Read उत्पत्ति Chapter 2 Online
Read उत्पत्ति Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.
Choose a Chapter
उत्पत्ति 2
अध्याय 2
1. यसरी पृथ्वी, आकाश र तिनीहरुभित्र प्रत्येक वस्तुको सृष्टि पूरा भयो।
2. परमेश्वरले आफूले गर्दै गरेको काम पूरा गर्नुभयो। यसर्थ, सातौं दिनमा परमेश्वरले आफ्ना कामहरुबाट विश्राम लिनुभयो।
3. परमेश्वरले सातौं दिनलाई आशीर्वाद दिनुभयो र एउटा पवित्र दिन बनाउनु भयो, परमेश्वरले यस दिनलाई एक विशेष दिन मान्नुभयो कारण त्यस दिन उहाँले संसार सृष्टि गर्ने कार्यबाट विश्राम लिनु भयो।
4. आकाश र पृथ्वीको इतिहास यही हो। परमेश्वरले पृथ्वी र आकाश सृष्टि गर्दा भएका घटनाहरुको कुरा यही नै हो।
5. पृथ्वीमा उद्भिदहरुको उंम्रनु अघिका कुरा यही हुन्। भूमिहरुमा केही पनि उम्रेको थिएन, किनभने परमप्रभुले पृथ्वीमा यतिञ्जेल पानीसम्म वर्षाउँनु भएको थिएन। त्यहाँ उद्भिदहरु हेरचाह गर्नलाई कुनै व्यक्ति पनि थिएन।
6. पृथ्वीबाट पानी निस्कियो अनि मैदानमा फैलियो।
7. तब त्यसपछि परमप्रभु परमेश्वरले भूँईबाट माटो उठाउनु भयो अनि मानिस सृष्टि गर्नु भयो। परमप्रभुले मानिसको नाकबाट सास हालिदिनु भयो र यसलाई जिउँदो बनाउनु भयो।
8. परमप्रभु परमेश्वरले अदन नाउँ भएको ठाउँमा पूर्वपट्टि एउटा बगैंचा बनाउनु भयो र उहाँले सृष्टि गर्नु भएको मानिसलाई त्यहाँ राख्नु भयो।
9. परमेश्वरले भूमिबाट राम्रा-राम्रा रुखहरु अनि खान योग्य फलहरु लाग्ने रुखहरु उमार्नु भयो। उहाँले बगैंचाको बीचमा जीवनको रुख अनि असल र खराबको ज्ञान दिन योग्य रुख पनि रोप्नु भयो।
10. बगैंचा भिजाउनलाई अदनबाट एउटा नदी बग्यो र पछि त्यो नदी चारवटा शाखाहरुमा विभाजन भयो।
11. ती शाखाहरुमध्ये पहिलो शाखा नदीको नाउँ पीशोन हो। यो त्यही नदी हो जुन हवीलाको सम्पूर्ण भूमिमा बग्छ र त्यहाँ सुन पाइन्छ।
12. यस प्रदेशको सुन राम्रो दर्जाको छ। धूप गोमेद र पत्थर पनि पाइन्छन्।
13. दोस्रो नदीको नाउँ गीहोन हो र कूश देशको सम्पूर्ण भूमिमा बग्ने नदी पनि यही हो।
14. तेस्रो शाखा नदीको नाउँ हिद्देकेल हो र यो नदी अश्शूरको पूर्वतिर बग्छ। चौथो शाखा नदीको नाउँ यूफ्रेटिस हो।
15. तब परमप्रभु परमेश्वरले मानिसलाई लानु भयो अनि बगैंचा खन-जोत अनि हेरचाह गर्न उसलाई राख्नु भयो।
16. परमप्रभु परमेश्वरले त्यस मानिसलाई आज्ञा दिनु भयो। परमप्रभु परमेश्वरले भन्नुभयो, “तिमीले कुनै चिन्ता बिना यस बगैंचाको कुनै पनि रुखबाट फलहरु खान सक्छौ।”
17. तर तिमीले त्यस रुखको कुनै फल खानु हुँदैन जसले असल र खराबको ज्ञान दिन्छ, किनभने जुन दिन तिमी त्यस रुखको फल खान्छौ निश्चयनै त्यस दिन तिमी आफै मर्नेछौ।”
18. तब फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, “मानिसको लागि एक्लो बस्नु राम्रो होइन। म उसको लागि एकजना सहयोगी बनाउनेछु जो उ जस्तै नै हुनेछे।”
19. यसर्थ परमप्रभु परमेश्वरले जमीनका सबै पशुहरु र आकाशमा चरा-चुरूङ्गीहरु सृष्टि गरी तिनीहरुको के के नाउँ राख्दा रहेछन् भनी मानिसकहाँ पठाउनु भयो। अनि मानिसले तिनीहरुलाई जे भने तिनीहरुको त्यही नाउँ रह्यो।
20. अनि मानिसले पाल्तू गाई वस्तु, आकाशमा उड्ने चरा-चुरुङ्गीहरु र जङ्गली जनावरहरुको नाउँ राख्यो। तर मानिसको निम्ति कुनै सहयोगी साथी पाएन।
21. त्यसपछि परमप्रभु परमेश्वरले मानिसलाई गहिरो निंद्रामा सुताउनु भयो। जब त्यो मानिस गहिरो निंद्रामा पर्यो उहाँले एउटा करङ्ग निकालेको ठाउँमा मासुले पुरिदिनुभयो।
22. त्यस मानिसबाट निकालिएको करङ्गबाट उहाँले एउटी स्त्री मानिस सृष्टि गरी तिनलाई त्यस मानिस कहाँ ल्याउनु भयो।
23. तब त्यस मानिसले भने, “आखिरमा म जस्तै अर्को एउटा व्यक्ति उसको हड्डी मेरो हड्डी बाट आयो अनि उसको शरीर मेरो शरीरबाट आयो। किनभने तिनी एउटा मानिसबाट निकालिएकी हुनाले म तिनलाई स्त्री मानिस भन्नेछु।”
24. यसकारण, एकजना मानिसले आफ्नो आमा-बाबुलाई छोडेर आफ्नी पत्नीसित सम्बन्ध राख्छ। यसरी दुइजना मानिसहरु एउटै बनिन्छन्।
25. त्यो मानिस र तिनकी पत्नी नाङ्गै भएता पनि तिनीहरु लाज मान्दैन थिए।
About उत्पत्ति Chapter 2
Read उत्पत्ति Chapter 2 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: उत्पत्ति
Chapter: 2
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading उत्पत्ति Chapter 2 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is उत्पत्ति Chapter 2?
उत्पत्ति Chapter 2 is part of the Book of उत्पत्ति in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete उत्पत्ति Chapter 2 online for free with easy chapter navigation.
More Chapters from उत्पत्ति
- उत्पत्ति Chapter 2
- उत्पत्ति Chapter 31
- उत्पत्ति Chapter 26
- उत्पत्ति Chapter 40
- उत्पत्ति Chapter 40
- उत्पत्ति Chapter 49
- उत्पत्ति Chapter 45
Explore More from पुरानो करार
- इजकिएल Chapter 14
- गन्ती Chapter 7
- यहोशू Chapter 19
- हितोपदेश Chapter 22
- भजनसंग्रह Chapter 20
- अय्यूब Chapter 27
- भजनसंग्रह Chapter 38