न्यायकर्ता Chapter 6

For English

Read न्यायकर्ता Chapter 6 Online

Read न्यायकर्ता Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.

Choose a Chapter

न्यायकर्ता 6

अध्याय 6

1. फेरि इस्राएलीहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। यसकारण सात वर्षसम्म परमप्रभुले मिद्यानका मानिसहरूलाई इस्राएलका मानिसहरूमाथि पराजित पार्न दिनु भयो।

2. मिद्यानका मानिसहरू अत्यन्त शक्तिशाली अनि इस्राएलका मानिसहरू प्रति निष्ठूर थिए। यसर्थ इस्राएलका मानिसहरूले पर्वतहरूमा अनेक लुक्ने ठाउँहरू निर्माण गरेका थिए। तिनीहरूले आफ्ना भोजनहरू गुफाहरू अनि भेटून गाह्रो पर्ने स्थानहरूमा लुकाए।

3. तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे।

4. ती मानिसहरूले त्यो भूमिमा छाउनी थापेर बस्थे अनि इस्राएलका मानिसहरूले रोपेका बालीहरू नष्ट गरिदिन्थे। ती मानिसहरूले इस्राएलका मानिसहरूको गाजा शहर नजिकसम्मका भूमिको फसल नष्ट गरिदिए। ती मानिसहरूले इस्राएलका मानिसहरूलाई खानका निम्ति केही पनि छाडेनन्। तिनीहरूले इस्राएलका मानिसहरूका निम्ति कुनै भेड, वा गाइ-बस्तु वा गधाहरू पनि छाडेनन्।

5. मिद्यानका मानिसहरू माथि आए अनि त्यस भूमिमा छाउनी थापेर बसे। तिनीहरूले आफ्ना परिवारहरू अनि आफ्ना पशु प्राणीहरू ल्याए। तिनीहरू सलहको हुल झैं धेरै थिए। ती मानिसहरू अनि ऊँटहरू यति धेरै थिए कि तिनीहरूको गन्ती गर्न सम्भव थिएन। यी सबै मानिसहरू त्यस भूमिमा आए अनि त्यसलाई ध्वंश पारे।

6. इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे।

7. मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे।

8. यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरे अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ।

9. मैले तिमीहरूलाई मिस्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’

10. तब मैले तिमीहरूलाई भने, ‘म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू एमोरी मानिसहरूको भूमिमा बस्नेछौ, तिमीहरूले तिनीहरूका झूटा देवताहरू पूज्न हुदैन थियो।’ तर तिमीहरूले मेरो कुरा पालन गरेनौ।”

11. त्यस समयमा परमप्रभुका स्वर्गदूत गिदोन नाउँको मानिसकहाँ आए। परमप्रभुका स्वर्गदूत आए र ओप्रा नामक स्थानमा भएको फलाँटको रूखमुनि बसे। त्यो फलाँटको रूख योआश नाउँको मानिसको थियो। योआश अबीएजर परिवारका थिए। यिनी गिदोनका बुबा थिए। मिद्यानीहरूबाट लुकाउनलाई गिदोन दाखरस निकाल्ने ढिकीमा केही गहुँ कुटिरहेका थिए।

12. परमप्रभुका स्वर्गदूत गिदोन समक्ष प्रकट भए अनि तिनलाई भने, “महान सैनिक! परमप्रभु तिम्रो साथ रहून्।”

13. तब गिदोनले भने, “म शपथ खान्छु हजूर यदि परमप्रभु हामीसित हुनु भएको भए हामीहरूले किन यति धेरै कष्ट पाइरहेका छौं?” हामीले सुनेका छौं कि उहाँले हाम्रा पिता-पुर्खाहरूका निम्ति आश्चर्य जनक कुराहरू गर्नुभयो। हाम्रा पिता-पुर्खाहरूले हामीलाई भने कि परमप्रभुले नै तिनीहरूलाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो। तर परमप्रभुले हामीलाई छाड्नुभयो। परमप्रभुले हामीलाई पराजित गर्न मिद्यानी मानिसहरूलाई दिनुभयो।”

14. परमप्रभु गिदोनतर्फ फर्किनु भयो अनि भन्नुभयो, “तेरो शक्ति प्रयोग गर्। जा मिद्यानी मानिसहरूबाट इस्राएलका मानिसहरूलाई बँचा। म तँलाई तिनीहरूलाई बचाउँन पठाइरहेछु।”

15. तर गिदोनले उत्तर दिए र भने, “मलाई क्षमा गर्नुहोस महाशय। म कसरी इस्राएलीलाई बचाउँन सक्छु र? मनश्शेको कुल समूहमा मेरो गोत्र सबै भन्दा कमजोर छ। अनि म मेरो परिवारको सबै भन्दा कान्छो हुँ।”

16. परमप्रभुले गिदोनलाई उत्तर दिनुभयो र भन्नुभयो, “म तँसित छु। यसर्थ तैंले मिद्यानका मानिसहरूलाई पराजित गर्न सक्नेछस्। यो यस्तो हुनेछ कि तँ एक व्यक्तिसित मात्र युद्ध गरिरहेछस्।”

17. तब गिदोनले परमप्रभुलाई भने, “यदि तपाईं मसित खुशी हुनुभयो भने तपाईं साँच्चै नै परमप्रभु हुनुहुन्छ भनी मलाई प्रमाण दिनु होस्।

18. कृपया यो प्रतिक्षा गर्नुहोस्। म तपाईं कहाँ फर्की नआएसम्म तपाईं नजानुहोस्। मलाई मेरो भेटी ल्याउन अनि तपाईंको समक्ष त्यसलाई राख्न दिनुहोस्।”अनि परमप्रभुले भन्नुभयो, “तँ फर्केर नआएसम्म म पर्खीरहने छु।”

19. यसर्थ गिदोन भित्र गए अनि एउटा सानो पाठो उम्लेको पानीमा पकाए। गिदोनले लगभग एक एपाजस्तो पीठो लिएर अखमीरे रोटी बनाए। त्यसपछि गिदोनले एउटा ढाकीमा मासु हाले अनि मासु उमालेको पानी एउटा भाँडमा हाले। गिदोनले मासु, उमालेको मासुको झोल अनि अखमिरे बिनाको रोटी पकाएर बाहिर ल्याए। गिदोनले त्यो भोजन फलाँटको रूखमुनि परमप्रभुको दूतलाई दिए।

20. परमेश्वरका दूतले गिदोनलाई भने, “त्यो मासु अनि अखमिरे रोटी त्यो चट्टान माथि राख्। त्यसपछि पानी खन्या।” गिदोनले उसलाई स्वर्गदूतले भने जस्तै गरे।

21. परमप्रभुको दूतसित हातमा एउटा हिंडदा टेक्ने लट्ठी थियो। परमप्रभुका दूतले त्यो लट्ठीको टुप्पोले मासु अनि रोटीलाई छोए। तब चट्टानबाट आगो उत्पन्न भयो। मासु अनि रोटी पूर्ण रूपले भस्म भयो। तब परमप्रभुको दूत अदृश्य भए।

22. तब गिदोनले बुझे कि तिनी परमप्रभुको दूतसित कुरा गरिरहेका थिए। यसर्थ गिदोन चिच्याए, “सर्वशक्तिमान परमप्रभु! मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”

23. तर परमप्रभुले गिदोनलाई भन्नुभयो, “शान्त होऊ! भयभीत नहोऊ। तिमी मर्ने छैनौ!”

24. यसर्थ गिदोनले परमप्रभुको आराधना गर्न त्यस स्थानमा एक वेदी निर्माण गरे। गिदोनले त्यो वेदीको नाउँ “परमप्रभु शान्ति हुनुहुन्छ राखे।” त्यो वेदी अझ सम्म ओप्रा शहरमा छँदैछ। ओप्रा त्यो ठाउँ हो जहाँ अबीएजरका परिवार बस्छन्।गिदोनले बालको वेदी ढालि दिन्छन्

25. त्यही राती परमप्रभुले गिदोनसित कुरा गर्नुभयो। परमप्रभुले भन्नुभयो, “तेरो बाबुले पालेको सात वर्ष पुगेको जवान साँढे ले। तेरा बाबुको झूटो देवता बालको एउटा वेदीमा छ। त्यो वेदीको छेउमा एउटा काठको खम्बा पनि छ। त्यो खम्बा झूटा देवी अशेराको सम्मानमा बनाएको छ। त्यो बाल-वेदी ढाल्न साँडेको प्रयोग गर अनि अशेरका खम्बा काटिदे।

26. त्यसपछि परमप्रभु तेरो परमेश्वरको निम्ति ठीक प्रकारको वेदी निर्माण गर। त्यो वेदी यो उच्च भूमिमा निर्माण गर। त्यसपछि त्यो वेदीमा त्यो जवान साँढेलाई मारेर होमबलि दे। तिमीहरूको भेटी जलाउनलाई अशेरको खम्बाको काठ प्रयोग गर।”

27. यसर्थ गिदोनले आफ्ना दशजना सेवकहरू लगे अनि परमप्रभुले तिनलाई जे गर्नु भन्नु भएको थियो त्यही गरे। तर गिदोन तिनका परिवार अनि शहरका मानिसहरूले आफूले के गर्दै छु भनी देख्छन् भनी भयभीत भएका थिए। गिदोनले त्यही गरे जो तिनलाई गर्नुभनी परमप्रभुले भन्नु भएको थियो। तर तिनले त्यो काम दिउँसो होइन राती गरे।

28. शहरका मानिसहरू भोलिपल्ट बिहान उठे। अनि तिनीहरूले बालको वेदी नष्ट पारिएको देखे। तिनीहरूले अशेरका खम्बा पनि काटिएका देखे। त्यो अशेराको खम्बा बालको वेदीको छेउमै थियो। ती मानिसहरूले वेदी पनि देखे जो मिदोनले निर्माण गरेको थियो। अनि तिनीहरूले त्यो साँढे देखे जसलाई वेदीमा बलिदानहरू चढाइएको थियो।

29. शहरका मानिसहरूले एक अर्कालाई हेरे अनि सोधे, “हाम्रो वेदीलाई कसले ढाली दियो? कसले हाम्रो अशेराको खम्बा काटिदियो? कसले यो साँढेलाई यो नयाँ वेदीमा बलिदान चढायो?” तिनीहरूले अनेक प्रश्नहरू सोधे अनि ती कुराहरू कसले गरे भनी जान्ने कोशिश गरे।कसैले तिनीहरूलाई भने, “योआशका छोरा गिदोनले यसो गरे।”

30. यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”

31. तब योआशले त्यो भीडलाई भन्यो जो तिनका वरिपरि उभिएका थिए। योआशले भने, “के तिमीहरू बाल देवताको पक्ष लिंदैछौ? के तिमीहरू बालको उद्धार गर्न खोज्दै छौ? यदि कसैले बालको पक्ष लिन्छौ भने उसलाई बिहान हुँदा मारिनु पर्छ। यदि बाल वास्तवमा देवता भएको भए उसले आफ्नो सुरक्षा आफै गर्नु पर्ने।”

32. योआशले भने, “यदि गिदोनले बालको वेदी ढाल्यो भने बाललाई नै उसित बहस गर्न देऊ।” यसर्थ त्यसदिन योआशले गिदोनलाई नयाँ नाउँ दिए। तिनले उसलाई यरूब्बाल भने।

33. मिद्यानी, अमालेकी अनि अन्य मानिसहरू इस्राएलका मानिसहरूको विरूद्ध लड्न एक साथ मिले। ती मानिसहरू यर्दन नदी पारि गए अनि यिजरेलको बेंसीमा छाउनी हालेर बसे।

34. परमप्रभुको आत्मा गिदोन माथि आउनुभयो; अनि तिनलाई महान शक्ति प्रदान गर्नुभयो। गिदोनले अबीएजरका परिवारलाई आफ्नो अनुसरण गर्नका निम्ति बोलाउनलाई तुरही फुके।

35. गिदोनले मनश्शेका कुल समूहका समस्त मानिसहरू कहाँ दूतहरू पठाए। ती दूतहरूले मनश्शेका मानिसहरूलाई आफ्ना हतियारहरू लिन अनि युद्धका निम्ति तयार हुन भने। गिदोनले आशेर, जबूलून अनि नप्तालीका कुल समूह कहाँ पनि दूतहरू पठाए। ती दूतहरूले त्यही सन्देश लगे। यसर्थ ती कुल समूहहरू पनि गिदोन अनि तिनका मानिसहरूलाई भेट्न गए।

36. तब गिदोनले परमेश्वरलाई भने, “तपाईंले भन्नुभयो कि तपाईंले मलाई इस्राएलका मानिसहरूलाई बचाउँन सहायता गर्नु हुनेछ। मलाई प्रमाण दिनु होस्।

37. म भेडको ऊन ढीकीमाराख्नेछु। यदि भेडको ऊनमा मात्र शीत परेर सबै भूइँहरू सुक्खा रहेको भए म बुझ्ने छु कि तपाईंले भन्नु भए जस्तै इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति तपाईंले मेरो प्रयोग गर्नु हुनेछ।”

38. अनि ठीक त्यस्तै नै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेडको ऊन निचोरे। तिनले भेडको ऊनबाट एक कचौरा भरि पानी निकाले।

39. तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्वोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेडको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेडको ऊन सुक्खा रहोस्।”

40. त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेडाको ऊन सुक्खा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

About न्यायकर्ता Chapter 6

Read न्यायकर्ता Chapter 6 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: न्यायकर्ता
Chapter: 6
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading न्यायकर्ता Chapter 6 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is न्यायकर्ता Chapter 6?

न्यायकर्ता Chapter 6 is part of the Book of न्यायकर्ता in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete न्यायकर्ता Chapter 6 online for free with easy chapter navigation.

More Chapters from न्यायकर्ता

  1. न्यायकर्ता Chapter 1
  2. न्यायकर्ता Chapter 13
  3. न्यायकर्ता Chapter 15
  4. न्यायकर्ता Chapter 10
  5. न्यायकर्ता Chapter 5
  6. न्यायकर्ता Chapter 19
  7. न्यायकर्ता Chapter 17

Explore More from पुरानो करार

  1. होशे Chapter 11
  2. नहूम Chapter 2
  3. व्यवस्था Chapter 19
  4. उत्पत्ति Chapter 41
  5. व्यवस्था Chapter 3
  6. इजकिएल Chapter 11
  7. 1 शमूएल Chapter 28

Related Chapters & Readings

  1. भजनसंग्रह Chapter 28
  2. मत्ती Chapter 14
  3. भजनसंग्रह Chapter 61
  4. गन्ती Chapter 5
  5. 1 तिमोथी Chapter 3
  6. भजनसंग्रह Chapter 14
  7. मर्कूस Chapter 5
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *