Read न्यायकर्ता Chapter 12 Online
Read न्यायकर्ता Chapter 12 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.
Choose a Chapter
न्यायकर्ता 12
अध्याय 12
1. एप्रैमका कुल समूहका मानिसहरूले तिनीहरूका समस्त सैनिकहरूलाई साथ बोलाए। त्यसपछि तिनीहरू नदी पारिको सापोन शहरमा गए। तिनीहरूले यिप्तहलाई भने, “तिमीले अम्मोनी मानिसहरूको विरूद्ध युद्ध गर्दा हामीहरूलाई सहायताका निम्ति किन बोलाउनु भएन तपाईंलाई तपाईंको घर संगै जलाउने छौं।”
2. यिप्तहले तिनीहरूलाई उत्तर दिए, “अम्मोनी मानिसहरूले हामीलाई अनेक समस्याहरू उत्पन्न गराइरहे। यसर्थ म अनि मेरो मानिसहरू तिनीहरूको विरूद्ध लडेका हौं। मैले तिमीहरूलाई बोलाएँ, तर तिमीहरू हामीलाई सहायता गर्न आएनौ।
3. तिमीहरूले हामीलाई सहायता गर्ने छैनौं भनी मैले देखे। यसर्थ मैले आफ्नै जीवनलाई जोखिममा पारे। अम्मोनी मानिसहरू विरूद्ध लड्न म नदीपारि गएँ। परमप्रभुले मलाई तिनीहरूमाथि पराजित गर्नमा सहयोग प्रदान गर्नु भयो। अब, आज तिमीहरू किन मसित लड्न आउछौं?”
4. त्यसपछि यिप्तहले गिलादका मानिसहरूलाई एक साथ बोलाए। तिनीहरूले एप्रैमका कुल समूहका मानिसहरूको विरूद्ध युद्ध गरे। तिनीहरू एप्रैमका मानिसहरूको विरूद्ध लडे किनभने ती मानिसहरूले गिलादका मानिसहरूको अपमान गरेका थिए। तिनीहरूले भनेका थिए, “तिमी गिलादका मानिसहरू केही होइनौ एप्रैममा छोडीएका मानिसहरू मात्र हौ। तिमीहरूको आफ्नो निवास भूमिधरि छैन। तिमीहरूको अंश एप्रैमको हो। अनि तिमीहरूको अंश मनश्शेको हो।” गिलादका मानिसहरूले एप्रैमका मानिसहरूलाई पराजित गरिदिए।
5. गिलादका मानिसहरूले ती स्थानहरू अधिकारमा लिए जहाँबाट मानिसहरू यर्दन नदीपार गर्छन्। ती ठाउँहरूबाट एप्रैम देशतिर जान्छ। एप्रैममा बाँचेका जो कोही पनि नदीमा आउँछन् उसले भन्छन्, “मलाई पारि तर्न देऊ।” तब गिलादका मानिसहरू उसलाई सोध्छन्, “के तिमी एप्रैमका मानिस हौ?” यदि उसले “होइन,” भन्यो भने
6. तिनीहरूले भन्छन्, “‘शिब्बोलेत’ शब्द भन।” एप्रैमका मानिसहरू त्यो शब्द ठीकसित भन्न सक्तैन थिए। तिनीहरूले त्यो शब्द ठीकसितले भन्न सक्तैन थियो। तिनीहरूले त्यो शब्दको उच्चारण “सिब्बोलेत” भनी गर्थे। यसर्थ, यदि त्यस व्यक्तिले “सिब्बोलेत” भनी उच्चारण गरे भने गिलादका मानिसहरू बुझ्थे कि उ एप्रैमका मानिस हुन्। यसर्थ उसलाई तिनीहरूले पार गर्ने स्थानमा मारिदिन्थे। तिनीहरूले एप्रैमका 42,000 मानिसहरूलाई मारे।
7. यिप्तह छः वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता थिए। त्यसपछि गिलादमा यिप्तहको देहान्त भयो। तिनीहरूले तिनलाई तिनकै गिलादको शहरमा गाडिदिए।
8. यिप्तह पछि इब्सान नाउँका मानिस इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। इब्सान बेतलेहेम शहरका थिए।
9. इब्सानका तीस जना छोराहरू अनि तीस जना छोरीहरू थिए। तिनले आफ्ना तीसजना छोरीहरूलाई ती मानिसहरूसित विवाह गर्न जो तिनका आफन्तहरू होइनन्। अनि तिनले आफ्ना आफन्त नपर्ने तीस जना स्त्रीहरू खोजे अनि तिनका छोराहरूले ती स्त्रीहरूलाई विवाह गरे। इब्सान सात वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए।
10. तब इब्सानको मृत्यु भयो। तिनलाई बेतलेहेम शहरमा गाडियो।
11. इब्सान पछि एलोन नाउँका मानिस इस्राएली मानिसहरूका न्यायकर्त्ता भए। एलोन जबूलूनका कुल समूहका थिए। तिनी दश वर्षसम्म इस्राएलका मानिसहरूका न्यायकर्त्ता रहे।
12. तब जबूलूनका कुल समूहका एलोनको मृत्यु भयो। तिनलाई जबूलूनको अय्यालोन शहरमा गाडियो।
13. एलोनको मृत्युपछि हिल्लेलका छोरा अब्दोन इस्राएलका मानिसहरूका न्यायकर्त्ता थिए। अब्दोन पिरातोन शहरका थिए।
14. अब्दोनका चालीस जना छोराहरू अनि तीस जना नातीहरू थिए। तिनीहरू सत्तरी वटा गधामा चढथे। अब्दोन आठ वर्षसम्म इस्राएली मानिसहरूका न्यायकर्त्ता रहे।
15. तब हिल्लेलका छोरा अब्दोनको मृत्यु भयो। तिनलाई पिरातोन शहरमा दफन गरिदिए। पिरातोन एप्रैम देशमा छ। यो पहाडी देशमा छ जहाँ अमालेकी मानिसहरू बस्छन्।
About न्यायकर्ता Chapter 12
Read न्यायकर्ता Chapter 12 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: न्यायकर्ता
Chapter: 12
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading न्यायकर्ता Chapter 12 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is न्यायकर्ता Chapter 12?
न्यायकर्ता Chapter 12 is part of the Book of न्यायकर्ता in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete न्यायकर्ता Chapter 12 online for free with easy chapter navigation.
More Chapters from न्यायकर्ता
- न्यायकर्ता Chapter 1
- न्यायकर्ता Chapter 15
- न्यायकर्ता Chapter 13
- न्यायकर्ता Chapter 10
- न्यायकर्ता Chapter 7
- न्यायकर्ता Chapter 6
- न्यायकर्ता Chapter 5
Explore More from पुरानो करार
- अय्यूब Chapter 30
- इजकिएल Chapter 31
- व्यवस्था Chapter 33
- प्रस्थान Chapter 25
- न्यायकर्ता Chapter 2
- इजकिएल Chapter 1
- भजनसंग्रह Chapter 129