Read 1 इतिहास Chapter 11 Online
Read 1 इतिहास Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of 1 इतिहास and the Holy Bible online.
Choose a Chapter
1 इतिहास 11
अध्याय 11
1. इस्राएलका सबै मानिसहरू हेब्रोन शहरमा दाऊदकहाँ आए। तिनीहरूले दाऊदलाई भने, “हामी तपाईकै मासु र रगत हौं।
2. अतीतमा तपाईले हामीलाई युद्धमा अगुवाइ गर्नु भयो। तपाईले शाऊल राजा हुँदा पनि हाम्रो अगुवाई गर्नु भयो। परमप्रभुले तपाईलाई भन्नु भयो, ‘दाऊद तँ इस्राएलका मेरा मानिसहरूलको गोठालो हुनेछस्। तँ मेरा मानिसहरूको प्रधान हुनेछस्।”
3. इस्राएलका सबै बूढा-प्रधानहरू हेब्रोन शहरमा दाऊद कहाँ आए। दाऊदले हेब्रोनमा परमप्रभु समक्ष ती बूढा-प्रधानहरूसित एक करार गरे अनि ती बूढा-प्रधानहरूले दाऊदलाई अभिषेक गरे। तिनीहरूले तिनलाई इस्राएलका राजा बनाए। परमप्रभुले यसो हुन्छ भनी वचन दिनु भएको थियो। परमप्रभुले त्यो वचन दिनुका निम्ति शमूएलाई प्रयोग गर्नु भएको थियो।
4. दाऊद अनि इस्राएलका सबै मानिसहरू यरूशलेम शहर गए। यरूशलेमलाई त्यस समयमा यबूस भनिन्थ्यो। त्यो शहरमा बस्ने मानिसहरूलाई यबूसी भनिन्थ्यो। त्यो शहरमा
5. जो मानिसहरू बस्थे तिनीहरूले दाऊदलाई भने, “तपाई हाम्रो शहर भित्र आउन सक्नु हुन्न।” तर दाऊदले ती मानिसहरूलाई परास्त गरिदिए। दाऊदले सियोनको किल्ला लिए। यो स्थान दाऊदको शहर बन्यो।
6. दाऊदले भने, “त्यो व्यक्ति जसले यबूसी मानिसहरू माथि आक्रमण गर्छ, मेरा सम्पूर्ण सेनाको सेनापति हुनेछ।” यसर्थ योआबले आक्रमणको अगुवाई गरे। योआब सरूयाहका छोरा थिए। योआब सेनाका सेनापति बने।
7. तब दाऊदले किल्लामा आफ्ना घर बनाए। त्यसै कारणले यसलाई दाऊदको शहर नाउँ दिइएको हो।
8. दाऊदले किल्ला वरिपरि शहर बसाए। तिनले यो मिल्लो देखि शहर वरिपरिको सबै ठाउँमा पर्खाल बनाए। योआबले शहरका अन्य भागको मर्मत गरे।
9. दाऊद लगातार सफल हुँदैगए। सर्वशक्तिमान परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
10. यो सूची दाऊदका विशेष सेनापतिहरूको हो। यी बीरहरू दाऊदसित तिनका राज्यमा अति शक्तिशाली बने। तिनीहरू र इस्राएलका सबै मानिसहरूले दाऊदलाई सहयोग गरे अनि तिनलाई राजा बनाए। यो परमेश्वरले वचन दिनु भए जस्तै भयो।
11. यो सूची दाऊदका विशेष सैनिकहरूको होःयाशोबाम हक्मोनी थिए। याशोबाम अधिकारीहरूका अगुवा थिए। याशोबामले एकै पल्टमा तीन सय मानिसहरूलाई आफ्नो भाला प्रयोग गरेर मारे।
12. अर्को अहोही दोदोका छोरा एलाजार थिए। एलाजार ती तीन वीरहरू मध्ये एक थिए।
13. एलाजार पास-दम्मीममा दाऊदसँग थिए। पलिश्तीहरू युद्ध लडन तयारीको निम्ति त्यस स्थानमा आएका थिए। त्यस स्थान एक जौंले भरिएको खेत थियो। इस्राएलीहरू पलिश्तीहरू देखि भागे।
