अय्यूब Chapter 40

For English

Read अय्यूब Chapter 40 Online

Read अय्यूब Chapter 40 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.

Choose a Chapter

अय्यूब 40

अध्याय 40

1. परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः

2. “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”

3. तब अय्यूबले परमेश्वरलाई जवाफ दिंदै भनेः

4. “म तपाईंसित बात गर्ने अत्यन्तै तुच्छ हुँ। म तपाईंलाई के भन्न सक्छु? म तपाईंलाई जवाफ दिन सक्तिन। म आफ्नो मुखमा हात राखी बस्नेछु।

5. मैले एकपल्ट बोलें, तर म फेरि बोल्ने छैन। मैले दुइपल्ट बोलें, तर अब म केही पनि बोल्ने छैन।”

6. तब फेरि तूफानबाट परमप्रभु परमेश्वर अय्यूबसित बोल्नुभयो। परमप्रभुले भन्नुभयोः

7. “अय्यूब, आफैलाई संभाल अनि मैले सोधेको प्रश्नहरूको जवाफ दिन तयार होऊ।

8. अय्यूब, के तिमी सोच्दछौ कि मैले अन्याय गरेको छु? तिमी भन्छौ कि गल्ती कामहरू गरेर म दोषी भएँ यसकारण तिमी निर्दोष भएर देखा पर्यौ।

9. के तिम्रो पाखुराहरू परमेश्वरको पाखुरा भन्दा बलियो छ? परमेश्वरको आवाज जस्तै तिम्रो आवाज छ जुन मेघ गर्जन जस्तो ध्वनि छ?

10. यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमी घमण्ड गर्न सक्दछौ। यदि तिमी परमेश्वर जस्तो छौ भने तब तिमीले महिमा र सम्मान लुगा जस्तै लगाउन सक्छौ।

11. यदि तिमी परमेश्वर जस्तै छौ भने तब तिमीले आफ्नो क्रोध देखाउन सक्छौ। ती घमण्डी मानिसहरूलाई सजाय दिन सक्छौ।

12. हो, अय्यूब। ती घमण्डी मानिसहरूलाई हेर अनि तिनीहरूलाई नम्र बनाऊ। ती दुष्ट मानिसहरूलाई जहाँ उभिएका छन् त्यहीं धूलो पारि देऊ।

13. सारा घमण्डी मानिसहरूलाई फोहोरमा गाडी देऊ। तिनीहरूको शरीरहरू बेरेर चिहानहरूमा राखी देऊ।

14. अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु। अनि तिमीले आफ्नै शक्तिद्वारा आफैलाई बचाउन सक्षम छौ भनेर म स्वीकार्नेछु।

15. अय्यूब, जलगैडामाहेर। मैले जलगैडा बनाएँ अनि मैले तिमीलाई बनाएँ। जलगैडाले गाईले झैं घाँस खान्छ।

16. जलगैडसँग शरीरमा एकदम ज्यादा ताकत छ। उसको भुडीको मांसपेशीहरू एकदम शक्तिशाली छन।

17. जलगैंडाको पुच्छर देवदारको रूख जस्तै कडा छ। उसको खुट्टाको माँसपेशीहरू एकदम बलिया छन्।

18. जलगैंडाका हड्डीहरू पित्तल जस्ता दरिला छन्। उसको खुट्टाहरू फलामका शलाकाहरू जस्ता छन्।

19. जलगैंडा एकदम अद्भूत जन्तु हो जसलाई मैले बनाएँ। तर म त्यसलाई पराजित गर्न सक्छु।

20. जलगैंडाले पशुहरू चर्ने पहाडहरूमा उम्रने घाँस खान्छ।

21. जलगैडा कमलको उद्भिद् मुनि पल्टिन्छ। जलगैंडा झार पातको दलदलमा लुक्दछ।

22. कमल फूलको बोटले आफ्नो छाँयामा जलगैडालाई लुकाउँदछ। त्यो नदीको छेउमा उम्रने लहरे रूखहरू मुनि बस्दछ।

23. यदि नदीमा बाढी आए जलगैंडा भाग्दैन। यदि यर्दन नदी उसको अनुहारमा परे पनि त्यो डराउँदैन।

24. कुनै मानिसले पनि जलगैंडालाई अंकुसे लगाई पक्रन सक्तैन अनि पासो लगाउन सक्तैन।

About अय्यूब Chapter 40

Read अय्यूब Chapter 40 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: अय्यूब
Chapter: 40
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading अय्यूब Chapter 40 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is अय्यूब Chapter 40?

अय्यूब Chapter 40 is part of the Book of अय्यूब in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete अय्यूब Chapter 40 online for free with easy chapter navigation.

More Chapters from अय्यूब

  1. अय्यूब Chapter 30
  2. अय्यूब Chapter 15
  3. अय्यूब Chapter 28
  4. अय्यूब Chapter 42
  5. अय्यूब Chapter 21
  6. अय्यूब Chapter 19
  7. अय्यूब Chapter 14

Explore More from पुरानो करार

  1. उपदेशक Chapter 11
  2. गन्ती Chapter 26
  3. होशे Chapter 12
  4. अय्यूब Chapter 28
  5. 2 शमूएल Chapter 8
  6. न्यायकर्ता Chapter 11
  7. लेवी Chapter 4

Related Chapters & Readings

  1. यूहन्ना Chapter 2
  2. 2 राजा Chapter 5
  3. हबकूक Chapter 3
  4. 1 शमूएल Chapter 8
  5. न्यायकर्ता Chapter 1
  6. लेवी Chapter 4
  7. एज्रा Chapter 10
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *