न्यायकर्ता Chapter 10

For English

Read न्यायकर्ता Chapter 10 Online

Read न्यायकर्ता Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of न्यायकर्ता and the Holy Bible online.

Choose a Chapter

न्यायकर्ता 10

अध्याय 10

1. अबीमेलेकको मृत्यु पछि इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति परमप्रभुले अर्को न्यायकर्त्तालाई पठाउनु भयो। त्यो मानिसको नाउँ तोला थियो। तोला, पूआ नाउँ गरेका मानिसका छोरा थिए। पूआ दोदो नाउँका मानिसका छोरा थिए। तोला इस्साकारका कुल समूहका थिए। तोला शमीर शहरमा बस्थे। शमीर शहर एप्रैमको पहाडी देशमा थियो।

2. तोला तेईस वर्षसम्म इस्राएलका मानिसहरूका निम्ति न्यायकर्त्ता भए। तब तोलाको मृत्यु भयो अनि शमीर शहरमा तिनलाई दफन गरियो।

3. तोलाको मृत्यु भएपछि परमेश्वरद्वारा अर्को न्यायकर्त्तालाई पठाइए। त्यस मानिसको नाउँ याईर थियो। याईर गिलादको इलाकामा बस्थे। याईर बाईस वर्षसम्म इस्राएलका मानिसहरूको न्यायकर्त्ता भए।

4. याईरका तीस जना छोराहरू थिए। ती तीस जना छोराहरू तीसवटा गधामा चढ्थे। ती तीस छोराहरूले गिलादका इलाकाका तीसवटा शहरलाई नियन्त्रणमा राखेका थिए। ती शहरहरूलाई आजको दिनसम्म याईरका शहरहरू भनिन्छन्।

5. याईरको मृत्यु भयो अनि तिनी कामोन शहरमा गाडिए।

6. फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित तिनीहरूको करार भङ्ग गरेका थिए। तिमीहरूले झूटा बालदेवता अनि अश्तोरेत को पूजा गर्न थाले। तिनीहरूले अरामका मानिसहरूका देवताहरू, सीजोनका मानिसहरूका देवताहरू, मोआबका मानिसहरूका देवताहरू, अम्मोनका मानिसहरूका देवताहरू अनि पलिश्ती मानिसहरूका देवताहरूको पनि पूजा गर्न थाले। इस्राएलका मानिसहरूले परमप्रभुलाई छाडे र उहाँको सेवा गर्न बन्द गरे।

7. यसर्थ परमप्रभु इस्राएलका मानिसहरू प्रति क्वोधित हुनुभयो। परमप्रभुले पलिश्ती अनि अम्मोनी मानिसहरू द्वारा तिनीहरूलाई पराजित पार्न दिनुभयो।

8. त्यसैवर्ष यर्दन नदीको पूर्वतर्फ गिलादको इलाकामा बस्ने इस्राएलका मानिसहरूलाई ती मानिसहरूले नष्ट गरे। त्यो, यो भूमि थियो जहाँ एमोरी मानिसहरू बस्दथे। इस्राएलका ती मानिसहरूले अठार वर्षसम्म दुःख भोगे।

9. अम्मोनी मानिसहरू त्यसपछि यर्दन नदी पारि गए। तिनीहरू यहूदा, बिन्यामीन अनि एप्रैमका मानिसहरूसित युद्ध गर्न गए। अम्मोनी मानिसहरूले इस्राएलका मानिसहरू माथि अनेक कष्टहरू ल्याए।

10. यसर्थ इस्राएलका मानिसहरूले सहायताको निम्ति परमप्रभुसंग विलाप गरे। तिनीहरूले भने, “हे परमेश्वर हामीले तपाईंको विरूद्ध पाप गरेका छौं। हामीले आफ्ना परमेश्वरलाई त्याग गर्यौ अनि झूटा देवता बाललाई पूज्यौ।”

11. परमप्रभुले इस्राएलका मानिसहरूलाई उत्तर दिनुभयो, “जब तिमीहरूलाई मिश्रदेशका, एमोरी, अम्मोनी अनि पलिश्ती मानिसहरूले घात पुर्याए तिमीहरूले म कहाँ विलाप गर्यौ। मैले तिमीहरूलाई यी मानिसहरूबाट बचाएँ।

12. जब सीदोनी, अमालेकी अनि मिद्यानी मानिसहरूले तिमीहरूलाई दुःख दिए तिमीहरू म प्रति रोयौ। ती मानिसहरूबाट पनि मैले तिमीहरूलाई बचाएँ।

13. तर तिमीहरूले मलाई त्यागेर अन्य देवताहरू पूज्न थाल्यौ। यसर्थ फेरि तिमीहरूलाई बचाउँन म अस्वीकार गर्छु।

14. तिमीहरू अन्य देवताहरूको पूजा गर्न मन पराउँछौ यसर्थ जाऊ, सहायताका निम्ति तिनीहरूलाई पुकार। जब तिमीहरू विपदमा पर्छौ ती देवताहरूलाई नै तिमीहरूको रक्षा गर्न देऊ।”

15. तर इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं। तपाईं हामी प्रति जे गर्न चाहनुहुन्छ त्यही गर्नु होस्। तर कृपया हामीलाई आज बचाउँनुहोस्।”

16. तब इस्राएलका मानिसहरूले अरू देवताहरूलाई फ्याँकि दिए। तिनीहरूले फेरि परमप्रभुको आराधना गर्न शुरू गरे। यसरी जब उहाँले तिनीहरूले यातना भोगेको देख्नु भयो तिनीहरू प्रति परमप्रभु दुःखीत हुनुभयो।

17. अम्मोनी मानिसहरू युद्धका निम्ति एकत्रित भए। तिनीहरूको छाउनी गिलादको इलाकामा थियो। इस्राएलका मानिसहरू एकत्रित भए। तिनीहरूको छाउनी मिस्पा शहरमा थियो।

18. गिलादको इलाकामा बस्ने मानिसहरूका अगुवाहरूले भने, “जो कसैले हामीलाई अम्मोनी मानिसहरू माथि आक्वमण गर्न अगुवाई गर्छ उही गिलादमा बस्ने सबै मानिसहरूको अगुवा हुनेछ।”

About न्यायकर्ता Chapter 10

Read न्यायकर्ता Chapter 10 online from the Holy Bible. This chapter is part of the Book of न्यायकर्ता in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: न्यायकर्ता
Chapter: 10
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading न्यायकर्ता. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading न्यायकर्ता Chapter 10 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is न्यायकर्ता Chapter 10?

न्यायकर्ता Chapter 10 is part of the Book of न्यायकर्ता in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete न्यायकर्ता Chapter 10 online for free with easy chapter navigation.

More Chapters from न्यायकर्ता

  1. न्यायकर्ता Chapter 1
  2. न्यायकर्ता Chapter 15
  3. न्यायकर्ता Chapter 13
  4. न्यायकर्ता Chapter 5
  5. न्यायकर्ता Chapter 19
  6. न्यायकर्ता Chapter 17
  7. न्यायकर्ता Chapter 14

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 62
  2. नहूम Chapter 1
  3. यर्मिया Chapter 13
  4. यशैया Chapter 31
  5. भजनसंग्रह Chapter 56
  6. 1 शमूएल Chapter 9
  7. 2 शमूएल Chapter 12

Related Chapters & Readings

  1. प्रेरितहरूको काम Chapter 28
  2. यशैया Chapter 27
  3. हबकूक Chapter 1
  4. 1 शमूएल Chapter 12
  5. गन्ती Chapter 31
  6. अय्यूब Chapter 1
  7. मर्कूस Chapter 13
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *