उत्पत्ति Chapter 33

For English

Read उत्पत्ति Chapter 33 Online

Read उत्पत्ति Chapter 33 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.

Choose a Chapter

उत्पत्ति 33

अध्याय 33

1. याकूबले हेर्यो अनि एसाव आउँदैगरेको देख्यो। एसाव आइरहेको थियो अनि चार सय मानिसहरू ऊसंग थिए। याकूबले आफ्नो परिवारलाई चार दलमा बाँड्‌यो। लेआ र उसको नानीहरू एउटा दलमा अनि राहेल र यूसुफ अर्को एक दलमा अनि दुइवटी कमारीहरू र तिनीहरूको नानीहरूलाई दुइ दलमा।

2. याकूबले कमारीहरू र तिनीहरूका नानीहरूलाई आगाडि राख्यो। त्यसपछि तिनीहरूको पछि उनले लेआ र उसका नानीहरूलाई राख्यो। अनि अन्तमा याकूबले राहेल र यूसुफलाई राख्यो।

3. याकूब आफैं तिनीहरूको अगि गए अनि उसको आफ्नो दाज्यूको नजिक नपुगुञ्जेल सम्म सात पल्ट भूइँतिर घोप्ट्यो।

4. एसाव उसलाई भेट्न दगुर्यो अनि उसलाई अँगालो हाल्यो। उनले आफ्नो भाइको छातीमा हात राख्यो र उसलाई म्वाइँ खायो अनि तिनीहरू रोए।

5. त्यसपछि एसावले हेर्यो अनि स्त्रीहरू र नानीहरूलाई देखेर भने, “तँसित यी को हुन्?”याकूबले भने, “यी नानीहरू परमेश्वरले तिम्रा दासलाई दिनु भएका हो। परमेश्वरले मलाई दया गर्नु भएको छ।”

6. त्यसपछि ती दुइ कमारीहरू र नानीहरू एसाव नजिक पुगे अनि उसकोअघि निहुरिए।

7. त्यसपछि लेआ र तिनका नानीहरू एसावकहाँ गए अनि तिनलाई निहुरिएर ढोगे। राहेल र यूसुफले पनि त्यसै गरे।

8. एसावले भने, “आउँदा बाटोमा मैले जो मानिसहरू देखें तिनीहरू को हुन? अनि ती सब पशुहरू के को निम्ति हुन्?”याकूबले उत्तर दियो, “तिनीहरू सब तिमीलाई मेरो उपहार हुन जसले गर्दा तिमीले मलाई स्वीकार गर्छौ।”

9. तर एसावले भने, “भाइ, तेंले मलाई केही दिनुपर्दैन कारण मसँग प्रशस्त छ।”

10. याकूबले भने, “होइन, म तिमीलाई बिन्ती गर्छु, यदि तिमीले मलाई स्वीकार गर्छौ भने यो मेरो उपहार पनि दया गरी स्वीकार र्गन्‌ पर्छ। तिमीलाई दोस्रो पल्ट देख्न पाउँदा म अत्यन्तै आनन्दित छु। मलाई परमेश्वरले अनुग्रहले मिलाए जस्तै लागेको छ। म अन्यन्तै खुशी छु तिमीले मलाई स्वीकार्यौ।

11. यसकारण म बिन्ती गर्छु जो उपहार म दिदैछु त्यो स्वीकार गर। परमेश्वर ममाथि अत्यन्तै दयालु हुनुहुन्छ। मसँग मेरो आवश्यकताभन्दा बेशी छ।” यसरी याकूबले एसावसित उपहार स्वीकार गर्न विन्ती गर्यो। यसकारण एसावले याकूबको उपहार स्वीकार गर्यो।

12. त्यसपछि एसावले भने, “अब तैंले आफ्नो यात्रा जारी राख्न सक्छस र म तँसँगै जानेछु।”

13. तर याकूबले भने, “तिमीलाई थाहा भयो कि अहिले मेरा नानीहरू एकदमै दुर्बल छन् अनि मैले मेरा भेडाहरू तथा तिनका थुमाहरूको पनि हेरचाह गर्नु पर्छ। यदि मैले तिनीहरूलाई दिउँसो धेरै बेरसम्म हिंडाएँ भने हुन सक्छ ती पशुहरू मर्छन्।

14. यसकारण तिमीअघि जाऊ र म बिस्तारै-बिस्तारै तिम्रोपछि आउँछु। म पशुहरू अनि तिनीहरूका बच्चाहरू बचाऊँको लागि बिस्तारैसित आउँछु, अनि म अत्यन्तै बिस्तार आउँछु कारण मेरा नानीहरू धेरै नथाकून् म तिमीलाई सेइरमा भेट्नेछु।”

15. यसकारण एसावले भने, “तब म मेरा केही साथीहरूलाई तेरो सहायताको निम्ति छोडी दिन्छु।”तर याकूबले भन्यो, “यो तिम्रो विशेष दया हो। तर यसो गर्नु कुनै आवश्यकता छैन।”

16. यसकारण त्यो दिन एसाव सेइर फर्कियो।

17. तर याकूब सुक्कोत गए अनि त्यहाँ उनले एउटा घर र पशुहरूको निम्ति सानो खोर बनायो। यही कारणले यस ठाउँको नाउँ सुक्कोत राखियो।

18. यसर्थ याकूब पद्दन-आरामबाट कनान देशको शेकेमसम्म सुरक्षित यात्रा गरेर आयो। उनले शहरको पूर्वमा आफ्नो पाल हाल्यो।

19. उनले जहाँ आफ्नो पाल हालेको थियो त्यस ठाउँ शकेमको बाबु हमोरको परिवारबाट किनेको थियो। त्यसको निम्ति याकूबले एक सय चाँदीका सिक्का दियो।

20. त्यहाँ उसले एउटा वेदी बनायो अनि त्यसको नाउँ “एल” इस्राएलका परमेश्वर’ राख्यो।

About उत्पत्ति Chapter 33

Read उत्पत्ति Chapter 33 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: उत्पत्ति
Chapter: 33
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading उत्पत्ति Chapter 33 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is उत्पत्ति Chapter 33?

उत्पत्ति Chapter 33 is part of the Book of उत्पत्ति in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete उत्पत्ति Chapter 33 online for free with easy chapter navigation.

More Chapters from उत्पत्ति

  1. उत्पत्ति Chapter 2
  2. उत्पत्ति Chapter 26
  3. उत्पत्ति Chapter 31
  4. उत्पत्ति Chapter 40
  5. उत्पत्ति Chapter 45
  6. उत्पत्ति Chapter 43
  7. उत्पत्ति Chapter 40

Explore More from पुरानो करार

  1. नहेम्याह Chapter 12
  2. न्यायकर्ता Chapter 3
  3. 2 इतिहास Chapter 20
  4. 1 इतिहास Chapter 24
  5. उत्पत्ति Chapter 43
  6. प्रस्थान Chapter 27
  7. इजकिएल Chapter 47

Related Chapters & Readings

  1. न्यायकर्ता Chapter 1
  2. 2 थिस्सलोनिकी Chapter 2
  3. भजनसंग्रह Chapter 76
  4. 2 राजा Chapter 19
  5. व्यवस्था Chapter 24
  6. यहोशू Chapter 6
  7. नहूम Chapter 2
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *