Read उत्पत्ति Chapter 13 Online
Read उत्पत्ति Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Browse every verse with easy chapter navigation, continue to the next chapter, or explore the complete Book of उत्पत्ति and the Holy Bible online.
Choose a Chapter
उत्पत्ति 13
अध्याय 13
1. अब्रामले उसकी पत्नी, भतिजो लूत अनि तिनीसंग भएका अन्य सबै वस्तुहरू लिएर नेगेब हुँदै मिश्र देश छोडे।
2. यस समय अब्राम निकै धनी थिए कारण तिनीसँग घेरै गाई-वस्तु र घेरै सुन-चाँदीहरू थिए।
3. अब्रामले नेगेब पार गरे अनि बेतेल गए अनि त्यो स्थान बेतेल अनि ऐ शहरहरूको बीचमा आइपुगे।
4. त्यहाँ पाल बनाएका थिए अनि वेदी पनि बनाएका थिए। यसर्थ अब्रामले त्यहाँ परमप्रभुलाई उपासना गरे।अब्राम अनि लूत छुट्टीए
5. त्यस समयमा लूत पनि अब्रामसित यात्रा गरिरहेको थियो अनि तिनीसंग पनि पशुहरू र पालहरू धेरै नै थिए।
6. अब्राम र लूतसित यति धेरै पशुहरू र सरसमानहरू भएकाले जग्गाको अभावले तिनीहरूलाई एकैठाउँ संगै बस्न असम्भव भयो।
7. त्यसै समयमा त्यस भूमिमा कनानी परिज्जी मानिसहरू पनि बस्थे। अब्राम र लूतका गोठालाहरू एक-अर्कासंग झगडा गर्न थाले।
8. यसर्थ अब्रामले लूतलाई भने, “हामीहरू सबै दाज्यू-भाइहरू हौ, यसर्थ तँ र म अथवा तेरा मानिसहरू र मेरा मानिसहरू भनेर झगडा हुनु हुँदैन।
9. हामी अलग-अलग बसौं र तँ आफ्नो इच्छा अनुसार ठाउँ रोज, यदि तँ देब्रेतिर गइस् भने म दाहिने तिर जानेछु र यदि तँ दाहिनेतिर गइस् भने म देब्रेतिर जानेछु।”
10. लूतले भूमि खोजे अनि यर्दन नदीको बेंसीमा चाँहि पानी प्रशस्त भएको पाए। (यो परमप्रभुले सदोम र गमोरा ध्वंश पार्नु भन्दा अघिको कुरो हो। त्यस समयमा सोअरपट्टी यर्दनको बेंसी परमप्रभुको बगैंचा जस्तै थियो। यो भूमि मिश्रदेशको झैं राम्रो थियो।)
11. यसर्थ लूतले आफू बस्नको निम्ति यही भूमि रोजे र ती दुइ व्यक्तिहरू छुट्टीए अनि लूतले पूर्वतिर यात्रा शुरू गरे।
12. अब्राम कनान भूमिमा रहे भने लूत बेंसीको शहरहरूमाझ बसे। लूत सदोमतिर निकै पर दक्षिणपट्टी गए अनि त्यही आफ्नो पाल बनाए।
13. सदोमका मानिसहरू परमप्रभुको नजरमा अत्यन्तै दुष्ट थिए।
14. लूत गएपछि परमप्रभुले अब्रामलाई भन्नुभयो, “आफ्नो वरिपरि हेर, उत्तर, दक्षिण पूर्व, पश्चिमतिर हेर।
15. किनभने म तिमीलाई सम्पूर्ण भूमि दिनेछु जो तिम्रो आफ्नो आउँदो पुस्ताकोलागि हुनेछ अनि यो सदाका लागि तिम्रो भूमि हुनेछ।
16. म तिम्रो सन्तानहरूलाई पृथ्वीको धूलो जस्तै गन्न नसकिने बनाउनेछु। जसरी पृथ्वीमा धूलो गन्न सकिंदैन अनि त्यसतै प्रकारले तिम्रो सन्तानहरूलाई गन्न सकिने छैन।
17. यसर्थ अघि बढ, आफ्नो सम्पूर्ण भूमिमा हिंड किनभने मैले यो तँलाईं दिएको छु।”
18. यसरी अब्रामले आफ्नो पालहरू हटाए अनि हेब्रोनमा माम्रे फँलाटका रूखहरु भएकहाँ गए। अब्रामले त्यस ठाउँमा परमप्रभुको आराधना गर्नको लागि एउटा वेदी बनाए।
About उत्पत्ति Chapter 13
Read उत्पत्ति Chapter 13 online from the Holy Bible. This chapter is part of the Book of उत्पत्ति in the Old Testament. Continue reading with the chapter navigation above or explore the complete book.
Book Information
Book: उत्पत्ति
Chapter: 13
Testament: Old Testament
How to Read this Chapter
Use the Previous and Next Chapter buttons to continue reading उत्पत्ति. You can also adjust the font size for comfortable reading and browse other books of the Bible using the navigation links.
More Resources
Continue Reading the Bible
Continue reading उत्पत्ति Chapter 13 and explore every book, chapter and verse of the Holy Bible. Use the navigation links above and below to move through the Scriptures with ease.
Frequently Asked Questions
What is उत्पत्ति Chapter 13?
उत्पत्ति Chapter 13 is part of the Book of उत्पत्ति in the Holy Bible.
Can I read this chapter online?
Yes. You can read the complete उत्पत्ति Chapter 13 online for free with easy chapter navigation.
More Chapters from उत्पत्ति
- उत्पत्ति Chapter 2
- उत्पत्ति Chapter 26
- उत्पत्ति Chapter 40
- उत्पत्ति Chapter 31
- उत्पत्ति Chapter 49
- उत्पत्ति Chapter 23
- उत्पत्ति Chapter 45
Explore More from पुरानो करार
- एज्रा Chapter 9
- 2 राजा Chapter 13
- एस्तर Chapter 2
- लेवी Chapter 6
- 1 इतिहास Chapter 2
- प्रस्थान Chapter 28
- न्यायकर्ता Chapter 1