अय्यूब Chapter 20

For English

Read अय्यूब Chapter 20 Online

Read अय्यूब Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of अय्यूब and the Holy Bible online.

Choose a Chapter

A+ A A-

अय्यूब 20

अध्याय 20

1. तब नमाबाट आएका सोपरले जवाफ दिएः

2. “मेरा दोधारे विचारहरू मभित्रै संघर्ष गर्छन् तिमीहरूलाई उत्तर दिन म हतारिरहेको छु।

3. तिम्रो जवाफले हामीलाई अपमान गर्यो! तर म ज्ञानी छु, तिमीलाई कसरी जवाफ दिनु म जान्दछु।

4. तिमी जान्दछौ कि एक दुष्ट मानिसको आनन्द लामो समयम्म टिक्दैन। त्यो पहिल्यै देखिको सत्य थियो। आदमलाई पृथ्वीमा राखेको बेलादेखि नै त्यो सत्य थियो त्यो मानिस जसले परमेश्वरको बारेमा याद गर्दैन भने उसको खुशी छोटो अवधीको लागि मात्र हुन्छ।

6. हुनसक्छ दुष्ट मानिसको घमण्ड आकाश माथि पुग्ला, अनि उसको शिरले बादलहरूलाई छोला।

7. तर उ सदाको लागि जानेछ, उसको आफ्नै शरीर सकिंदै गए जस्तो। मानिसहरू जसले उसलाई जान्दछ भन्नेछन्, ‘उ कहाँ छ?’

8. उ सपना जस्तो उडेर जानेछ अनि कसैले पनि उसलाई फेरि भेट्टाउने छैन। नराम्रा सपना जस्तो उसलाई जबरजस्ती भुलिनेछ।

9. मानिसहरू जसले उसलाई देखे अब फेरि देख्ने छैनन्। उसको परिवारले उसलाई फेरि कहिल्यै हेर्ने छैन।

10. दुष्ट मानिसका केटा-केटीहरूले फर्काइदिने छ जे थोक उनीहरूले गरीब मानिसहरूबाट लिएका थिए। त्यो दुष्ट मानिसको आफ्नै हातहरूले उसको सम्पत्ति फर्काई दिनुपर्नेछ।

11. जब ऊ जवान थियो उसका हड्डीहरू बलिया थिए, तर, उसको शरीरका बाँकी भाग जस्तै तिनीहरू चाँडै नै फोहर मैलामा ढल्नेछ।

12. दुष्ट मानिसहरूको मुखमा खराबले मिठो स्वाद दिन्छ, यसर्थ उसले पूर्ण आनन्द लिनु त्यसलाई आफ्नो जिब्रो मनि राख्छ।

13. दुष्ट मानिसहरूले पाप लुट्दछ। उसले यसलाई फुत्काउन चाँहदैन। त्यो त्यस्तो मिठो मिश्री जस्तो हुँदछ उसले आफ्नो मुखमा चेपी राख्दछ।

14. तर त्यो दुष्टको पेटमा उसको भोजन विष हुन्छ। त्यो उसको पेटभित्र एउटा साँपको विष जस्तै तितो हुन्छ।

15. दुष्ट मानिसले धनीहरूलाई निल्छ। तर त्यसले तिनीहरूलाई उल्टी गरेर निकाल्छ। परमेश्वरले पापी मानिसलाई उल्टी गरेर बाहिर निकाल्ने पार्नुहुन्छ।

16. दुष्ट मानिसहरूको पेय पदार्थ साँपबाट निकालिएको विष झैं हो। तर साँपको जिब्रोले उसलाई मार्नेछ।

17. तब पापी मानिसले मह र नौनी बग्दै गरेको नदीहरू देखेर पनि आनन्द उपभोग गर्नेछैन।

18. दुष्ट मानिसलाई उसले कमाएको नाफा जति फर्काई दिनलाई वाध्य गराईन्छ। उसले गरेको कामहरूमाथि उसलाई खुशी हुने अधिकार दिंइदैन्।

19. किन? किनभने पापी मानिसले गरीब मानिसहरूलाई घात पार्दछ अनि गल्ती हिसाबले उसलाई जोख्दछ। उसले तिनीहरूको चिन्ता नै गरेन अनि उसले तिनीहरूका चीजबीचहरू लगिदियो। अरूले बनाएको घरहरू त्यसले खोसेर लगिदियो।

20. दुष्ट मानिस कहिले सन्तुष्ट हुँदैन। उसको धनले उसको रक्षा गर्न सक्तैन।

21. जब उसले खाँदछ, त्यहाँ केही पनि छाडदैन। उसले सफलता पाउने छैन।

22. जब दुष्ट मानिसकहाँ प्रशस्त हुँदछ उसलाई संकटहरूले थिचेर राख्नेछ। उसको समस्याहरू उमाथि नै खनिन्छ।

23. जब दुष्ट मानिस आफूले चाहे जति सबै थोक खान्छ, ऊ परमेश्वरको क्रोधको लप्कोमा पर्दछ। परमेश्वरले त्यस दुष्ट माथि दण्ड वर्षाउनु हुनेछ।

24. हुनसक्छ फलामको तरवारदेखि त्यो दुष्ट मानिस भाग्ला। तर काँसको टुप्पा भएका काँढले त्सलाई ढाल्ने छ।

25. त्यो काँसाको काँढ जसरी भए पनि उसको शरीरमा वारपार भएर जाने नै छ, अनि उसको ढाँडबाट त्यो निस्कने छ। यसको टल्किने टुप्पाले उसको कलेजो छेड्नेछ, अनि ऊ त्रासले मुर्छा पर्नेछ।

26. उसका सारा धन सम्पत्ति नष्ट हुनेछ। आगोले उसलाई ध्वंश गर्ने छ जुन आगो मानिस तथा प्राणीले शुरू गरेको होइन्। आगोले उसका घरमा बाँकी रहेका सारा सामानहरूसम्म जलाएर खरानी बनाउँनेछ।

27. दुष्ट मानिस दोषी हो भनी स्वर्गले प्रमाण गर्नेछ। पृथ्वी स्वंय त्यसको विरूद्ध उठ्नेछ।

28. उसको घरमा भएको सम्पूर्ण सामानहरू परमेश्वरलाई रीस उठेको दिन खोसिनेछ।

29. हो, त्यसरी नै परमेश्वरले दुष्ट मानिसहरूमाथि गर्नुहुनेछ। त्यसरी नै परमेश्वरको योजनाहरू तिनीहरूलाई दिनु हुनेछ।”

About अय्यूब Chapter 20

Read अय्यूब Chapter 20 online from the Holy Bible. This chapter is part of the Book of अय्यूब in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.

Book Information

Book: अय्यूब
Chapter: 20
Testament: Old Testament

How to Read this Chapter

Use the Previous and Next Chapter buttons to continue reading अय्यूब. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.

https://www.youtube.com/watch?v=rzsT_Q3KLzE

More Resources

Continue Reading the Bible

Continue reading अय्यूब Chapter 20 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.

Frequently Asked Questions

What is अय्यूब Chapter 20?

अय्यूब Chapter 20 is part of the Book of अय्यूब in the Holy Bible.

Can I read this chapter online?

Yes. You can read the complete अय्यूब Chapter 20 online for free with easy chapter navigation.

More Chapters from अय्यूब

  1. अय्यूब Chapter 30
  2. अय्यूब Chapter 15
  3. अय्यूब Chapter 28
  4. अय्यूब Chapter 19
  5. अय्यूब Chapter 14
  6. अय्यूब Chapter 42
  7. अय्यूब Chapter 18

Explore More from पुरानो करार

  1. भजनसंग्रह Chapter 27
  2. यर्मिया Chapter 39
  3. जकरिया Chapter 1
  4. यशैया Chapter 4
  5. 1 इतिहास Chapter 10
  6. गन्ती Chapter 5
  7. 2 इतिहास Chapter 7

Related Chapters & Readings

  1. इजकिएल Chapter 16
  2. भजनसंग्रह Chapter 29
  3. इजकिएल Chapter 31
  4. भजनसंग्रह Chapter 89
  5. 2 राजा Chapter 8
  6. उपदेशक Chapter 1
  7. 2 शमूएल Chapter 3
Share Your Love

Leave a Reply

Your email address will not be published. Required fields are marked *