Read उत्पत्ति Chapter 49 Online
Read उत्पत्ति Chapter 49 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.
Choose a Chapter
उत्पत्ति 49
अध्याय 49
1. तब याकूबले सबै छोराहरूलाई बोलाए। उनले भने, “मेरा सबै छोराहरू मकहाँ आऊ। भविष्यमा के हुनेवाला छ म त्यो भन्ने छु।
2. “हे याकूबका छोराहरू, तिमीहरू सँगै आऊ अनि तिम्रा बाबु इस्राएलले भनेको सुन।”
3. “रूबेन तँ मेरो जेठो छोरो होस्, तँ मेरो जेठो छोरो साथै मेरो शक्तिको पहिलो प्रमाण होस्। तँमेरा छोराहरू मध्ये सबै भन्दा गौरव शालि अनि शक्तिशाली हुन्छस्।
4. तर तेरो महत्वपूर्ण शक्ति बाढीको पानी जस्तै शक्तिशाली थियो तर तैंले त्यसलाई बचाई राख्न सकिनस्। यहीकारण तँ अरू छोराहरूभन्दा महत्वपूर्ण छैनस्। तँ आफ्नो बुबाको ओछ्यानमा चढिस् अनि उनकी एउटी पत्नीसित सुतिस्। तँ मेरो ओछ्यानमा गइस् अनि त्यसलाई भ्रष्ट पारिस्।”
5. “शिमोन र लेवी दाज्यू-भाइ हुन्। तिनीहरू आफ्नो तरवार लिएर खेल्न रूचाउँचन्। गह्रुँ
6. तिनीहरूको दुष्ट योजनामा म भाग लिनु चाहदिन अनि तिनीहरूको सभामा उपस्थित हुनु चाँहदिन किनभने तिनीहरू आफू रिसाउँदा मानिसहरू मार्छन्। अनि आफ्नो आनन्दका लागि तिनीहरू प्राणीहरूलाई दुःख दिन्छन्।
7. तिनीहरूलाई रिसको सराप परेको छ किनभने यो साह्रै उग्र हुन्छ। जब तिनीहरू रिसले बौलाहा भए, तिनीहरू साह्रै निर्दयी भए। तिनीहरू याकूबको भूमिमा आफ्नो अंश पाउने छैनन्। तिनीहरू याकूबको भूमिमा छरपस्ट हुनेछन्।”
8. “हे यहूदा, तेरा दाज्यू-भाइहरूले तेरो प्रशंसा गर्नेछन्। तैंले तेरा शत्रुहरूलाई ध्वंश पार्नेछस्। तेरा दाज्यू-भाइहरू तेरो अघि नतमस्तक हुनेछन्।
9. यहूदा तँ सिंह जस्तै छस्। मेरो छोरा, तँ त्यो सिंह जस्तो देखिन्छस् जो आफुले मारेको जनावरमाथि उभिंदा देखिन्छ। तँ जब आराम गर्न ढल्किन्छस तँ सिंह जस्तै देखिन्छस् अनि कसैले तेरो विरोध गर्ने साहस गर्दैन।
10. यहूदाको परिवारबाट राजाहरू हुनेछन्। राजत्वको प्रतीक यस परिवारबाट हराउने छैन जबसम्म एकजना वास्तविक राजा आउनु हुँदैन।तब उनको आज्ञाहरू पालन गर्न र उहाँलाई सेवा पुर्याउनु धेरै मानिसहरू आउनेछन्।
11. उसले आफ्नो गधा दाखको बोटमा बाँध्नेछ। उनले उसको जवान गधा सबभन्दा असल दाखको बोटमा बाँध्नेछ। सबभन्दा असल अङ्गुरको रसमा उनले आफ्नो लुगाहरू धुनेछ।
12. उसका आँखाहरू मद्यलेगर्दा राता हुनेछन् उसका दाँतहरू दूधलेगर्दा सेता छन्।”
13. “जबूलून समुद्रको किनारमा बस्नेछ। समुद्रको किनार जहाजहरूको निम्ति सुरक्षित ठाउँ हुनेछ। उसको भूमि सीदोन शहरसम्म विस्तृत रहनेछ।”
14. “इस्साखार आफ्नो जीन थैलोको बीचमा आराम गर्न ढल्किएको बलियो गधा जस्तो हो।
15. ऊ हेर्छ उसको विश्राम गर्ने ठाउँ राम्रो छ। ऊ हेर्छ उसको जग्गा राम्रो छ। त्यसपछि ऊ गह्रुँ भारी बोक्न राजी हुने छ। ऊ कमारा जस्तै खट्न राजी हुने छ।”दान
16. “दानले इस्राएलका अरू कुलहरूले झैं आफ्ना मानिसहरूको न्याय गर्ने छ।
17. दान बाटोको किनारमा बसेको सर्प झैं हुनेछ। दान बाटो छेउमा सुतिरहेको सर्प झैं भयानक हुनेछ। त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।
18. “परमप्रभु, म तपाईंको उद्धारको प्रतीक्षामा पर्खिरहेको छु।”गाद
19. “एक हुल डाकुहरूले गादमाथि आक्रमण गर्नेछन्, तर गादले तिनीहरूलाई धपाउने छ।”
20. “आशेरको भूमिमा राम्रो उब्जनी हुनेछ। त्यसले राजाका लागि उत्तम उपयोगी खाद्य प्रदान गर्ने छ।”
21. “नप्ताली स्वतन्त्र दगुर्ने मृग जस्तै हो। अनि उसका शब्दहरू मृगका पाठा-पाठीहरू भन्दा सुन्दर छन।”
22. “यूसुफ अत्यन्त सफल भएको छ। यूसुफ फलले लादिएको बोट जस्तै वसन्तमा बढने बोट जस्तै अनि यस्तो बोट हो जसका हाँगाहरू भित्तामा चढ्छन्।
23. धेरै मानिसहरू तिनको विरोधी भए अनि तिनीसित युद्ध गरे। काँडहरू लिएका मानिसहरू तिनका शत्रु भए।
24. दक्षता र बहादूरी अनि बलियो धनुले गर्दा लडाँई जित्यो। याकूबको परमेश्वर गोठालाबाट साहस र शक्ति प्राप्त गर्नेछन्।
25. आफ्ना बाबुका परमेश्वरबाट शक्ति पाउनेछन्। सर्वशाक्तिमान परमेश्वरले तिमीलाई आशीर्वाद दिऊन, अनि स्वर्गबाट तिमीलाई आशीर्वाद दिऊन, अनि अगाध गहिरो समुद्रबाट तिमीलाई आशीर्वाद दिऊन्। उहाँले तिमीलाई स्तन र गर्भबाट आशीर्वाद दिऊन।
26. मैले प्राप्त गरेको आशीर्वादहरू मेरा माता-पिताले प्राप्त गरेको आशीर्वादभन्दा धेरै छन्। ती पुराना पर्वतहरू जस्तै थुपारिएका यूसुफका यस्ता आशीर्वादहरू उनका दाज्यू-भाइहरू मध्ये राजकुमारको शिरमा परून्।”
27. “बिन्यामीन एउटा भोकाएको ब्वाँसो जस्तै हो। बिहान ऊ शिकार गर्छ, जनावर मार्छ अनि खान्छ। अनि राती उ लुटेका वस्तुहरू भाग लगाउँछ।”
28. यिनीहरू इस्राएलका बाह्र कुलहरू थिए। यो नै तिनका बुबाले भन्नु भएको थियो जब उहाँले तिनीहरूलाई आशीर्वाद दिनु भयो। उहाँले प्रत्येकलाई उचित आशीर्वाद दिनु भयो।
29. तब इस्राएलले तिनीहरूलाई आज्ञा दिए अनि भने, “म मर्न आँटेको छु। मलाई मेरो पिता पुर्खाहरूसँग गाड्नू। म एप्रोन हित्तीको क्षेत्रको ओडारमा गाडिन चाहन्छु जहाँ मेरा पुर्खाहरू गाडिएका छन्।
30. कनानमा माम्रेको छेउ मकपेलाको मैदानमा भएको ओडार यही हो। यो त्यो ओडार हो जसलाई मेरा बुबा अब्राहामले एप्रोन हित्तीबाट इलाकासमेत आफ्नो गाड्ने चिहानको लागि किनेका थिए।
31. त्यही ओडार हो जहाँ अब्राहाम र उसको स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी स्वास्नी सारालाई गाडिएको थियो। इसहाक र उसकी पत्नी रिबेकालाई पनि त्यस ओडारमा गाडिएको थियो। मैले मेरी पत्नी लेआलाई पनि त्यहाँ गाडेँ।
32. त्यो ओडार हित्ती मानिसहरूबाट किनेको भूमि हो।”
33. आफ्ना छोराहरूसित कुरा गरिसके पछि याकूबले आफनो खुट्टा ओछ्यानमा राखे अनि अन्तिम सास फेरे।
About उत्पत्ति Chapter 49
Read उत्पत्ति Chapter 49 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: उत्पत्ति
Chapter: 49
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading उत्पत्ति Chapter 49 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is उत्पत्ति Chapter 49?
उत्पत्ति Chapter 49 is part of the Book of उत्पत्ति in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete उत्पत्ति Chapter 49 online for free with easy chapter navigation.
More Chapters from उत्पत्ति
- उत्पत्ति Chapter 2
- उत्पत्ति Chapter 26
- उत्पत्ति Chapter 40
- उत्पत्ति Chapter 31
- उत्पत्ति Chapter 49
- उत्पत्ति Chapter 23
- उत्पत्ति Chapter 45
Explore More from पुरानो करार
- यशैया Chapter 45
- प्रस्थान Chapter 6
- यशैया Chapter 44
- गन्ती Chapter 5
- 2 शमूएल Chapter 2
- उत्पत्ति Chapter 11
- यशैया Chapter 43