14. तर ती तीन बीरहरू त्यही खेतमा बसीरहे अनि त्यसलाई रक्षा गरे। तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। परमप्रभुले इस्राएलका मानिसहरूलाई महान विजय दिनुभयो।
15. एकपल्ट, दाऊद अद्दुलामको ओडारमा थिए, अनि पलिश्ती सेना तल रपाईमको बेंसीमा थिए। तीसजना वीरहरू मध्ये तीनजना वीरहरू दाऊदलाई ङेट्न ओडारसम्म पुगे।
16. अर्कोसमय, दाऊद किल्लामा थिए, अनि पलिश्ती सेनाका एकदल बेतलेहेममा थिए।
17. दाऊद तिर्खाएका थिए आफ्ना शहरको पानीका निम्ति यसर्थ तिनले भने, “म चाहन्छु कि कसैले मलाई बेतलेहेम शहरको द्वार नजिकको कूवाबाट केही पानी देओस्।” दाऊदले वास्तवमा त्यो चाहेका थिएनन् तिनी केवल कुरा मात्र गरेका थिए।
18. तर ती तीन जना वीरहरूले पलिश्ती सेनाहरूको बीच भएर युद्धगर्दै बाटो पैल्याए र यी तीन व्यक्तिहरूले बेतलेहेमको शहरद्वार छेउको कूवाबाट केही पानी लिए। तब ती तीन वीरहरूले ल्याएको पानी दाऊदकहाँ ल्याए। दाऊदले पानी पिउन अस्वीकार गरे। तिनले त्यो पानी परमप्रभुलाई भेटीको रूपमा भूइँमा खन्याए।
19. दाऊदले भने, “परमेश्वर, म यो पानी पिउँन सक्तिनँ। यो पानी मैले पिएँ भने ती व्यक्तिहरूको रगत पिएको जस्तो हुनेछ जसले मेरो निम्ति यो पानी ल्याउँन आफ्ना जीवन खतरामा पारे।” त्यस कारण दाऊदले पानी पिउन अस्वीकार गरे। ती तीन जना वीरहरूले यस्ता अनेक साहसी कार्यहरू गरे।
20. योआबका भाइ अबीशै यी तीन बीरहरूका प्रधान थिए। तिनले आफ्ना भाला द्वारा 300 मानिसहरूसित युद्ध गरे अनि तिनीहरूलाई मारिदिए। अबीशै ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
21. अबीशै ती तीस जना वीरहरू भन्दा दोबर प्रसिद्ध थिए। तिनी ती तीन वीरहरू मध्ये एक नभएता पनि तिनी तीसजनाका अगुवा थिए।
22. यहोयादाका छोरा, बनायाह शक्तिशाली “मानिस” थिए। उनी कबसेलबाटका थिए। बनायाहले मोआब देशका दुईजना महान् वीरहरूलाई मारे। एक दिन हिउँ पर्दै थियो, बनायाह भूइँमा भएको खाडल भित्र पसे। अनि एक सिंहलाई मारे।
23. अनि बनायाहले एक ठूलो मिश्र देशका सैनिकहरूलाई मारे। ती व्यक्ति प्रायः साडे सात फीट अग्ला थिए। त्यस मिश्रदेशकाहरूसंग एउटा भाला थियो त्यो खूबै ठूलो अनि गह्रौं। थियो। त्यो जुलाहाको तानको डण्डा जस्तै ठूलो थियो। बनायाहसित एउटा लहुरो मात्र थियो। बनायाहले त्यो मिश्रीको हातमा भएको भाला अँठ्याए र उसको हातबाट खोसे। तब बनायाहले त्यस मिश्रदेशीलाई उसको आफ्नै भालाद्वारा मारिदिए।
24. बनायाह यहोयादाका छोराले अनेक यस्ता साहसी कार्य गरे। बनायाह ती तीन वीरहरू जस्तै प्रसिद्ध थिए।
25. बनायाह ती तीसजना वीरहरू भन्दा अधिक प्रसिद्ध थिए, तर पनी तीन वीरहरू मध्येका एकजना तिनी थिएनन्। दाऊदले बनायाहलाई आफ्ना अङ्गरक्षकहरूका प्रधान बनाए।
26. पराक्रमी सैनकहरूका तीस जना बीर योद्धा यी हुनः योआबका भाई असाहेल, बेतलेहेम, दोदोका छोरा एल्हानान;
27. शम्मोत, हारोद, हेलेस, पेलोनी,
28. ईरा, तकोईका ईक्केशका छोरा; अनातोतका अबीएजेर,
29. सिब्बकै हुशाती; ईलै, अहोही;
30. नतोपाका महरै; नतोपाकै बानाका छोरा हेलेद,
31. बिन्यामीनको गिबाका रीबैका छोरा; इतै, पिरातोनका, बनायाह,
32. गाशका खोल्चाहरूका हुरै, अर्वातीका अबीएल,
33. बहरीमका अज्माबेत; शाल्बोनका, एल्याहबा,
34. गीजोनी हाशेमका छोराहरू; जोनाथन, हरारी शागेका छोरा;
35. अहीआम, हरारी साकारका छोरा; एलीपाल, ऊरका छोरा,
36. मेकराहका हेपेर, अहियाह, पेलोनी,
37. कार्मेली हेस्रो, एज्बैका छोरा; नारै,
38. नातानका भाइ; योएल, हग्रीका छोरा; मिभार,
39. अम्मोनी; सेलेक, बेरोतका; नहरै, नहरैले सरूयाहका छोरा योआबको कवच बोकेका थिए।
40. येतेरी, ईरा, सतत्री, गारेब,
41. अहलैका छोरा हित्ती, उरियाह, जाबाद,
42. अदीन, रूबेनको कुल समूहका शीजाका छोरा; अदीना रूबेनको कुल समूहका अगुवा थिए, अनि उसित तीस वीरहरू थिए।
43. हानान, माकाका छोरा; मित्नी, योशापात,
44. उज्जीयाह, अश्तेराती; होतामका छोराहरू शामा अनि यीएल, अरोएका
45. यदीएल, शिम्रीका छोरा अनि तिनका भाइ तिजी योहा,
46. महाबी, एदीएल, यरीबै अनि योशब्याह, एल्नामका छोराहरू, यित्मा, मोआबी;
47. एलीएल; ओबेद अनि योबाका यासीएल।
About 1 इतिहास Chapter 11
Read 1 इतिहास Chapter 11 online from the Holy Bible. This chapter is part of the Book of 1 इतिहास in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: 1 इतिहास
Chapter: 11
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading 1 इतिहास. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading 1 इतिहास Chapter 11 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is 1 इतिहास Chapter 11?
1 इतिहास Chapter 11 is part of the Book of 1 इतिहास in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete 1 इतिहास Chapter 11 online for free with easy chapter navigation.
More Chapters from 1 इतिहास
- 1 इतिहास Chapter 20
- 1 इतिहास Chapter 11
- 1 इतिहास Chapter 22
- 1 इतिहास Chapter 8
- 1 इतिहास Chapter 10
- 1 इतिहास Chapter 4
- 1 इतिहास Chapter 24
Explore More from पुरानो करार
- अय्यूब Chapter 38
- यर्मिया Chapter 44
- उत्पत्ति Chapter 33
- एज्रा Chapter 1
- 2 इतिहास Chapter 17
- यशैया Chapter 9
- 2 शमूएल Chapter 23