न्यायकर्ता Chapter 1

For English

Read न्यायकर्ता Chapter 1 Online

Read न्यायकर्ता Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.

Choose a Chapter

न्यायकर्ता 1

अध्याय 1

1. यहोशूको मृत्युपछि इस्राएलका मानिसहरूले परमप्रभुलाई प्रार्थना गरे। तिनीहरूले भने, “हाम्रा निम्ति कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न पहिला हाम्रो कुन कुल समूह जानु पर्छ?”

2. परमप्रभुले इस्राएली मानिसहरूलाई भन्नुभयो, “यहूदाको कुल समूह जानेछ। म तिनीहरूलाई यो भूमि लिन सहायता गर्नेछु।”

3. यहूदाका मानिसहरूले तिनीहरूको दाजू-भाई शिमोनका मानिसहरूसित सम्झौता गरे, “आऊ हामीलाई सहायता गर्न हाम्रो क्षेत्रमा युद्ध गर अनि हामीहरू त्यसरी नै तिमीहरूको क्षेत्र जित्न तिमीहरूलाई सहायता गर्नेछौ।” शिमोनका मानिसहरू राजी भए र यहूदाका मानिसहरू, तिनीहरूका दाज्यू-भाईहरूलाई सहायता गर्न गए।

4. परमप्रभुले यहूदाका मानिसहरूलाई कनानीहरू अनि परिज्जीहरूलाई पराजित गर्नमा सहायता प्रदान गर्नुभयो। यहूदाका मानिसहरूले दशहजार मानिसहरूलाई बेजेक शहरमा मारिदिए।

5. बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे।

6. बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए।

7. तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्वाहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो।

8. यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू उपयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए।

9. पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे।

10. तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ कियर्त अर्बा थियो) यहूदाका मानिसहरूले शेसै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे।

11. यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यतसेपेर भनिन्थ्यो)

12. तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडईं गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्वमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गर्नदिनेछु।”

13. कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए।

14. अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन कालेबले तिनलाई भने, “के गल्ती भयो?”

15. अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्वा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए।

16. मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसंग खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरूभूमिमा गए, र त्यहाँका मानिसहरूसंग बसोबास गर्न लागे।

17. केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्वमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे।

18. यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्वोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे।

19. यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए।

20. मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए।बिन्यामीन कुलका मानिसहरू यरूशलेममा बस्छन्

21. बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्।

22. यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो। यूसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए।

24. जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्वमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।”

25. त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए।

26. त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ।

27. कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।

28. पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्।

29. एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घटूना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे।

30. जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।

31. आशेर कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। आशेरका मानिसहरूले अन्य मानिसहरूलाई अक्को, सीदोन, अहलाब, अक्जबी, हेलबा, अपीक अनि रहोब शहरहरू छोडन कर गरेनन्।

32. आशेरका कुल समूहका मानिसहरूले पनि ती कनानीहरूलाई तिनीहरूका भूमि छोड्न कर लगाएनन्। यसर्थ कनानीहरू आशेरका मानिसहरूसित बसिरहे।

33. नप्ताली कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। नप्तालीका मानिसहरूले कनानी मानिसहरूलाई बेतशेमेश अनि बेतनात शहरहरू छोड् भनी कर गरेनन्। यसरी नप्तालीका मानिसहरू ती मानिसहरूसित ती शहरहरूमा रहे। ती कनानी मानिसहरूले नप्ताली मानिसहरूका निम्ति दासको रूपमा काम गरे।

34. एमोरी मानिसहरूले दानका कुल समूहका मानिसहरूलाई पहाडी देशमा बस्न बाध्य तुल्याए। तिनीहरू पहाडतिर बस्नु पर्यो किनभने एमोरी मानिसहरूले तिनीहरूलाई उपत्यकामा बस्न तल झर्न दिएनन्।

35. एमोरी मानिसहरूले हेरेस पर्वत, अय्यालोन अनि शाल्बीममा रहने निर्णय गरे। पछि यूसुफका कुल समूह शक्तिशाली भए। तब तिनीहरूले एमोरी मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्ने तुल्याए।

36. एमोरी मानिसहरूको भूमि बिच्छी घाँटी देखि सेला अनि सेला पारिको पहाडी देशसम्म थियो।

About न्यायकर्ता Chapter 1

Read न्यायकर्ता Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: न्यायकर्ता
Chapter: 1
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading न्यायकर्ता Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is न्यायकर्ता Chapter 1?

न्यायकर्ता Chapter 1 is part of the Book of न्यायकर्ता in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete न्यायकर्ता Chapter 1 online for free with easy chapter navigation.

More Chapters from न्यायकर्ता

  1. न्यायकर्ता Chapter 13
  2. न्यायकर्ता Chapter 19
  3. न्यायकर्ता Chapter 10
  4. न्यायकर्ता Chapter 5
  5. न्यायकर्ता Chapter 3
  6. न्यायकर्ता Chapter 17
  7. न्यायकर्ता Chapter 15

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 150
  2. भजनसंग्रह Chapter 47
  3. 1 शमूएल Chapter 25
  4. यर्मिया Chapter 46
  5. भजनसंग्रह Chapter 140
  6. अय्यूब Chapter 18
  7. इजकिएल Chapter 9

Related Chapters & Readings

  1. यर्मिया Chapter 50
  2. मत्ती Chapter 1
  3. 1 कोरिन्थी Chapter 3
  4. गलाती Chapter 4
  5. लूका Chapter 15
  6. 1 इतिहास Chapter 3
  7. भजनसंग्रह Chapter 124
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *