेछु।”
8. तब शिमशोनले पलिश्ती मानिसहरू माथि आक्वमण गरे। तिनीले तिनीहरू धेरैलाई मारे। अनि तिनी एउटा ओडरमा बसे। यो ओडर त्यो स्थानमा थियो जसको नाउँ एतामको चट्टान भनिन्थ्यो।
9. तब पलिश्ती मानिसहरू यहूदाको देशमा गए। तिनीहरू लही नामक स्थानको नजिक अडिए। तिनीहरूका सेनाले त्यहीं छाउनी थापे अनि युद्धका निम्ति तयारी गरे।
10. यहूदा कुल समूहका मानिसहरूले तिनीहरूलाई सोधे, “तिमी पलिश्ती मानिसहरू किन हामीसित लड्न यहाँ आयौ?”उनीहरूले उत्तरदिए, “हामी शिमशोनलाई पक्रन आएका हौं। हामी तिनलाई हाम्रो कैदी तुल्याउन चाहन्छौं। हामी तिनलाई हाम्रा मानिसहरू प्रति तिनले गरेका कुराहरूका निम्ति दण्ड दिन चाहन्छौं।”
11. तब यहूदाका कुल समूहका 3,000 मानिसहरू शिमशोन कहाँ गए। तिनीहरू एतामको चट्टान नजिकको ओडरमा गए। तिनीहरूले तिनलाई भने, “तिमीले हामीहरू प्रति के गर्यौ? तिमीलाई थाहा छैन कि पलिश्ती मानिसहरू हामी माथि शासन गर्छन् भनी?”शिमशोनले उत्तर दिए, “तिनीहरूले म प्रति गरेका कुराहरूका निम्ति म केवल तिनीहरूलाई दण्ड दिन्छु।”
12. तब तिनीहरूले शिमशोनलाई भने, “हामी तिमीलाई बाँध्न आएका छौं। हामी तिमीलाई पलिश्ती मानिसहरूलाई दिनेछौं।”शिमशोनले यहूदाका मानिसहरूलाई भने, “शपथ खाएर भन कि तिमीहरू स्वयंले मलाई घात गर्ने छैनौ भनी।”
13. तब यहूदाका मानिसहरूले भने, “हामी मान्छौं। हामी तिमीलाई केवल बाँध्छौं अनि पलिश्ती मानिसहरूलाई दिन्छौ। हामी शपथ खान्छौ कि हामी तिमीलाई मार्ने छैनौं।” यसर्थ तिनीहरूले शिमशोनलाई दुइवटा नयाँ डोरीले बाँधे। तिनीहरूले तिनलाई चट्टानको ओडर देखि उँभो लगे।
14. जब शिमशोन लही भनिने ठाउँमा आए पलिश्तीहरू तिनलाई भेटून आए। तिनीहरू खुशीले कराउँदै थिए। तब परमप्रभुको आत्मा भयानक शक्तिसित शिमशोन माथि आउँनुभयो। शिमशोनले डोरी चुँडए। त्यो डोरी जलेको धागो जस्तै कमजोर देखिन्थ्यो। ती डोरी तिनका पाखुराबाट झरे मानौं तिनीहरू पग्लिएका थिए।
15. शिमशोनले एउटा मरेको गधाको बङ्गारा भेट्टाए। तिनले त्यो बङ्गारा लिए अनि एक हजार पलिश्ती मानिसहरूलाई त्यसद्वारा हत्या गरिदिए।
16. तब शिमशोनले भने;“मैले तिनीहरूलाई गधाको बङ्गाराले अल्गो रास लगाएँ। गधाको बङ्गाराले मैले एक हजार मानिसहरूलाई मारिदिएँ।”
17. जब शिमशोनले बोली सके, तिनले बङ्गारा तल फ्याँके। यसर्थ त्यस स्थानको नाउँ रामतलही राखियो।
18. शिमशोन अत्यन्त तिर्खाए। यसकारण तिनी परमप्रभुतिर कराए। तिनले भने, “म तपाईंको दास हुँ। तपाईंले मलाई यो महान विजय प्रदान गर्नु भयो। कृपया अब मलाई तिर्खाले मर्न नदिनुहोस्। कृपया मलाई ती मानिसहरूद्वारा कब्जा गर्न नदिनुहोस् जसको खतना पनि गरिएको छैन।”
19. लहीमाको भूइँमा एक खाल्डो थियो। परमेश्वरले त्यो खाल्डो चिरेर खोलि दिनुभयो अनि पानी बाहिर निस्कियो। शिमशोनले त्यो पानी पिए अनि केही स्वस्थ भए। तिनले फेरि बलवान भएको अनुभव गरे। यसर्थ तिनले त्यो पानीको मूलको नाउँ एन-हक्कोरे राखे। यो आजसम्म पनि लही शहरमा छ।
20. यसरी शिमशोन बीस वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे। त्यो पलिश्ती मानिसहरूको समयमा थियो।
About न्यायकर्ता Chapter 15
Read न्यायकर्ता Chapter 15 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: न्यायकर्ता
Chapter: 15
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading न्यायकर्ता Chapter 15 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is न्यायकर्ता Chapter 15?
न्यायकर्ता Chapter 15 is part of the Book of न्यायकर्ता in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete न्यायकर्ता Chapter 15 online for free with easy chapter navigation.
More Chapters from न्यायकर्ता
- न्यायकर्ता Chapter 1
- न्यायकर्ता Chapter 13
- न्यायकर्ता Chapter 10
- न्यायकर्ता Chapter 7
- न्यायकर्ता Chapter 6
- न्यायकर्ता Chapter 5
- न्यायकर्ता Chapter 3
Explore More from पुरानो करार
- अय्यूब Chapter 40
- न्यायकर्ता Chapter 8
- हितोपदेश Chapter 15
- इजकिएल Chapter 1
- भजनसंग्रह Chapter 49
- व्यवस्था Chapter 31
- 2 इतिहास Chapter 2