न्यायकर्ता Chapter 20

For English

Read न्यायकर्ता Chapter 20 Online

Read न्यायकर्ता Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.

Choose a Chapter

न्यायकर्ता 20

अध्याय 20

1. यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।

2. इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।

3. बिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्राएलका मानिसहरू मिस्पामा एकसाथ भेट गरिरहेछन्। इस्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”

4. यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं।

5. तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो।

6. यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।

7. अब इस्राएलका सबै मानिसहरू, बोल्नुहोस्। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेऊ।”

8. तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन।

9. अब गिबा शहर प्रति हामी जे गर्छौ त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउन् भनी चिट्ठा गर्ने छौं।

10. हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”

11. यसर्थ इस्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए।

12. इस्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो?

13. गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्राएलका मानिसहरू माझको दुष्टता हटाउनै पर्छ।”तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्।

14. बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए

15. बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए

16. त्यसमा देब्रेहातद्वारा लडन सकने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।

17. बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्राएलका कुल समूहहरूका 4,00,000 सशस्त्र अनि लडकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए।

18. इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”

19. भोलीपल्ट विहानै इस्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले।

20. तब इस्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरूद्ध गिबा शहरमा तयार भए। बिन्यामीन सेनाहरूले 22,000 इस्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।

21. इस्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए। तिनीहरूले परमप्रभुसँग सोधे, “हामी फेरि बिन्यामीनका मानिसहरूको विरूद्ध युद्ध गर्नु? ती मानिसहरू हाम्रा आफन्तहरू हुन्।”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरूद्ध युद्ध गर।” इस्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।

24. तब इस्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो।

25. बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।

26. त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।

27. इस्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो।

28. त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”

29. तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए।

30. इस्राएलका सेना तेस्रो दिन गिबा शहरको विरूद्ध लडाँईं गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए।

31. बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरूद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गेरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो।

32. बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।”इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे।

33. यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्वमण गरे।

34. इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्वमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घटूना घटूनेवाला छ त्यो थाहा थिएन।

35. परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो।

36. यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्वमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए।

37. ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए।

38. अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।

39. बिन्यामीनका सेनाले प्रायः तीसजना इस्राएली सैनिकहरू मारेका थिए। यसर्थ बिन्यामीनका मानिसहरू भन्दै थिए, “हामी अघि जस्तै विजय गरिरहेछौं।” तर त्यसैबेला शहरबाट धुवाँको ठूलो बादल माथि उठून थाल्यो। बिन्यामीनका मानिसहरू घुमेर फर्किए अनि त्यो धूवाँ देखे। सम्पूर्ण शहर आगोको ज्वालामा थियो। तब इस्राएलका सेना भाग्न छाडे। तिनीहरू फर्किए र लडून शुरूगरे। बिन्यामीनका मानिसहरू भयभीत भए। अब तिनीहरूले बुझे तिनीहरू प्रति कस्तो भयानक कुरा घटूनेछ।

42. यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरूभूमि तिर भागे। तर तिनीहरू लडइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए।

43. इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे।

44. यसरी 18,000 साहसी अनि बलवान बिन्यामीन लडकु सैनिकहरू मारिए।

45. बिन्यामीनका सेना फर्किए अनि मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे। तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरू 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।

46. त्यस दिन बिन्यामीन सेनाका 25,000 मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्वारा साहससित युद्ध गरे।

47. तर बिन्यामीनका 600 मानिसहरू मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे।

48. इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।

About न्यायकर्ता Chapter 20

Read न्यायकर्ता Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: न्यायकर्ता
Chapter: 20
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading न्यायकर्ता Chapter 20 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is न्यायकर्ता Chapter 20?

न्यायकर्ता Chapter 20 is part of the Book of न्यायकर्ता in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete न्यायकर्ता Chapter 20 online for free with easy chapter navigation.

More Chapters from न्यायकर्ता

  1. न्यायकर्ता Chapter 1
  2. न्यायकर्ता Chapter 13
  3. न्यायकर्ता Chapter 5
  4. न्यायकर्ता Chapter 3
  5. न्यायकर्ता Chapter 19
  6. न्यायकर्ता Chapter 15
  7. न्यायकर्ता Chapter 10

Explore More from पुरानो करार

  1. जकरिया Chapter 9
  2. 2 राजा Chapter 8
  3. यशैया Chapter 16
  4. 1 राजा Chapter 17
  5. हितोपदेश Chapter 23
  6. एज्रा Chapter 1
  7. उत्पत्ति Chapter 42

Related Chapters & Readings

  1. 2 इतिहास Chapter 8
  2. 2 शमूएल Chapter 5
  3. लूका Chapter 11
  4. नहेम्याह Chapter 13
  5. भजनसंग्रह Chapter 14
  6. भजनसंग्रह Chapter 21
  7. अय्यूब Chapter 11
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *