ओबदिया Chapter 1

For English

Read ओबदिया Chapter 1 Online

Read ओबदिया Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of ओबदिया in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of ओबदिया and the Holy Bible online.

Choose a Chapter

1

ओबदिया 1

अध्याय 1

1. यो ओबदियाको दर्शन हो। परमप्रभु मेरा मालिकले एदोमको विषयमा यसो भन्नुहुन्छःहामीले परमप्रभु परमेश्वरबाट एउटा विवरण सुन्यौ। देशहरूमा एउटा राजदूत पठाइएको थियो। उनले भने, “आऊ, एदोमको बिरूद्ध युद्ध गरौ।”

2. “एदोम, म तिमीलाई सब भन्दा सानो देश बनाई दिनेछु। मानिसहरूले तिमीलाई घृणा गर्नेछन्।

3. तिम्रो आफ्नो घमण्डले तिमीलाई धोका दिएकोछ। तिमी अग्लो पहडहरूको गुफामाहरू बस्नेछौ। तिम्रो घर पहाको अग्लाईमा छ र तिमी आफ्नो मनमा भन्छौ कि ‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”

4. परमेश्वर परमप्रभु भन्नुहुन्छ, “यद्यपि तिमीले चील जस्तै माथि उड्‌यौ, अनि आफ्नो गुँड ताराहरूको बीचमा बनायौ भने पनि, म तिमीलाई त्यहाँबाट तल ल्याउँनेछु।”

5. तिमी साँच्चै नै सर्वनाश हुनेछौ! हेर यदि कुनै चोर तिमी कहाँ आए, जब राती डाकु आए, तिनीहरू आफ्नो निम्ति यथेष्ट हुने मात्र लुटेर जानेछ। यदि तिम्रो दाखको बारीमा दाख चोर्न आए दाख टिपी सकेपछि उसले पनि आफ्नो पछाडी केही नकेही छोडेर जान्छ।

6. तर हे एसाव! तिमीबाट तिम्रो सबै कुरो खोसिनेछ। मानिसहरूले लुकाएको सबै भण्डार खोजेर निकाल्नेछन्, अनि सबै भेट्उ नेछन्।

7. तिम्रा मित्र राष्ट्रहरूले तिमीलाई आक्रमण गर्छन् र सिमानाबाट तिमीलाई तान्छन्। तिनीहरू तिम्रा मित्रहरू हुन् भनी मानिएका छन्। तर तिनीहरूले तिमीलाई धोका दिन्छन् र तिमीलाई पराजय गर्छन्। ती जसले तिम्रो रोटी तिमीसित मिलेर खान्छन् तिनीहरूले तिम्रो विरूद्ध पड्‌यन्त्र गरिरहेका छन्। र तिमीलाई त्यो थाहासम्म पनि हुँदैन।”‘

8. परमप्रभु भन्नुहुन्छ, “त्यस दिन एदोमको बुद्धिमानी मानिसहरूलाई नष्ट पार्नेछु अनि एसावको पहाडबाट समझदार मानिसहरूलाई नष्ट पार्नेछु।

9. त्यस समय तेमान, तिम्रो शक्तिशाली मानिसहरू डराउँने छन्। अनि एसाव पहाडको प्रत्येक मानिस नष्ट हुनेछन्।

10. तिमी लाजले पूरिने छौ अनि तिमी सधैंको निम्ति नष्ट हुनेछौ। किनकि आफ्नो भाइ याकूब प्रति तिमी अत्यन्तै निर्दयी भयौ।

11. त्यस समय तिमी सहायता बिना अर्को पट्टि हुनेछौ। अपरिचितले याकूबको भण्डार लिएर गयो। विदेशीहरू इस्राएल शहरको दैलोबाट पस्यो, ती विदेशीले चिट्ठा राखेर निश्चय गरे कि तिनीहरूले यरूशलेमको कुन चाँहि भाग लिने। त्यससमय तिमी चाँहि अर्को तिर उभिरहेको थियौ।

12. तिमी आफ्नो भाइको विपत्तिमा, त्यो प्रति हाँस्यौ। तिमीले यसो गर्नुहुँदैन थियो। तिमी त्यससमय खुशी थियौ। जब मानिसहरूले यहूदालाई नष्ट पारे। तिमीले त्यसो गर्नु हुँदैन थियो। उनिहरूको विपत्तिको समयमा, तिमीले तिनीहरूको खिल्ली उडायौ। तिमीले त्यसो गर्नु हुँदैन थियो।

13. तिमी मेरो शहरको दैलोबाट भित्र पसेर अनि उनीहरूको समस्यामा हाँस्यौ। तिमीले त्यसो गर्नु हुँदैन थियो। उसको त्यस्तो विपत्ति उनीहरूको धनको भण्डार लियौ तिमीले त्यस्तो गर्नु हुँदैन थियो।

14. तिमी दोबाटोहरूमा उसको जीवन बचाउँने चेष्टा गर्दै भगुवालाई रोक्न उभिनु हुँदैन थियो, तिमीले उसको बाँचेकाहरूलाई दुःखको दिनमा उसको हातमा सुम्पिनु हुँदैन थियो।

15. सबै देशहरूमा चाँडै नै परमप्रभु आउँनु हुने दिन आउँदैछ। तिमीले अन्य मानिसहरूसंग नराम्रो काम गरेकाछौ। त्यही नराम्रो काम तिमीले भोग्नु पर्ने छ। सबै नराम्रो कर्महरूको फल थाप्लोमा पर्नेछ।

16. किनकि जसरी तिमीले पवित्र पहाडमा दाखरस पिएर खुशी मनायौ, त्यसरी नै सबै अन्य जातिहरूले निरन्तर मेरो दण्ड पिउँनेछन् अनि उनीहरू सबै लोप भएर जानेछन्।

17. तर सियोन पहाडमा केही जीवितहरू हुनेछन्। र सियोन पवित्र हुनेछ। याकूबको देशले सबै चीजहरू फेरि पाउँनेछ जुन त्यसको थियो।

18. याकूबको कुल बल्दै गरेको आगो जस्तै हुनेछ। यूसुफको घर आगोको ज्वाला जस्तै हुनेछ। तर एसावको देश चाँहि अँगार जस्तै हुनेछ। यहूदाका मानिसहरूले एदोमको मानिसहरूलाई नष्ट पार्नेछन्। एसावको राष्ट्रमा कोही पनि बाँच्नेछैन।” किनभने परमप्रभु परमेश्वरले यसो भन्नु भएकोछ।

19. तब नगेवका मानिसहरूले एसावको पहाडहरू अधिकार गर्नेछन् र बेंसीकाहरूले पलिश्तीको भूमिहरूमा अधिकार गर्नेछन्। यहूदाका मानिसहरूले एप्रैम र सामरियाको भूमिहरूमा अधिकार गर्नेछन् र बिन्यामीनले गिलादलाई अधिकार गर्नेछ।

20. इस्रएलीहरूका निर्वासितहरूले कनानीहरूको भूमि सपाराद सम्म आफ्नो बनाउनेछन्। यहूदाका मानिसहरूलाई यरूशलेम छोडनु र सपारादमा बस्न विवश पारिएको थियो। तर उनीहरूले नेगव शहरलाई अधिकार गर्नेछन्।

21. विजयीहरू सियोन पर्वतमा हुनेछन्। ती मानिसहरूले एसाव पर्वतका बासिन्दाहरूमाथि शासन गर्नेछन् र राज्य परमप्रभुको हुनेछ। 

About ओबदिया Chapter 1

Read ओबदिया Chapter 1 online from the Holy Bible. This chapter is part of the Book of ओबदिया in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: ओबदिया
Chapter: 1
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading ओबदिया. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading ओबदिया Chapter 1 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is ओबदिया Chapter 1?

ओबदिया Chapter 1 is part of the Book of ओबदिया in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete ओबदिया Chapter 1 online for free with easy chapter navigation.

More Chapters from ओबदिया

Explore More from पुरानो करार

  1. इजकिएल Chapter 31
  2. हितोपदेश Chapter 28
  3. व्यवस्था Chapter 20
  4. यर्मिया Chapter 9
  5. भजनसंग्रह Chapter 69
  6. प्रस्थान Chapter 1
  7. व्यवस्था Chapter 5

Related Chapters & Readings

  1. न्यायकर्ता Chapter 13
  2. 2 इतिहास Chapter 29
  3. मर्कूस Chapter 9
  4. 2 इतिहास Chapter 31
  5. यर्मिया Chapter 16
  6. लेवी Chapter 15
  7. यर्मिया Chapter 36
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *